सनातन वैदिक धर्म मान्नेहरुमा जन्म मृत्युको अशौच मान्ने प्रचलन छ । ती चलनहरुलाई समय परिस्थिति अनुसार परिवर्तन पनि गर्नु पर्ने हुन्छ , नत्र अस्विकार गर्न थाल्दछन् । यथार्थ ज्ञान नभएर कतिले मान्नै छोड्ने र कतिपयले अन्धविश्वासलाई समेत अंगाली रहने पनि हुन्छ । अतः सबैलाई सही जानकारी दिनु जरुरी छ । समय वित्दै जाँदा परिस्थितिहरु पनि बदलिन्छन् । बदलिदो परिस्थितिसंग चल्न जान्नु पर्दछ । तीन दिनमा सम्पन्न हुने विवाह एक डेढ घण्टामै पूरा गरिन्छ । यज्ञोपवित लगायतका तमाम संस्कारहरुलाई जनशुलभ र प्रभावशाली बनाईदिईयो । संस्कारहरुलाई तीर्थस्थलमा र यज्ञीय आन्दोलनमा सम्पन्न गराएर मूहूर्तवादका तमाम विसंगतिहरुबाट समाजलाई मुक्त गरियो । जन्म मरणको सूतक सम्बन्धमा पनि परिवर्तन आवश्यक छ र सबैले थाहा पाईराख्नु पर्दछ ।
Home » Posts filed under फिचर
Sunday, January 8, 2017
सूतक—आशौच विचार
सनातन वैदिक धर्म मान्नेहरुमा जन्म मृत्युको अशौच मान्ने प्रचलन छ । ती चलनहरुलाई समय परिस्थिति अनुसार परिवर्तन पनि गर्नु पर्ने हुन्छ , नत्र अस्विकार गर्न थाल्दछन् । यथार्थ ज्ञान नभएर कतिले मान्नै छोड्ने र कतिपयले अन्धविश्वासलाई समेत अंगाली रहने पनि हुन्छ । अतः सबैलाई सही जानकारी दिनु जरुरी छ । समय वित्दै जाँदा परिस्थितिहरु पनि बदलिन्छन् । बदलिदो परिस्थितिसंग चल्न जान्नु पर्दछ । तीन दिनमा सम्पन्न हुने विवाह एक डेढ घण्टामै पूरा गरिन्छ । यज्ञोपवित लगायतका तमाम संस्कारहरुलाई जनशुलभ र प्रभावशाली बनाईदिईयो । संस्कारहरुलाई तीर्थस्थलमा र यज्ञीय आन्दोलनमा सम्पन्न गराएर मूहूर्तवादका तमाम विसंगतिहरुबाट समाजलाई मुक्त गरियो । जन्म मरणको सूतक सम्बन्धमा पनि परिवर्तन आवश्यक छ र सबैले थाहा पाईराख्नु पर्दछ ।Monday, June 6, 2016
योगभूमिले जन्माएका युवा योगीहरु
—बालकाचार्य
समय योग को हो । युग योगको हो । र यो बेला दोस्रो विश्व योग दिवसको हो । कुनै समय थियो भगवान शिवले गौरीशंकर हिमालको शीतलछहारी मूनि माता पार्वतीलाई तन्त्र र योग विद्या आफैले बताउनु भएको थियो । त्यहि गौरीशंकर हिमाल संगै अनेकौं योगी तपस्विहरुले आफ्नो साधना आराधना गरेको ठाउँ नेपाल हो । कुरा योग कै हो र योगमा हालचाल काम गरिरहेका युवा योगीहरुको । बितेको दुई वर्षमा देशले धेरै सक्रिय र जल्दाबल्दा योगीहरु पाएको छ । दशैभरी योग ध्यान प्राणायाम , आयुर्वेदको प्रचार प्रचार । प्राकृतिक जीवन प्रति समाज आकर्षित भैरहेको देखिन्छ । यसले यो स्पष्ट भएको छ कि नेपाली भूमि मा चलिरहेको साधनाले शनै शनै परिवर्तनको संकेत गरिरहेको छ ।
Saturday, February 28, 2015
प्रज्ञा अभियान किन ? सबलाई सद्ज्ञान दिन ।
अहिले हाम्रो समाजमा धेरै संस्कारहरु लोप भइसकेको कुनै लोपोन्मुख अवस्थामा पुगेको र केही प्रचलनमा रहे पनि प्राणहीन कर्मकाण्डका साथमा गरिने हुँदा संस्कार हुने ब्यक्तिले त्यो संस्कारको प्रेरणा,भावना,त्यसको वैज्ञानिक मनोवैज्ञानिक कारणको बारेमा थाहै पाउन्न । पंडित आफ्नै धुनमा हुन्छन् संस्कार हुने यजमान हेल्लो हेलो भन्दै मोबाइलमा ब्यस्त हुन्छ, आफुलाई त्यहाँ बिनाकाममा भुल्याएको ठान्छ , छिट्टै उठेर अरुसंग होहल्लामा सामेल हुन चाहन्छ । म जीवनको कुन मोडमा आइ पुगें? अब कसरी अगाडि बढ्नु पर्छ र मलाई यो प्रशिक्षण किन दिइदैछ भन्ने बुझेकै हुन्न । विवाहको भोलि पल्ट सोध्ने हो भने सप्तपदीको मर्म के हो ? प्रायश्चित्तको भावना के हो ? वर बधुको प्रतिज्ञाले के सिकायो ? थाहै हुन्न ।
Saturday, February 22, 2014
समाजसेवी बन्ने कि ?एउटा प्रेरणा समाजसेवी बन्न ?

रविन्द्र मिश्र मैले श्रद्धा गर्ने मान्छे । धेरै पहिले नै उनको दोस्रो किताब खान पुगोस दिन पुगोन मेरो हाथमा परेको थियो । किताब संकलन गर्ने मेरो आन्तरिक ईक्षा मेरो धेरै नै छ तर बिरलै किताबहरु हुन्छन जो मैले पढेर सिध्याउछु । यो पुस्तक पनि मेरो हातमा धेरै अलमलियो तर अचम्मको कुरा रविन्द्र मिश्रका अन्तरवार्ता र कार्यक्रम सुन्दा निकै चाख लागेर आँउथ्यो तर किताब पढ्न के भयो खै त्यति ध्यान गएन त्यसै लावारिस हुन गयो ।
Saturday, November 9, 2013
पूर्वाञ्चलकै नमुना सगरमाथा प्रज्ञा पीठ
सरकारी र निजी विद्यालयमा आजभोली निकै खस्कदो शैक्षिक अवस्था देखिन्छ । आफ्नो मर्यादा के हो? मैले गर्ने काम के हो? आफ्नो कर्तब्य के हो? भन्ने कुराको सोच नै मान्छेहरुबाट हराई राखेको छ र यस्ता नैतिक शिक्षाहरु बुढापाकाको मुखबाट मात्र सुन्न पाइन्छ, बच्चालाई असल भन्दा ठूलो बनेको देख्न चाहने समाज बनिसकेको अवस्थामा । यस्तो खालको समाजका बिचमा पनि एउटा पृथक सोच र संस्कारको छनक दिने स्कूल देख्न सकिन्छ सिरहा जिल्लाको धनगढी गाविस वार्ड नं १ नैनपुर सोनापुरमा । सगरमाथा प्रज्ञा पीठ नामक उक्त विद्यालयले कक्षा ७ सम्म अध्यापन गराउदै आएको छ ।
Sunday, April 28, 2013
इच्छा थिएन बाध्यताले टाढा बनाउदैछ आज ||
इच्छा थिएन बाध्यताले टाढा बनाउदैछ आज |
छुट्ने बेला सम्बन्ध गाढा जनाउदैछ आज ||
हासों ठट्टा लड्दै खेल्दै संगै बसेका पलहरु |
मुस्कानहरु एकएक गरिकन हराउदैछ आज ||
नजिक हुदा माया प्रेम देखिदैन भन्छन भन्न |
पिटी मनले मेरै मनलाई लौन रुवाउदैछ आज ||
बबुरो हुँ कहीं कतै गल्ति भए माफी चाहन्छु ||
याद्हरुले पल प्रत्यक पल समाउदैछ आज ||

Sunday, September 2, 2012
। मेरो जिवनको कल्पना ।
मेरो जन्म १९८५ साल १० महिना १ गतेका दिन भएको हो । मेरो बुबाको नाम बलभद्र कंडेल हो । र आमाको नाम चन्द्रकला कडेल हो । जब म हिड्ने डुल्ने भए तब भैंसी चराउन जंगलमा जान्थें र भैंसी छोडेर कुलोलाई खेल बनाएर पातिका मन्टा टिपेर धान भनेर रोप्थ्यौं ।यस्तै गर्दा गर्दै मेरा दिनहरु बित्थ्यो र म सांझ घर जान्थें । घर गएर आमाले भैंसी खोई भन्नुहुन्थ्यो म भन्थें मलाई पेट दुखेको थियो त्यही भएर भैंसी हरायो भनेर टार्थें । मलाई थाहा थिएन मैले शिक्षा नपाएको भएर झुठ्ठा बोल्थे र मैले आमालाई दुःख दिन्थे । आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो मैले झुठ्ठा बोलेर पेट दुख्यो भन्थे र आमाले साच्चै पेट दुख्यो भनेर हेर्ने कोर्ने मान्छे बोलाउनु हुन्थ्यो । अहिले मैले आमालाई झुठ्ठा बोले र दुःख दिए भनेर पछुतो हुन्छ । यसो गर्दा गर्दै मेरो बाल्यकाल बित्यो । जब म अठार बर्षको भए पढ्न भनेर बाग्लुंगको धाइरिंग भन्ने ठाउमा गएँ । म गएको दिन देखि मेरो आमाको अनुहारमा कहिल्यै हाँसो भन्ने देखिएन जतिखेर पनि रोएको रोई गर्नुहुन्थ्यो । म बाचे कि मरेँ भनेर कसैलाई थाहा थिएन । म त्यहा ६ महिना बसेको थिए र जुन दिन म घर आँए त्यो दिन मेरी आमाले हर्सको आशु खसाल्नु भयो र धेरै गदगद हुनुभयो । केही बर्ष बसेर गाई , भैंसी पालेर घासपात गरेर बिताएँ । आमाकै साथमा बसें र मेरो बिबाह पनि गरिदिनुभयो । बिबाह गरिदिएपछि म केही बर्षका लागी नोकरी गर्न भनेर भारत गएँ र म त्यहाँ ठूलो जागिर नपाएर मेडिकलमा काम गर्न पुगे । त्यहा महिनाको तलब २० रुपैया आइसी पाँउथे र म एक बर्ष काम गरेर फर्के । आफ्नो परिबार संग केहि बर्ष बिताए साथीभाईको लै लै मा जग्गा बेचेर सात सय लिएर बुटबलको जैकुटी भन्ने ठाउमा पुगे । जैकुटी भन्ने ठाउमा मैले सितैमा तीन बिगा जग्गा पाएँ । म र मामा मिलेर ७ बिगा जग्गा फेरी नौकोटी भन्ने ठाउमा किन्यौ । मलाई शिक्षा दिने कोही भएन मेरो बुबा पनि म बाह्र बर्षको हुदा बित्नुभएको थियो र दाजुभाई त हुनुहुन्थ्यो तैपनि मैले शिक्षा पाएन र मैले त्यो तीन बिगा जग्गा छोडेर इन्डिया गए । इन्डियाको सिलाङ भन्ने ठाउमा काम गरे परिश्रम गरे र काम गर्दा गर्दै मलाई ठूलो रोगले छोयो त्यो रोगले मलाई धेरै दुःख दियो सबै मानिसले मलाई त्यो त अब बाच्दैन भने । यदि म मरे भने मेरा दुई छोरी टुहुरा हुन्छन र मेरी आमाले दुःख पाउनी भइन भनेर चिन्ता गरे भनेर इश्वर प्रार्थना गरें । यदि म मरे त केही हुन्थेन मेरा छोरी र आमाले धेरै दुःख पाउछन भनि चिन्ता लाग्यो एकजना अर्धाखाचीका साथीले चर्चमा जाउ भनेर डोराएर लगे र चर्चमा मेरालागी सबै रुनु भयो र प्रार्थना र्र्गिर्दनुभयो । मेरो लागी प्रार्थना गरिदिनुभएको देखेर मलाई साह्रै खुसी लाग्यो अलि अलि गर्दा गर्दै म निको हुन थाले र एक बर्षमा म पहिले जस्तै भए । मेरी आमाले भनेको केही कुरापनि नाई भन्दैनथे । मेरी पहिलप् श्रीमती पहाडमा मरीकी थिइन । आमाले मलाई जा बाबु पहाडमा गएर एउटा बिवाह गरेर लिएर आइज भन्नुभयो र मैले पहाडमा गएर बिबाह गरेर लेराए र फेरी मेरा चार छोरा र एक छोरी भए मेरो आमापनि ईन्डियामा बित्नुभयो म फेरी गाउमा आए अनि समाजसेब ागर्न पट्टी लागे ।
समाजसेब गर्दा धेरै दुःख पाए र नेताहरुको बिचार जान्न पाए । केन्द्रमा , जिल्लामा , र ठाउ ठाउमा घुम्न पाए मैले समाजसेबा गर्दा गर्दा एउटा स्कूल बनाउने सोच बनाए र त्यो स्कूलको लागी कोटा नपाएर धेरै दुःख पाए कोट नपाउदा एकचोटी चन्दा मागे । सधै चन्दामात्र के माग्ने भनेर फेरी कोटा खोज्न जिल्लामा बिन्ती बिसाउन गए । कोही कोही राम्रा ब्यक्तिले चन्दादिनुभयो र त्यही चन्दाले काम चलाए । गाउमा कसै कसैले साहार र कसै कसै छोटा थिए । कोटा नपाएर राजासंग निबेदन लिएर गाडका आखाछलेर जान्छुभन्दा निबेदन खोस्यो र पक्रेर एकदिनभरी थुन्यो । साँझ राजा गएपछि बल्ल छोड्यो अनि घर सानो मुख गराएर आए । केही दिनपछि राजा दरबारमा पसेपछि एउटा रहेको रहेछ र त्यो कोटा मलाई दियो र २०४० सालमा स्कूलको कोटा पायो । कोटा पाएपछि मेरो सपना पूरा भयो र परिश्रमको फलपनि पाए । मेरो जिबनभर ठूलो काम गरे र बालबालिकालाई शिक्षा दिक्षा दिनेकाम गरे भनेर धेरै खुसी लाग्यो अर्को समाजसेब ाबन संरक्षण गर्न पट्टी लागे र गाउका साथीभाईले बनको अध्यक्ष बनाए । बाच अनि महासंघको साहर लिएर जिल्ला अनि केन्द्रमा कति धाए । मेरो पैसा पनि खर्च गरे र यो पनि मेैले समाजसेबा गरे भनेर धेरै खुसी भए यस्तै समाजसेबा गर्दा गर्दा म ८२ बर्षको भए र म अहिले पनि देशको बिषयमा धेरै चिन्ता गर्छु । लोकप्रिय समाजसेबी र दाजुभाई तथा दिदिबैनी मेरो यही आग्रह छ की एक मनका भएर सत्य संबिधान बनाएर यो देशमा सेबा पुर्याउनु पर्छ भनेर ईश्वरको प्रार्थना गर्छु । भ्रष्टाचार , झुठो र मदीरा जस्ता जुठा ब्यबहारले देश गरिबभयो र सोझासाझा जनताले दुःख पाए भन्ने चिन्ता बढ्यो ।
.............................................समाप्त.............................................
भक्तिराम कंडेल
बाणगंगा ६ नन्दनगर
कपिलबस्तु नेपाल