Thursday, April 5, 2018

स्खलित भएका दिव्य भूतहरु
नाङ्गाे चरित्र प्रष्ट्याई रहेछन्
अाभाहीन निराभाहरु ।
अप्रकेत सलीलकाे
चरमाेत्कर्षलाई
दूषित उच्छिष्टहरुले
पवित्र बनाईरहेछन्
घनघाेर अन्धकारबीच
हजाराैं दावानल हराईरहेछन् ।

Thursday, March 10, 2016


वतन के लिये प्यार , मन से होना चाहिए |
मरे चाहे जिए जज्बा , हरदम होना चाहिए ||

बिखरो चारो ओर , देशकी रखवाली करनी है |
जन धन मान की सुरक्षा, निश्चित होना चाहिए ||

कब आये शत्रु सचेत रहना , अपने मिटटी के लिए |
मिटे चाहे हम दिल लगाना तो , वतन से चाहिए ||

Sunday, November 8, 2015

म देखेर आएँ अति दिब्य आत्मा
बलेको छ भा खुलि देवता मा
लगाई ललातै भरि ति श्रीखण्ड
गरेको छ तप त्यो खण्ड खण्ड

लुकाएर आफ्नो बिकारी स्वरूप
बनेको छ सुन्दर फुलेको छ पंकज
अनेकौं चंचलता हटी शान्त आयो
अध्यारो हटी सुख कान्ति छायो

आसमा के तारे जैसे मेरे भविष्य हैं
जो हरेक दिन चमकति हैं
मेरा नजर उस तरों पर है
जो मेरो ललित्यको फुलाती है

अकिन्चन अनवरत गंगा
मेरा व्यवहार है
जो निरन्तर छलकती है
हिमालय कि कंचनजंघा से
मेरा हृदय आल्हादित करता है

Sunday, May 31, 2015

म एक टुहुराेजीवन देखि लरखरिएकाे
बुङ्गाे बाँदर जस्ताे
रुखकाे हाँगा चहार्ने
डालीका सुगन्धमा गन्ध खाेज्ने
लाैकिक चाहना पाेख्ने
खाली बितृष्णाकाे पाठ
अतृप्तताकाे सन्त्रास
मेराे भाेगाई
मेराे जिवनाभास
लामखुट्टेकाे राैं र खुट्टासंगै
रगत र मासुसंग खेल्दै

Monday, April 13, 2015

ऽऽऽ ।।ऽ ।ऽ। ।।ऽ ऽऽ। ऽऽ। ऽ


मान्छेको जुनि अमूल्य निधि हो यो जीवको निम्तित ,
जागा बन्न सके निरन्तर सखे बन्दै ठूलो चिन्तित ,

हाम्रो जन्म हुने थियो अनि अहो सानन्दले सिञ्चित ।।
भन्ने भाव लिएर यो हृदयमा सोंची यहाँ किञ्चित ।

बाली ज्योति विवेकको अघि बढौं संघर्ष हो जीवन ,
भाग्ने होइन जाग्नु पर्दछ यहाँ निद्रा हटाई कन ।
यो संसार असार सार दुइटै भावार्थले पूर्ण छ ।
छुट्याएर असारबाट अनि सारै प्राप्त लौ गर्नुछ ।।

अफ्ठ्याराहरु आउँछन् सडकमा काटा बनि तेर्सिन ,

Saturday, February 22, 2014


जिन्दगी बुझ्दा बुझ्दै
पागल भएको चरो
भुर्र उडेर 
अर्को डालीमा नपुग्दै 
आत्मा खलबलिन्छ
अनि 
अनि त बेजोडले आत्तिदै उड्छ
पारी क्षितीज भएर
नदेखिने ठाउँ सम्म पुग्छ
उद्देश्य विहिन आफ्ना पखेटाहरु दौडाउँछ

Thursday, October 17, 2013

चना खाएर मात्तिएको घोँडा
आवश्यकता भन्दा बढी हिनहिनाउछ ।
आफ्नै सिद्धान्तले स्वतन्त्र भएकोले
अनावश्यक बिसृङ्खलित
वाक्यको स्फुरण गर्छ ।
आवश्यकता बिना,
अधिकार बिना
नैतिकता बिना

एउटा मुकुण्डो
जसले साम्राज्य जमाएको छ ।
अनेकन आत्माहरुलाई पीडा दिइराखेको छ ।
आफ्नै चरित्र बेचेर पाएको सफलता हो उसको
आत्मीयता ब्यबहारिकता सहिष्णुता
यस्तै अनेकन आस्थाहरु बेचेको छ ।

Sunday, September 29, 2013

कविता
बालकहरूको लागी पढाउन उपयोगी सिर्जना सुझाब मागेँ है !
..............
हामि बालक हौं ,
उफ्रि उफ्रि पढ्छौँ नाचि नाचि पढ्छौँ ।

A,B,C,D पढ्यो भने ।
डक्टर ईन्जिनिएर बन्छौँ ।।

क,ख,ग,घ पढ्यो भने,...
राष्ट्र सेवी बन्छौँ ।

Thursday, May 9, 2013

१ .म पागल भएको सबैले थाहा पाउन
मैले पागल बस्ती बनाएको सबैले जानुन
म आवारा भएको सबैले बुझुन 
किनकि म लावारिस हुँ
काम नपाएको


२ .  मेरो पागल बस्ती
जहाँ अलौकिक शक्ति छ
प्रेम छ सद्भाव छ श्रद्धा छ
तिम्ले नबुझेको एउटा
प्रेममय बस्ती छ

Saturday, May 4, 2013

१ .
म मा थेग्ने सामर्थ्य छैन |
त्यसैले भाग्दैछु
तिमि नजिक हुदा
त्यो आकर्संले रहन दियन
दिन प्रतिदिन गल्दै थिएँ |

२ .
म के गर्दैछु
म के बन्दैछु
मलाई थाहा छैन
म पागल
म चोर
म फटाहा
मै आवारा
मै सिल्ली

Tuesday, April 23, 2013

१ . तिमि के गर्दैछौ थाहा छैन मलाई
प्रकृतिलाई प्रहार
मनलाई चोट प्रेमलाई आघात 
मुनालाई कुल्चदै |

२ . स्वार्थमा लतपतिएर
स्वर्ण भबिस्य खोज्दैछौ
तिम्रो विगतले तिमीलाई
स्वर्ण भबिस्य दिन सक्दैन
हो तिमि हास्न सक्दिनौ |

Monday, April 22, 2013

1. तिमि अविछिन्न छौ
अविरल इन्द्रावती झैं
तिमि स्वर्ण चम्पा हौ
मणि माणिक्य झैँ |

2. म तिमीलाई हरेक क्षण
हेरी रहन्छु तिम्रो मन
अनि पग्लिन्छ मेरो तन
तिमि पुर्णिमाको अमृत हौ |

Wednesday, April 17, 2013

आज धन्यै भएँ प्रेम सद्भावमा
प्रेममै मस्त भै मुक्तिको भावमा
सुन्न जो पाइयो काव्यधारा सही
वक्ष यो उफ्रियो भावगङ्गा बही

लौ नयाँ बर्षमा पाएँ यो दिव्यता
शुद्ध भो आँत नै पालुवा मासमा
स्वर्ग सौन्दर्य यो धर्तिमै पाइयो
साथ जोे सिद्धको काखमै पाइयो


Friday, April 12, 2013

म कस्तो छु थाहा छैन ?
तर !
अरुको मुल्यांकन गर्छु |
फलानो ढिस्कानो
लाम्चो होंचो
तर
जान्दिन आफ्नो कद |
भन्दिन आफ्नो कमजोरी

Tuesday, March 19, 2013

म संग
सिनेमाको नायकले देखाउने
बीरता छैन
हनुमान ले जस्तो छाती चिरेर देखाउने
सामर्थ्य छैन
तिमीलाई म कुन प्रमाण देउ
मायाको
त्यसैले म केहि बुझ्नै सकेको छैन
कुन अवस्थामा आएर तिमीलाई
माया गरेछु

Saturday, February 9, 2013

कहिले काहीं निस्कन्छ ,
अन्तर हिर्दयका कुरा |
जब जब भन्न मन लाग्छ
लाग्दछ कुनै बस्तु प्रति
प्रेमपो हुन थाल्यो कि ?
म अनभिज्ञ छु |

यो माया भन्ने चिज येस्तै हो |
हो मलाई पनि लाग्छ |
तर बुझनै सक्दिन !
बुझेर बुच पचाउदिन भन्छु ,
तर के गर्नु ,
यो संसारमा निएमनै बनिसकेको छ |
हो मा अनभिज्ञ छु |

म एक भगवानको मुर्ति जस्तो
न बोलि छ ,
धन्य छु म जहाँ मेरै आखा अगाडी
भैरहेछन कलंकित कार्यहरु
आखिर किन ?

म  प्रस्न गर्छु
उत्तरको आशा राख्दिन
किनकि
यहाँ कलंकित मान्छेहरुले
मलाई लाग्दछ ,
उत्तर दिदैनन
त्यहि भएर
म मौन छु |

कबिता गद्य

मेरी फेसन तिमी धन्य छौ
तिम्रो नियम धन्य छ
तिमिलाई चाहने धेरै छन
यहाँ फेसन भन्दछन
एक्काइसौ सताब्दी भन्दछन
अनि
तिमीलाइ अंगालोमा भर्दछन
दौरा सुरुबाल त झुर रे
भैंसी अटाउने प्वाइन्ट रे
गुनियो चोलप् पनि हरायो
मिनिस्कर्ट र टि सर्ट प्यारो रे