Saturday, November 25, 2017

          आज किन किन नरमाईलो लागी रहेको छ । एउटा तरंग छाईरहेको छ । भर्खर नित्यक्रिया सकेर कोठामा पसे र कम्प्यूटर खोले हुन त आजभोली धेरै मान्छेहरुलाई फेसबुक आएदेखि झुन्डीने बहाना भएको छ । यसमा म पनि अछुतो रहन सकिन साच्चै धैरै भएको थियो म्यासेन्जर नखोलेको आजको बिहान म्यासेन्जरमै बिताउने निर्णय गर्दै एउटा आइडी खोले कोही लाइनमा देखिएनन् अफ लाईन म्यासेजले स्क्रीन भरियो सबैलाई रिप्लाई सक्काएर फेरी अर्को खोले यसमा पनि कोही भेटिएन मनमा केही बितृष्णा पैदा भएर आयो । आजको बिहान म्यासेन्जरमा बिताउ भनेको कोही अनलाइनमा भेटिएन यसो सोंचे अब रुम तिरै गएर च्याट गनुपर्यो भन्दै रुम खोले हुनत मेरो रुममा जाने त्यति बानी थिएन तैपनि आज किन किन छिरी हालें ।

Sunday, June 18, 2017

मनुष्य मात्र नभएर सृष्टिका हरेक जीवहरुमा प्रेमको प्यास अदम्य हुन्छ । अमेरिकामा स्थित चिडियाघरको एउटा रिसर्चले २० वर्षको अनुभव सिद्ध गर्दै उल्लेख गरेको छ । वन्य पशुहरुको जीवनमा पनि प्रेमको भोक र छटपटाहट तीब्र्र हुने गर्दछ , उनीहरु प्रेमका माध्यमबाटै बिभिन्न कुराहरु सिक्ने सिकाउने गर्दछन् । एकपटक चिडियाघरको  भालुले एउटा बच्चा जन्मायो त्यसको नाम टाकु राखियो । भालु जति क्रोधि प्रकृति र उद्दण्ड जनावर हो , त्यसभन्दा कयौं गुणा बढी भालुमा वात्सल्य देख्न सकिन्छ ।

Monday, February 22, 2016


        सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा ।

           उ कक्षा नर्सरीकी सानीबच्चीहो । हेर्दै मायालाग्ने तराई भेगकी काली काली भएपनि हिस्सी परेकी । पश्चिमाञ्चलमा जन्मे हुर्केको म विगत ३ महिना देखी पूर्वाञ्चलमा छु जागिरको शिलशीलामा ।जीन्दगीको आफ्नो भागमा परेको एउटा पाटो पूरा गर्दैछु शिक्षक गुरुको भूमिकानिभाउदै ।जनै पूर्णिमाको दिन विहानै देखि मन किन हो किन असहज रुपले प्रवाहित हुदै थियो ।

Sunday, January 24, 2016

              जीवनमा जागिरको अनुभव मैले संचार क्षेत्रबाट सुरुवात गरेको हूँ । रेडियो बुद्धआवाज जहाँबाट मेरा आवाज आध्यात्मिक भावाभिब्यक्ति सहित विहान ४ः५५ बाट गुन्जीन सुरु गर्थे । आकाशीय तरंगमा मेरो शब्दलाई फिजाइदिन भद्दत गर्ने गर्थे बुद्धआवाजको स्थापना कालदेखि एकछत्र चम्कीरहेर उज्यालो दिइरहेका नक्षत्रहरु प्राबिधिक मनोज र राजेन्द्र । संचार क्षेत्रमा पर्दा पछाडी रहेर अनन्य भूमिका खेल्ने काम प्राविधिकहरुको हुन्छ । कति कार्यक्रम संचालक यिनै अनुहार अगाडी आए र अस्ताए । कतिले जीवनको उत्कर्षलाई बुझे । कतिले जोडी पाए र प्रेम ध्वनि गुन्जाए । कोही कर्मयोगी ज्ञानयोगी आादि चरित्र निभाउदै छन् । 

Thursday, November 19, 2015

बसन्त बस्नेत मैले चिनेको नाम होईन तर कुन्नी किन यो माधको मन्द मन्द धाममा रेडियोको छतमा बसेर अक्षर शैली स्तम्भ चहार्दा भेटाए बसन्तलाई सानै देखि साहित्यमा झुकाब छ ममा । म भन्न चाहन्छु । कहिले काही त जाँगर र लेख्ने आँट आयो भने कथा कबिता गजल पनि लेख्न तम्सिन्छु । माधको धाम कतिखेर मुसुक्क हाँस्छ त कतिखेर रिसाउछ म बस्नेतका शब्दमा गदगद हुन्छु क्या काब्य शैली छ यात्रा संस्करण जस्तो लेख भएपनि निकै आनन्द आईरहेको थियो मलाई ।

Friday, April 19, 2013

   जिन्दगीका कयौं घडीमा मलाई साइकलले यात्रा गराएको छ एउटा भरपर्दो र राम्रो माध्यम बनेको छ मेरोलागि । आज पनि म साइकलमै यात्रा गरिराखेको छु । छोड्न सकेको छैन पुरानो प्रित हो मेरो साइकल । आफैलाइ थाहा छैन यो साइकल संग मेरो अनौठो सम्बन्ध बसिसकेको छ र मिठा अनुभबहरु बटुलेको छ । अस्ती भर्खर एकजनाले भन्दै थिए भाइ जागिर गर्छौ अलिकति भएपनि कमाउछौ अबत भटभटेमा हिड कति दुख गर्छौ किन एउटा । राती राती सुनसान बाटोमा खत्त्रङ्ग खत्त्रङ्ग

Thursday, December 20, 2012

१ ः तीन यज्ञ
 एउटा गृहस्थले तीनवटा यज्ञ गरे भएको धन सके गरीब भए खानेकुरा केही रहेन । उनको दुःख देखेर कुनै बिद्धानले भने तिमीले आफ्नो एक यज्ञको पुण्य धर्मराज सेठलाई बेचिदेउ त्यतिले तिम्रो काम राम्ररी चल्छ ।गग्ृहस्थले बाटोमा खाने रोटी झोलामा राखे र बोटा लागे जादा जादै बाटोमा खाने खाने रोटी एयटा कुकुर्नी बच्चा पाएर बसेकी बच्चाले दुध चुसेका भोकी आमा दुघ कति आओस कसरी अघाउन ती बच्चा । कुकुर्नी भोकले पिडीत देखे उनलाई दया लाग्यो उनले आफ्नो रोटी उसलाई खान दिए उ हिड्न डुल्न सक्ने सम्म भई । गृहस्थ सेंठकाो घर पुग्दासम्म तीन दिन भोकै रहनु पर्यो जाने साथै धर्मराजले साधे तिम्रा चार यज्ञ छन् । कुन चाही बेच्न चाहन्छौ गृहस्थले भने मैले त तीओटा यज्ञ मात्रै गरेको हूँ धर्मराजले भने चौथो दया यज्ञ त तिमीले अहिले बाटोमा आफ्नो रोटी ख्वाएर गर्यो नि गृहस्थले पहिलेको तीनओटै यज्ञ बेचदिएर उसको बदलामा जे पाए त्यसबाट दया यज्ञहरु कहाँगएर कसरी गर्न पाईन्छ भनेर त्यस्तो अबसर खोज्न थाले ।।

Friday, December 7, 2012

         प्रेम माया यो शब्द आफैमा निकै चर्चित छ । सायद संसारका धेरै मान्छेले यो प्रेम माया अझ अंग्रेजीमा Love को अर्थ जानेका होलान । कतिले यो प्रेमलाई अनुभब पनि गरेका होलान कतिलाइ धोका मिलन बिछोड सबै भोग्ने बनायो होला प्रेमले । मलाई पनि धेरै अनुभब गरायो मेरो प्रेमले यो दुइ अक्षर र आधा मिलेर बनेको शब्दले । प्रेम शब्द सुन्दापनि कोमल र प्रिय लाग्छ त्यतीनै जटिल पनि यस्लाइ मान्छेहरु आ आफ्नै तरिकाले ब्याख्या गर्छन बिस्तारित गर्छन परिभाषीत गर्छन ।

             कति मिठो हुन्छ त्यो माया आ आफ्नै किसीमले मौलाउछ । बालक अबस्थामा आमाको काखमा बसेर दूधका मुन्टा तान्ने त्यो क्षणमा हामिलाइ त्यही दूधकै माया लाग्छ । अलि ठूलो भयौं भने नाना चाचाको माया लाग्छ । स्कूल जाने समयमा कक्षा पास हुने मोहले तानेको हुन्छ । जब क्यापसको जीबन सुरु हुन्छ हरेक मन पर्ने सुन्दरीको माया लाग्छ ।

Thursday, November 8, 2012

        कार्तिकको महिना सुनसान रात कालो भूतझैं छिपिदै छ । बाहिर आज बेसरीनै चहलपहल छ । कोठाको नगिचै बाहिर पट्टी रहेको केराको पात मन्द हाबामा नाचिरहेको छ । मान्छेको कलेङ्मलेङ् सुनिएको छ । पाँच दश मिनेटको अन्तरालमा सडकमा गुडेका गाडीको धक्काले मेरो कोठा हल्लाउदै जान्छ लामा हल्लीएझैं मोबाइलको भाइब्रेसन झैं ।

 आजभोली एउटा नयाँ आधुनिक समयले राम्रेै संग प्रबेश गरेको छ प्रबिधि संगै । चुपचाप कोठामा बसेर साहित्य सुन्दैछु आजभोली प्रबिधिको बिकास संगै साहित्य सुन्ने लहर राम्रै संग छाएको छ साहित्यप्रेमि माझ । हो यहि शब्द सायद केही बर्ष पहिले आश्चर्यका घेराभित्र पर्थे । सत्य यही हो आज साहित्य सुनिरहेको छु । हिजो भर्खर पेनड्राइभमा हालेर १० ओटा कार्यक्रम त्यो पनि अच्यूत घिमीरेको आबाजमा ।

Sunday, October 28, 2012

सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । त्यस दिन पनि यस्तै यस्तै उत्सुकताले भरिदै म कृष्णनगरको एउटा फेन्सी पसलमा पुगेर पसले दाईलाई अनुरोध गर्दैे भनेको थिए दाई पर्स देखाउनुस त । पर्स निकै सानो चीज तर काम ठूलो यसको आफ्नै महत्ब र बिषेशता हुन्छ । संसारका बिरलै मान्छे होलान जसले पर्स बोक्दैन होला । आकार फरक पर्न सक्छ सानो ठूलो तर मान्छे पर्स कुनै पनि हिसाबले बोकेकै हुन्छ ।
    कक्षा ६ ७ मा पढ्दाको मिठो याद अहिले यो पर्सको कुरा संगै बिस्मृतिबाट ताजा हुदै झर्लक्क याद आँउछ । बजारमा पाइने त्यतिखेरको १५ रुपैया बाला कपडाको पर्स जसमा भित्रपट्टी एउटा फोटो राख्ने ठाँउ भारतीय हिरोइनहरुको फोटो राख्ने होडबाजी साथीहरुमाझ राम्रै संग चल्थ्यो कस्को पर्समा राम्रो हिरोइनको फोटो बा हिरो चाहे त्यो अजय देबगन बा मनिषा कोइराला आदि आदिको किन नहोस ।

Friday, October 5, 2012

"बुबा, अहिलेको दशैंमा त म पहाड घर जाने हो।" मैले के भनेको थिएँ बाबा आगो हुँदै भन्न थाल्नु भो "तिमीहरुलाइ के को कमि छ भन त? खाली पहाड पहाड । के राखेको छ त्यो पहाडमा? किन जानु पर्यो पहाड? हुँदैन । अहिलेको दशैं यही मनाउने हो सबै मिलेर।" बाबा भन्दै हुनुहुन्थ्यो म निराश भैसकेको थिएँ ।   
पहाड गएर दशैं नमनाएको पनि तीन बर्ष भै सकेको रहेछ । हजुरबुबालाई मैले नजाने पनि मलाई सानो छँदा रुन्चे मलाइ फकाई फुलाइ गर्न अनेक किसीम गर्ने, कहिलेकाहीँ त त्यो बुढो भैसकेको नआउने स्तन चुसाएर मलाइ फूल्याउने मेरी हजुर आमा, काका काकी भाइहरुको असेटले मलाइ निकै सताएको थियो यो तीन बर्षमा ।

Sunday, September 2, 2012

         गर्मि महिनाको कारणले सधै जसो म राती धेरै समयसम्म घर बाहिर बसी रहेको हुन्थे । कहिले काहि खोलाको किनारसम्म पनि पुग्थे । जे जस्तो भए पनि त्यस समयमा हाम्रो गाउँमा कुनै किसीमको डर थिएन । जंगल पनि धेरै नै पातलो थियो । रातीको समयमा खोलाको किनार अनि चिसो हावाको लहरमा म धेरै रमाईलो महसुस गर्थे । त्यसैले पनि राती १० बजेसम्म बाहिर नै बसेको हुन्थे म । डियर . . . . .

Thursday, August 16, 2012

        थकाईका भाब सहित कुर्चिमा बस्दै टेबलमा रहेको खुकुरी चुरोट सल्काउदैँ छिन उनी म अबाक भएर उनको त्यो कि्रयाकलापलाई बुझ्ने प्रयास गर्दैछु यउटा नारी आत्मा यति सम्म हुनसक्छ भनेर म सोंच्छु केही बुझ्ने प्रयास गर्छु हुनत हाम्रो समाजले अनेकन कुरालाई मान्यता दिदैन केही त्यस्ता कुरा जसमा अनुले आफ्ना कयौं बेगलाई बगाएकी होली यो समाजको पर्दा पछाडी बाट ।
          तर आज उनी भिन्नै मनस्थीतीमा भएको आभास गर्दैछु म किनयो धँुवामा आफ्नो ईच्छालाई समाहित गरेर तिमी आफै सड्छ्यौ भो नपिऊ त्यो चुरोट मेरो बाक्यमा बिजुलीको रफ्तार जस्तै छीटो उनी आफ्ना बाक्यले उत्तर दिन्छिन र भन्छीन वाह क्या भन्छौ तिमी पनि के यो मेरो ईच्छा हो म त एउट आनन्दको खोजीमा यो सर्को तानीरहेको छु आफ्ना कयौं बेगलाई मस्त भएर लुटाईरहेकी छु के सोंच्छौ तिमी । उनको त्यो भनाईपछि म फेरी सोध्छु आजसम्म के तिमी त्यो आनन्दलाई पायौ त । उनी एकछिन अक्क न बक्क हुन्छीन अनुहारमा केही गहिरा धमिला धसा्रहरु देखापर्छन् । र फेरी भाबले फुल्लीएर उत्तर दिन्छिन् । उनी भन्दै जान्छीन बिबेक एउटा त्यो आनन्द मैले पाईन जसको आभास ह्रदय सम्म पुगोस केबल आजसम्म पाएँ त आनन्द बाहिरी बोक्राको जस्तो फुटबलको बाहिरी कबर भनोै या केही आभासै नभएको एउटा क्षण । हो त्यही कुराको अफसोंच छ मलाई कि आज म आफ्नो लक्ष्यमा पुग्न सकिन बल्की लक्ष्यका निम्ती मैले आफैलाई कति लुटाँए कति सुताँए कतिलाई हसाँए र तृप्त गराँए ।

Saturday, September 3, 2011

                आजको दिन होलीको । सबै सप्तरङ्गी रङ्ग संगै आफ्ना आनन्द साटासाट गरिराखेका छन् । यहि आनन्दमा देशका कतिपय जनताहरु होलिको रङ्ग मिलेसरी मिलेर होली खेलेका छन भने कोही दुःखै दुःखको जालोलाई जबरजस्ती फुकाउने प्रयत्न गर्दै आएको होलीलाई मनाउने तरखरमा जुटेका छन् । तर यही दिन हो एक अबला नारी लुटिएको हिमांशुको परिवार लुटिएको घर लुटिएको त्यो भिभत्स घटना जसले सुन्नेलाईत एकपटक शरिरका रौंहरु ठाडा भएर रोमान्च हुन्छ भने बिचरा हिमांशुले त्योघटनालाई आफ्नै आँखाले प्रत्यक्ष देखेको थियो । हिमांसु पिढीमा बसेको छ वरिपरि बाताबरण र देखिने सबै मान्छेहरु सप्तरङ्गी देखिन्थे रमाउदै बालबालीकाहरु हाथमा पिचकारी लिएर गल्ली गल्ल्ाी डुलीरहेका छन् । यस्तै दृश्यकाबिच हिमांशु त्यही पाँचबर्षपहिलेका अतीतका कारुणीक घटनाहरुलाई यसरी सम्झन्छ ।