Friday, April 21, 2017

गुरु भन्नु हुन्थ्यो त्यही वास्तविक हुन्छ



भन्नेले भन्यो ,यी यस्तो नास्तिक हुन्छ !
जो रावण,कंस र मुर्खताको सावीक हुन्छ ।।


सागर संसारकाको, मैले तरें वा उसले तर्यो ।
यो मतलब हुदैन तार्ने सँधै नावीक हुन्छ ।।


हृदय खोलेर मान्छे आध्यात्मिक बन्छन् ।
बुद्धि र तर्कलाई जोड़ने वैज्ञानिक हुन्छ ।।

विद्वान भन्छन् चेतना जेठो छ जड भन्दा ।
हृदयबाटै प्रेमभाव अँगाल्ने आस्तिक हुन्छ ।।


सच्चा आत्मालाई भोग्ने आनन्दित हुन्छ ।
गुरु भन्नु हुन्थ्यो त्यही वास्तविक हुन्छ ।।



कमल पौड्याल
हरिद्वार

0 comments:

Post a Comment