Saturday, November 25, 2017

म्यासेन्जरको प्रेम

          आज किन किन नरमाईलो लागी रहेको छ । एउटा तरंग छाईरहेको छ । भर्खर नित्यक्रिया सकेर कोठामा पसे र कम्प्यूटर खोले हुन त आजभोली धेरै मान्छेहरुलाई फेसबुक आएदेखि झुन्डीने बहाना भएको छ । यसमा म पनि अछुतो रहन सकिन साच्चै धैरै भएको थियो म्यासेन्जर नखोलेको आजको बिहान म्यासेन्जरमै बिताउने निर्णय गर्दै एउटा आइडी खोले कोही लाइनमा देखिएनन् अफ लाईन म्यासेजले स्क्रीन भरियो सबैलाई रिप्लाई सक्काएर फेरी अर्को खोले यसमा पनि कोही भेटिएन मनमा केही बितृष्णा पैदा भएर आयो । आजको बिहान म्यासेन्जरमा बिताउ भनेको कोही अनलाइनमा भेटिएन यसो सोंचे अब रुम तिरै गएर च्याट गनुपर्यो भन्दै रुम खोले हुनत मेरो रुममा जाने त्यति बानी थिएन तैपनि आज किन किन छिरी हालें ।
अब तल देखि माथी सम्म लिस्टमा आखा दौडाउन थाले कोही हाए भन्दै आउछन मेल फिमेल भन्दै सोध्छन कोही प्रतिक्रियानै जनाउदैनन् । यस्तै प्रक्रिया चलिरह्यो आधा धण्टासम्म कोही संग राम्रो संग गफनै हुन पाएन फेरी आजित भएर रुमलाई क्रस हान्न जादैथिए अचानक एउटा आइडीबाट हेल्लो भन्दै आएको देखे र म पनि स्वभाविक रुपबाट हेल्लो भने यतिखेर सम्म मैले उसको आइडीलाई ख्यालै गरेको थिएन 

 यसो हेरें sujit10 यस्तो आइडी थियो यत्तिकैमा ............मैले नेपाल भन्दै ........भने 
उसले नेपालको चितवनबाट भन्यो  
मैले पाल्पा यस्तो भने 
कुराकानीको क्रम चल्दैगयो लगभग ५ मिनेट कुराकानी पछि मैले सोधें तपाई मेल कि फिमेल ?
हुनत च्याटको प्रकृति नै यस्तो हुन्छ की केटा हो वा केटी पहिलेने साध्ने र केटा भए केटी र केटी भए केटा संग च्याट गर्न रुचाउने तर यस्तो प्रबृति केटामा बढी देखिन्छ । 
उसले केटी भनेर उत्तर दियो 
म फेरी आश्चर्यमा पर्दै सोधें किन आइडी त केटाको जस्तो छ त ?
उसले उत्तर दिई म केटी नै हो केटाहरु दुःख दिन्छन् भनेर केटाकै आइडी बनाएको ।

उसका यस्ता कुरा पछि अलि विश्वास लाग्योे । किनभने यस्ते गर्यो भने केटाहरुले केटीहरुको आइडी देख्नै हुदैन म्यासेज गरेर सताउँछन् यो प्रकृति नै हो । यस्तै क्रमले हाम्रो लगभग आधाघण्टा जति कुराकानी भयो र फेरी कुरा गरौंला भन्दै बिदा लिएँ । 

आजभोली मान्छेहरु फोनमा भन्दा बढी खुल्छन सोसल मिडियामा । मिडियाको फाइदा मध्ये यो पनि एउटा हो ।  त्यसैले गर्दा होला सिर्जनाको र मेरो सम्बन्ध यती दरिलो तरिकाले अधि बढेको । मैले सोचेको पनि थिएन च्याट बाट पनि यति गहिरो सम्बन्ध स्थापित हुन्छ भनेर । जब हृदयले नै अनुभब गरेपछि कस्को के लाग्छ । त्यो पनि  इन्टरनेटको जालो च्याटबाट ।  कस्तो सम्बन्ध कसैलाइ भनौ भने उपहासको पात्र बन्ने नभनौ भने मन भारी हुने  तर सम्बन्ध मजबुत त्यसको प्रमाण म आफै थिए । जब उनलाई च्याट लिस्टमा पाँउदिनथे त्यो दिन घन्टै पिच्छे म्यासेन्जर चेक गर्दथे । 

हेल्लो हेल्लो 
टिङ टिङ दुइ चोटी सम्म बुज गरेको आवाजले म झस्कीए 
आज अफिसमा कामको चाप छ त्यसैले म्यासेन्जर तिर ध्यान दिएको थिएन
मैले रिप्लाइ दिदै हजुर के छ खबर भनेर काम गर्न थाले  
किन टाढा हुन खोजेको अनिल किन रिप्लाइ नदेको ?
सिर्जनाका यस्तै म्यासेज आउदै थिए म काममा ब्यस्त थिएँ काम गर्दा पनि म्यासेन्जर खोल्न पर्ने लतले म ग्रसित नै थिए । अपिस पुग्यो कि म्यासेन्जर फेसबुक खोलेर मात्र आज के के काम गर्नुछ त्यतातिर ध्यान जाने गर्दथ्यो । फेरी म्यासेन्जर खोलेको कुरा बोसले थाहा पाए स्पष्टीकरणमा परिने पो होकि चारै तिर ध्यान दिनुपर्ने तैपनि लतले छोएपछि कसको के लाग्छ ।

पाँच मिनेट पछि 
टिङ टिङ 
म झसङ्ग भए म्यासेज बक्स भरिएको रहेछ 
सरी सिरु काम गर्दै थिए के 
काम गर्दा त कमसेकम सिग्नल बिजी गराएर काम गर्नुनी अनलाइन भएर पनि नबोल्दा कस्लाइ रिस उठ्दैन भन त तिम्रो कामै लपस्तरो हुन्छ के । अब देखि त्यस्तो नहोस नि ।

हुन्छ बाबा अब देखि यस्तो गर्ने छैन सरी भन्दै मैले इमोसन पठाए

ल ल धेरै चेपारे लाउन पर्दैन गर्ने बेलामा गल्ती गर्छौ अनि । यता सुन न मैले आज फेसबुकमा फोटो अपलोड गरेकि छु हेरेउ त कमेन्ट पनि गर ल । 

सिरुको यस्तो म्यासेज आएसि म फटाफट फेसबुक खोल्न तम तयार हुन्छु तर के गर्नु त्यहि बेला फाइल बोकेर बोस मेरो कोठा भित्र पस्छ  म झसंग हुन्छु । यो खप्पर पनि यही बेला आउन पर्ने मनमन बोसलाइ गाली गर्छु । बोस फाइलबाट आज गर्नुपर्नेकाहरुको लिस्ट निकालेर मतिर तेर्स्याउछ म फटाफट म्यासेन्जर लाइ सिधै लग आउट नगरी क्रस गर्छु र बोस तिर ध्यान दिन्छु । पाँच मिनेट पछि मलाइ काम गर्न लगाएर बोस त्यहाबाट नौ दुई एधार हुन्छ । त्यसैत कामको लोड भै रहेको मलाइ फेरी अरु कामको लोड दिदै मेनेजर गयो मनमा तनाब बढ्दै थियो आज सक्नु पर्छ यति काम । जादा जादै उसले भनेको कुराले दिमागमा धोंचिराखेको थियो । तैपनि फेरी म्यासेन्जर खोल्छु । 

ओइ फोटो कस्तो छ भन न । म्यासेन्जर खोल्दा बित्तीकै सिरुका म्यासेजले बक्स भरिएको थियो । 

कहाँ हेर्नु अब बल्ल हेर्छु । हेर्नै थालेको थे खडुस बोस आइ हाल्यो नि के गर्नु ।

तिम्रो बोसलाइ पनि यही बेला आउन पर्ने कस्तो तनि । ल ल फोटो हेरेर कमेन्ट गर त यहाँ कति धेरै कमेन्ट आइसक्यो तिमी पछि पर्यौ छिटो गर । 

सिरुको यस्तो कुरा सुनेपछि मलाइ एक झनक रिस उठ्यो । जतामान्को साथी बनाएपछि के न आउस त कमेन्ट त्यसैत मान्छे केटी भनेसी उफ्रीन्छन त्यसमाथि फोटो पाएसी त । 

होइन कस्तो फोटो राखेको रैछ रहो हेर्नु पर्यौ फेसबुक खोल्छु हतार हतार सिरु सर्च गर्छु । मान्छे कस्ती छ प्रत्यक्ष न देखेपनि सिरु मलाइ मन पर्थी किनकी मैले उसको धेरै फोटोहरु हेरी सकेको थिए । त्यसैले होला आज अपलोड गरेको फोटो पनि राम्रो मध्यको एक फोटो थियो एकमन कमेन्ट गरौं भन्ने भयो अनि सोचे कमेन्टहरुको बिचमा मेरो कमेन्ट कता हराउने हो पत्तै नहोला जस्तो कमेन्ट बर्षीएको थियो फोटोमा । 

ओइ मत कमेन्ट गरीन भो तिम्लाइ पुग्ने कमेन्ट आइ सकेछ त ?
के भन्यौ फेरी भनत त्यहाँ खुरुक्क कमेन्ट गर त ।
केटाहरु अश्लील शब्दहरु पनि कमेन्ट गर्छन् , आफू सोझो मान्छे साहित्यिक कमेन्ट फूर्छ नाम जस्तै प्रभुको सिर्जना नै सृजनसील छ ।
भोली म बुटवल आउदै छु नी थाहा छ तिम्लाई ? सिरुको म्यासेज थियो ।
अँ भर्खर था भो तिम्ले भनेर ।
मलाई भेट्न आउँछौ नि बुटवल ।
कहाँ भेट्न छुट्टी मिल्दैन मेरो , काम धेरै छ । 
ह्या यस्तो मौका फेरी मिल्दैन आफै सोंच । फेसबुक फोटोमा कमेन्ट हेरिस्योस् हजुर ।
फेसबुक अन भएपनि च्याट याहू म्यासेन्जरमा नै हुँदै थियो जमाना पनि अचम्मको छ सबैतिर फेसबुकको तहल्का मच्चिदै थियो तर मलाई भने याहूको नशाले अझै पनि राम्रोसंग छोडेको थिएन । साँझ,विहान,दिउँसो कुनै पनि बेला म अनलाईन हुन्थें । किनकी आजभोली कामको शिलशीला बढेको थियो । बोस अपिसमै हुन थालेको थियो । काममा रमाईलै हुने गर्दछ । मिडिया जगतको ईज्जत पनि उस्तै भर्खर भर्खर रेडियोको जमाना चल्दै थियो । बोलिमा लठ्ठै हुने तमाम थिए । आत्मविश्वास पनि तेज नै थियो । 

आज बनाउनै पर्ने विज्ञापन रेकर्ड गरेर मिक्सिङ गर्न थालेको थिएँ । म्यासेन्जर उतीखेरै क्रस गरेर छोडेको थिएँ । अब साउण्ड हाल्न मात्र बाँकि थियो आवाजमा । सिधै मोजिला फेसबुक टाइप गरेर इन्टर दबाएँ फेसबुक खुल्यो पाँच नोटिफिकेसन थियो हेरें । 
सिरुले कमेन्ट रिप्लाई गरिछ — प्रभुले मलाई मात्र होईन सम्पूर्णलाई सृजनसील बनाएको छ । 
उसको यो कमेण्टमा निकै दम लुकेको थियो एकमन खुसि भएँ कहिले काँहि त महावाक्य नै फुर्छ केटिको दिमागमा सोंचे । 
फेरी याहू म्यासेन्जर खोलें । 

टिङ् ,टिङ पाँच चोटी बुज बजाई सकेकी थिई  
सुन न भोलि भेट्न पक्का आउँछौ नि ? म १० बजे बुटवल आईपुग्छु ।
म आउन भेउदिन छुट्टि मिल्दैन ।
मेरो लागि यत्ति पनि गर्न नसक्ने तिमी , भोली भेट्न आएनौ भने म कहिल्लै भेट्न सक्दिन है भन्द्या छु । 
कस्तो असमान्जसमा पारी मोरीले छुट्टी पो कुन बहानाले माग्ने होत । केटीको जातलाई बोल्न कति सजिलो हुन्छ । ब्यबहार मिलाउन केटालाई कति गारो हुन्छ के थाहा । थाहा त पिडा पर्नेलाई हुन्छ । 

फेरी टिङ्............. बुज गरि भ्याइ सकेकी थिई 
मैले यताबाट उत्तर दिएँ भोलि आउने नआउने भोलीनै म्यासेज गरेर बताउछु मेरो बाबा आज मलाई काम गर्न देउ । लग आउट गरें फेरी कामलाई निरन्तरता दिन थालें । 

पोखराको होटल आनन्दको विज्ञापन बनाउनु पर्ने । साथीले अस्तिनै अलि राम्रोसंग मिक्स गर्नु भनेको थियो । सबै खाले ईफेक्ट हालेर सुहाउने साउण्ड म्याच गराउन थालें । काम गर्दा गर्दा साँझ परेछ मेनेजर आयो र भन्दै थियो अनिल जी आज पनि काम धेरै छ यतै बस्दा हुँदैन ? यस्तो प्रस्ताव आउनासाथ मैले जवाव फर्काएँ होईन सर हिजो पनि यतै बसेको नुहाई, धुवाई , अलि राम्रो हुँदैन सर आजलाई घरै जान्छु भोली गरौंला । मेरो प्रस्तावलाई सहर्ष स्वीकार गर्यो मेनेजर ले किनकी अगिल्लो दिन पनि म अपिसमै थिएँ ।  
काम गर्न अपिसमा बस्दाको दिन अलि गाह्रो हुन्छ । किनकी अपिस नयाँ हो भाडामा लिएको घर त्यो पनि पुरानो शौचालय, पनि थिएन शौचालय नभए पछि स्नानालय पनि हुने कुरा भएन । मुख पखालेर चित्त बुझाउन पथ्र्यो । त्यसैले पनि अपिसमा एक दिन भन्दा दुई दिन बस्न गारो थियो । तर कामको आनन्द र पहिलो पहिलो नोकरीको जोसमा कर्मचारीहरु जे जस्तो काम पनि सहजै गर्थै मानौ सबै कामहरु आफ्नै हो । ६ बजेसम्म काम गरें ५ बजेसम्मको समय भएपनि । कोठा बन्द गरें सबैको घर फिर्ति सबारी भैसकेको थियो । समाचार शाखामा समाचार प्रमुख मात्र थिए । ध्वनि नियन्त्रण प्रशारण कक्षमा प्राविधिक मात्र थिए । सरासर सबै संग विदा मागेर घर पुँगे । दुई दिनको बोझ हलुका पार्न मोटर अन गरें र छलछली नुहाएँ । 
घरमा आमा बुबा र म मात्र छौं । साँझ ८ बज्यो म समाचार हेर्न थालें । आमाले भोजन पस्केर बोलाउनु भो
खाएँ र टि.भी कोठामै पल्टिएँ । कति दिन त यस्तै टि.भी हेर्दा हेर्दै विहान हुन्छ पत्तै हुँदैन । च्यानल सर्च गरें कहिँ कतै गत्तिलो कुरा देखिन आस्था च्यानलबाट कुनै बाबा जीको प्रवचन चल्दै थियो कहना कर्मणो गति कर्मको अर्थ सम्झाउँदै थिए एकछिन् हेरें । विज्ञापन आयो मोवाईल खोले । घरमा हँुदा नेट चलाउन सजिलो निम्बुज,वा मिगबाट हुन्छ । त्यसैले निम्बुज अन गरें याहू,फेसबुक,आदि सबै निम्बुजमा कनेक्ट गरेको थिए । ११४ जना अनलाईन थिए जसमा १०३ फेसबुकका मात्र  । याहूमा सिरु पनि थिई म केही बोलिन अरु कोही खोजे कुरा गर्नको लागि । अस्ति भर्खर एड गरेकी हो उसले नाम आरती कालो चेहरा सोझा कद भएकि , गालामा डिम्पल सितकी केटी । लगभग १९देखि २१ हुनुपर्छ उमेर । अनलाईन थिई बोलचाल भएको थिएन । म सोधपुछ नगरी बास्तविक अकाउण्ट हो भन्ने बुझेपछि फ्रेण्ड एसप्ट गर्छु । आज बोल्ने जमर्को गर्दैछु आरती संग । म्यासेज पठाई हाँलें ......
मलाई चिन्नुहुन्छ ?
दुई मिनट पछि चिन्छु ।
कसरी नी ?
तपाई रेडियोमा काम गर्नुहुन्छ हो ।
हो कसरी थाहा भो ?
अस्ति बाबाले रेडियो सुन्दै हुनुहुन्थ्यो कार्यक्रम प्रस्तोताले तपाईको नाम लिएको थियो त्यसैले ।
धन्यवाद ... मन हलुंगो भो यसरी चिनेर मान्छेले रिक्वेस्ट पढाउँदा गर्ब लाग्यो । मनमनै सोंचे यो संग चाहिँ भलाद्यमी कुरा गर्नु पर्छ । 
उताबाट पनि जवाफ आयो धन्यावाद नै भन्न त पर्दैन ।
भैहाल्छ नि........ यत्ति पठाएँ अलि झस्किएँ । भलाद्मी कुरा गर्ने भनेर धन्यवाद देको चाईदैन पो भन्छे ।
एकछिन केही जवाफ आएन म पनि के कम केही लेखिन सिरुलाई म्यासेज पठाएँ ..... म भोली बुटवल आउँन भ्याउदिन छुट्टी मिलेन । आरती संग च्याट गर्ने जमर्कोमा अरु म्यासेज हेर्नै भुलेछु पाँच जनाको म्यासेज रहेछ उत्तर फकाएँ ।
मेरो जवाफको १५ मिनट पछि आरतीको म्यासेज आयो । ... तपाई बिजी हो ?
मैले हतार हतार लेखि पठाएँ छैन बिजी । किन र ?
होईन त्यत्तिकै सोधेको ।
ए त्यत्तिकै पनि कसैले सोध्छ र ?
सोध्न मिल्दैन र ?
मिल्छ मिल्छ । अनि घरमा को को ?
जम्मा जम्मी सात जना ।
सिरुको म्यासेज आयो अलि ढिलो रिसाएको पाराले लेख्दै थिई । मलाई केही थाहा छैन तिमी जेसुकै गर अब देखि म संग नबोले पनि हुन्छ । 
सरसर्ती म्यासेज पढें मनमा डर जस्तो भो । होईन छुट्टी मिल्दैन त म के गरुँ ? लेखि पठाएँ ।
ल ल अझै समय छ । जसरी हुन्छ कुनै बहाना बनाएर भए पनि आउ नत्र तिम्रो र मेरो भेट हुन गारो छ ।
हुन्छ म कोसिस गर्छु मिलेसम्म ।
रातको ११ बजेको थियो निद्राले अलि च्यापे जस्तो थियो तर पनि च्याटमा भुलेको थिएँ । टि.भी मा अर्को कुनै बाबाको प्रवचन चलिरहेको थियो । आमाले भित्रबाट आवाज लयाउनु भो सुत बाबु रात पर्यो । फटाफट सबैलाई म्यासेज पठाएँ । शुभ रात्रि शुभ सपनि आजलाई बिदा..................

विहान ६ बजेमात्र आँखा खुल्यो । असौजको महिना थियो । नित्यकर्म सकेर ८ बजेतिर बाहिर निस्कें गुन्द्री लगाएँ कपि खोलें आज लेख्ने मुड चलेको थियो सुरु गरें  मेरो प्रेम अनुभव ........... लेख्दा लेख्लै चार पाँच पन्ना भरीयो अरु विषयमा लेख्दा मुस्किल पर्ने कलम आज अनायास दौडिए । अचम्म लाग्यो यो माया प्रेम भन्ने चीजमा नै यस्तो अदृश्य शक्ति हुँदो रहेछ जसको नजिकै बस्दा वित्तीकै अलौकिक काम हुने । लेख्न बन्द गरें सरसर्ती पढें । शब्द पनि गहकिल प्रसंग पनि उस्तै र सन्दर्भ पनि उत्कृष्ट थिए । लेख राम्रो बनेको थियो सोंचे आज अपिस लिएर जान्छु र टाईप गरी ब्लकमा राख्नेछु । लेख्ने उत्साह बढ्यो भने अन्तःकरणबाट निस्किएका शब्दलाई जस्ताको त्यसतै उतार्न सके उत्कृष्ट बन्दो रहेछ । हामी सच्याउने बहानामा त्यस भित्रको रसलाई फ्याँकिरहेका हुने रैछौं आजमात्र थाहा भो । 

१० बज्यो भोजन गरें । तैयार भएँ र फेरी लागें आफ्नै कार्यथलो तिर .........

बाटोमा अनेक कुराहरु मनमा खेलिरहे जीवनमा साँच्चै एउटा साथीको आवश्यकता पर्छ । सिरुले कयौ दिन देखि मलाई विहेको प्रस्ताव गरिरहेकी छे मैले स्विकार गरिरहेको छैन । एकमनन स्विकार गरुँ पनि भन्छ तर अर्को मन भो पनि भन्छ मन दोमनमा छ । फेरी मनमा एउटा भाव आउँछ जन्म मृत्यु र विहे त ईश्वर नै तय गर्छन रे केको चिन्ता लिईरहनु छोड यस्ता कुरा । यस्तै मन गढन्त गर्दागर्दै मोटर अपिस अगाडी पुगि सकेछ । सरासर आफ्नो कोठामा पुगे । मेरो काम गर्ने थलो प्रोडक्सन स्टुडियो जहाँ मैले अडियो रेकर्ड मिक्सिङ डिजाइन सबै गर्न पथ्र्यो । टेबुल कुर्ची कम्प्यूटर सबै पुछ्ने काम गर्ने कार्यालय सहायक दिदीले गर्दै हुनुहुन्थ्यो । कम्प्यूटर अन गरेंं हिजो बाँकी रहेको विज्ञापनका लागि रेकर्ड सुरु गरें । यत्तिकैमा याद आयो सिरु आज बुटबल आउदै छे भेट्छु भन्दै थिई कहाँ आइपुगि केही म्यासेज पो आएको छ कि ? मन कस्तो कस्तो भो हिजो आउन भ्याउदिन भनेको रिसाकी थि । 
फटाफट फेसबुक , याहू दुबै खोलें ।
कहिँ कतै कुनै पनि म्यासेज आएको थिएन मन झन डराए जस्तो भो सधै उसकै म्यासेजले भरिने म्यासेन्जर आज खाली खाली थियो । मनले पश्चाताप बोध गर्न थाल्यो । आज जसरी भएनी छुट्टी मिलाउनु पर्नि आखिर उति टाढाबाट आउँदै थिई भेटेकै भएक के जान्थ्यो र मेरो । आखिर चन्चले भएपनि मन त उसको पनि सफा नै हो । फेसबुककै माया भएपनि माया त माया नै हो नी । यस्तै यस्तै कुराले मन टोलाएछ एकछिन सरिता स्टूडियोमा छिर्नासाथ झसंग भएँ अहो ! यसरी नटोलाउनुस है अनर्थ होला सरिताको यहि आवाज थियो । 
म केहि नबोली रेकर्ड गर्नपर्नि लाइनहरु लेखेको कपि सरितालाई थमाएँ उ छक्क परी सँधै बोल्ने मान्छे के भो भनेर हुन सक्छ । उ बोल्न थालि मैले रेकर्ड अन गरें ।

मन फेरी सिरु तिरै गएको थियो सरिता भित्र बोल्दै थिई । नजानिदो पाराले फेसबुक याहूबाटै मायामा परेछु आफैलाई आश्चर्य लाग्यो आखिर मैले सिरुलाई भेटेकै छैन मात्र इन्टरनेटको चिनजानले पनि अचम्मको स्थितीमा पुग्दो रैछ मान्छे । अब मनमनै सोंचे उसले अस्ति भर्खर हो तपाइले कामै नगरे पनि म तपाइलाई पाल्न सक्छु भनेको । मसंग विहे गर्नु कुन्नी किन म तपाइलाई एकदम मन पराउँछु । उसलाई म निकै सरल र शान्त स्वभावको लागेर मन परेको भन्थी । आज एकछिन म्यासेज मात्र नआउनाले मलाई उसप्रतिको माया के हो भन्ने बोध हुँदै थियो । मनमन सोंचे बिहेको समय पनि भएको छ गरौं कि क्या हो । सोंचे भरे च्याटमा बिहे सम्बन्धि कुरा गर्नु पर्छ भेट्न भ्याउदिन भन्दा रिसाकी भए यो बिहेको कुराले खुशि पो हुन्छे कि । निर्णय पक्क गरें अब विहेको कुरा गरेरै छाड्छु । 

 मनले यस्तो निर्णय गर्नासाथ डर अलि हल्का भो उसको लागि न्याय गर्दैछु भन्ने आभाष हृदयले गर्न थाल्यो । कतिखेर सरिता रेकर्ड गरेर स्टूडियोबाट निस्कीछन् थाहै पाएनछु । काम सुरु गरें । १५ , १५ मिनेटमा फेसबुक र याहू चेक गरि रहें अहिले सम्म याहू र फेसबुकमा १० म्यासेज सिरुलाई गरि सकेको थिए भेट्न नभ्याएकोमा माफ पाउँ भन्दै । तर त्यसको कुनै रिप्लाई आएको थिएन । काम गर्दा गर्दै १ बजिसकेछ समाचार शाखाका एक भाई खाजा खानका लागि जाउँ भन्दै कोठामा छिरे दुबैजना खाजाका लागि क्यान्टिनमा पुग्यौं । भाईले भेज मःमः अर्डर गरे हामी टेबलमा बसेर मःमः कुर्दै थियौं भ्याइले भनि हाल्यो दाई आज दाउन्नेमा बस पल्टिएछ नी ३ जना मरेछन् १५ धाइते छन् । 

मन झसंग भो कता जाँदै गरेको मैले फेरी सोधें ।
भाइले उत्तर दियो नारायणघाटबाट बुटवल आउदै गरेको ।
सनाखत भैसक्यो त ?
भएको छ दाई दुई महिला र एक बृद्ध छन् मर्नेमा ।
हृदयका धडकन तेज भए जस्तो भो नाम के के हो थाहा छ निम्लाई ?
खै दाई ख्याल भएन उतै भरतपुरतीरका हुन सबै ।
टाउको रिगंटा लाए जस्तो भो झन भन्दा झन भाईको संकेत मै तिर भएको थियो मेरो मन मात्र यसको प्रत्यक्ष अनुभवकर्ता थियो । यत्तिकैमा भाईले उत्तर दियो सि.आई.एनको खबर आएको छ अहिले अफिस गएसी हेरौंला ।

मनमा लागेको थियो सबैकुरा भाईलाई भनु । मनलाई हल्का गरुँ । मैले संका गरेको मान्छे कतै यसै दुर्घटनामा त परेन । खै कसो कसो मनले मानेन कुरा लुकाउनै बेस मान्यो । खाने मन पटक्कै आएन मःमः आएको थियो एउटा मात्र खाएँ र भाईलाइ खान भने भाइले सधायो । 
खाजा खाइसकि हतार हतार समाचार शाखामा छिर्यौं । 
समाचार हेर्यौं |
१ः३० बजेको सि.आई.एन खबर ले स्पष्ट उल्लेख गरेको रहेछ दाउन्ने दुर्धटनामा पर्ने तीन जनाको नाममा एउटा नाम थियो सिर्जना शर्मा चितवन । 
सिर्जना नाम देख्ने वित्तिकै टाउको फनफनी धुम्यो कान टुन्न भो । चेतना हरायो । एकपटक भगवानलाई पुकार गरें मलाई माफ गरिदेउ | मैले सिरुको मन बुझाउन सकिन् । नियतिलाई कसैले रोक्न सक्दैन भन्ने सबैले जानेका हुन्छन तर मायाको जालोमा परेपछि दुख सबैलाई पर्दो रहेछ | सिर्जना तिम्रो बिदाई म कसरी गरूँ ! जताततै सिर्जनाका फोटाहरु झल्झल्ती देखिदै थिए | तर उनि सदाका लागि बिदा भैसकेकी थियिन मन रोएको थियो | आँशु झर्ने तरखर गर्दै थिए | आफ्नो कोठामा गएर एक तमासले भक्कानिने मन भयो | समाचार शाखाबाट फर्किदै थिएँ |  भाई मलाई हेरेर सहज हुँदै सम्झाउने कोसिस गर्न खोज्दै थियो तर उ आफै बुझिरहेको थिएन । सोधि हाल्यो कोहि आफन्त पर्नुभो र दाई ? मनमा सबै कुरा लुकाएर भने छैन भाई कोई परेको छैन........................................................................................... आफ्नो कोठामा पुगे | ढोका बन्द गरें र रोएँ धेरै बेर ...................... आउंदैछु सिरु पर्खी बस .......... हाम्रो भेट स्वर्गमै लेखेको रहेछ | 

0 comments:

Post a Comment