Tuesday, January 31, 2017

         ‘‘शाकाहारीको गरौं सम्मेलन, प्राणीरक्षाको चलाउँ आन्दोल।’’ मित्रहरू     ! अहिले हामी एक्काइसौ शताब्दीको विज्ञान प्रधान युगमा बाँचीरहेका छौं। आज सर्वसाधारण व्यक्तिले पनि तर्क,तथ्य र प्रमाणका आधारमा मात्रै कुनै पनि कुरामा विश्वास गर्दछ। भौतिक क्षेत्रमा सुविधाका धेरै   चीज उपलब्ध हुँदै गएको छ तर मानिस दु:खी छ। विज्ञान र धर्म एक अर्काको पूरक हुन्।

    मित्रहरू! हामी एक्काइसौं शताब्दीका बुद्धिवादी मानिस हौं। तर्क ,तथ्य र प्रमाणमा आधारित विश्वव्यपीयज्ञले शारीरिक,मानसिक र समस्त असाध्य रोगहरूको समग्र उपचार पद्दति हो। यसले देवतार पितृहरूलाई प्रसन्न बनाइदिन्छ, पापहरूबाट मुक्ति दिलाउँछ। परिवारमा भएको आपसी खटपटहरू मिलाउँछ। सम्पत्ति, सुसन्तती प्राप्त हुन्छ, रोकिएको काम बन्छ, मनोकामना पूर्ण हुन्छ। संकल्प बल बढाइदिन्छ। नर नारीहरूमा शुद्ध एवं पवित्र भावना जगाइदिन्छ।

‘‘सबको लागि सदबुद्धि सबको लागि उज्ज्वल भविष्य"सबको मनमा यही भाव  जागे धर्ती स्वर्ग बन्छ ।’’गायत्री के हो? गायत्री विश्वमा सबै भन्दा शक्तिशाली महामन्त्र हो । यो जत्तिको शक्तिशाली  साधना विश्वमा न थियो, न छ , न हुनेछ।  मन्त्रहरू ध्वनी  विज्ञानमा आधारित हुन्छन् र ध्वनी अनुसार नै प्रभाव पार्दछन् । जस्तै := लोरीले  मान्छे निदाउँछ । युद्धमा बज्ने  धुनले  जोश भर्दछ । सैनिकहरूलाई  पुलमा एक तालमा हिड्न  दिइन्न । देशै  भरिका मानिसले एक साथ एक स्वरमा गायत्री मन्त्र बोल्ने हो भने एटोम बम पनि निष्प्रभावी हुन्छ । 

Sunday, January 8, 2017

    सनातन वैदिक धर्म मान्नेहरुमा जन्म मृत्युको अशौच मान्ने प्रचलन छ । ती चलनहरुलाई समय परिस्थिति अनुसार परिवर्तन पनि गर्नु पर्ने हुन्छ , नत्र अस्विकार गर्न थाल्दछन् । यथार्थ ज्ञान नभएर कतिले मान्नै छोड्ने र कतिपयले अन्धविश्वासलाई समेत अंगाली रहने पनि हुन्छ । अतः सबैलाई सही जानकारी दिनु जरुरी छ । समय वित्दै जाँदा परिस्थितिहरु पनि बदलिन्छन् । बदलिदो परिस्थितिसंग चल्न जान्नु पर्दछ । तीन दिनमा सम्पन्न हुने विवाह एक डेढ घण्टामै पूरा गरिन्छ । यज्ञोपवित लगायतका तमाम संस्कारहरुलाई जनशुलभ र प्रभावशाली बनाईदिईयो । संस्कारहरुलाई तीर्थस्थलमा र यज्ञीय आन्दोलनमा सम्पन्न गराएर मूहूर्तवादका तमाम विसंगतिहरुबाट समाजलाई मुक्त गरियो । जन्म मरणको सूतक सम्बन्धमा पनि परिवर्तन आवश्यक छ र सबैले थाहा पाईराख्नु पर्दछ ।