Saturday, February 22, 2014

म पूर्ण नहुने गरी अधा भएको छु ।
म जीर्ण भएर आधा भएको छु ।
तर सबैले पूणताको संज्ञा दिन्छन् ।
म आत्मै देखि गली रहेको छु ।
हुनत आजभोली सबैले भोग्छन मेरो पिडा जल्छन जलदैनन थाहा छैन । कहाँ कसरी किन केका लागी पूर्ण बनाइन्छ बुझ्न सकिदैन बाताबरण बिग्रिएको छ । आखिर जन्मिएको पनि त बुङ्गै हो नि ।  सहि गलत छुट्याउन विवेक चाहिन्छ विवेक भन्दा पर नजान्नु हो । नजान्नु एक किसिमको बुङ्गो पना हो । किन लजाउछु म आफ्नो बुङ्गो पना देखि । त्यही बुङ्गो पनामा हाँस्ने खेल्ने म आज आधा मान्छे भएको छु । आधा बुङ्गो आधा मान्छे । सबैको नजरमा बुङ्गो आधा मान्छे ।