Thursday, April 5, 2018

अात्माहरु

स्खलित भएका दिव्य भूतहरु
नाङ्गाे चरित्र प्रष्ट्याई रहेछन्
अाभाहीन निराभाहरु ।
अप्रकेत सलीलकाे
चरमाेत्कर्षलाई
दूषित उच्छिष्टहरुले
पवित्र बनाईरहेछन्
घनघाेर अन्धकारबीच
हजाराैं दावानल हराईरहेछन् ।

म बाटै निस्किएकाे मूस्लाेले
म आफैलाई पाेलिरहेछ
सुपर्णा छटपटाई रहेछ
भन्ने भान नहुनेहरु
अर्धचेतन मैं प्रज्ञा बुझाईरहेछन् ।
शास्रादिले सिङ्गारेर
नाङ्गैझार पारेकाे गाेपालाई
फूलमाला अाेढाईरहेछन्
ठूलाे कम्मल भिरेर
कैवल्य दिलाईरहेछन् ।

1 comments:

  1. हरिॐ कमल जी, खूब राम्रो पोस्ट लेखनुभा छ। खूब मनपरो।
    म पनि एसो अलि अलि केई लेखछु हेरि दिनु होला।
    www.yogyatri.in

    ReplyDelete