Thursday, January 24, 2013

महोत्सब आयो ।।



धुम्दै फिदै हाम्रो सान महोत्सब आयो ।
सबैले जप्नैपर्ने ध्यान महोत्सब आयो ।।

चौथो पटक रङ्गियो बुद्धरङ्गशाला ।
कपिलबस्तुको मान महोत्सब आयो ।।

सङ्गीत र स्वरको खोलो बग्छ यहाँ ।
सातै सुरको यो तान महोत्सब आयो ।।

बुद्ध भूमि कला अनि संस्कृतिको धनि ।
प्रचारको राम्रो गान महोत्सब आयो ।।

हाम्रो गौरब हाम्रो सान बनेको छ यो ।
मनोरन्जनको पान महोत्सब आयो ।।

कमल पौडेल
बाणगङ्गा ५ कपिलबस्तु 
शुभ पल

0 comments:

Post a Comment