Friday, December 7, 2012

मेरो प्रेम अनुभब

         प्रेम माया यो शब्द आफैमा निकै चर्चित छ । सायद संसारका धेरै मान्छेले यो प्रेम माया अझ अंग्रेजीमा Love को अर्थ जानेका होलान । कतिले यो प्रेमलाई अनुभब पनि गरेका होलान कतिलाइ धोका मिलन बिछोड सबै भोग्ने बनायो होला प्रेमले । मलाई पनि धेरै अनुभब गरायो मेरो प्रेमले यो दुइ अक्षर र आधा मिलेर बनेको शब्दले । प्रेम शब्द सुन्दापनि कोमल र प्रिय लाग्छ त्यतीनै जटिल पनि यस्लाइ मान्छेहरु आ आफ्नै तरिकाले ब्याख्या गर्छन बिस्तारित गर्छन परिभाषीत गर्छन ।

             कति मिठो हुन्छ त्यो माया आ आफ्नै किसीमले मौलाउछ । बालक अबस्थामा आमाको काखमा बसेर दूधका मुन्टा तान्ने त्यो क्षणमा हामिलाइ त्यही दूधकै माया लाग्छ । अलि ठूलो भयौं भने नाना चाचाको माया लाग्छ । स्कूल जाने समयमा कक्षा पास हुने मोहले तानेको हुन्छ । जब क्यापसको जीबन सुरु हुन्छ हरेक मन पर्ने सुन्दरीको माया लाग्छ ।
जब पढाइ भन्दा अलि पर पुगेपछि आफ्नै लक्ष्य उद्देश्यको माया लाग्छ भनिन्छ र अन्त्यमा जीबन जसो तसो चलेको अवस्थामा आफ्नै ज्यानको माया लाग्छ रे यो अन्त्यका दुइ कुरा मैले भोगेको भन्दा पनि सुनेको कुरा ।

               आज मैले एकटक फर्केर हर्दैछु आफैलाई मुल्याङ्कन गर्दैछु । मैले प्रेम धेरैलाइ गरे कति एकतर्फी गरें कति राम्रो देखेर
गरे भनिन्छ हृदय हृदय बीचको झंकार मिल्यो भने दुइतर्फी मायाको ताल मिल्छ रे खै आजसम्म आउदा मेरो ताल मिल्यो बा मिलेन कहीकतै अलिक दिनको लागी मिलेर फेरी हरायो कि तर त्यो हराएको ताल पनि मायाको एक अनुभब थियो मैले भोगेको । माया यस्तो चीज हो जसले कहिले पनि धोका दिदैन जो संग तपाइको बिछोड भयो तपाइ  भन्नुहुन्छ उ संग हृदयको झन्कार मिलेन होला त्यो स्वभाबिक हो तर त्यसको बिदाइमा रुनुभो या हाँसेर बिदा गर्नुभो कुरा त्यहाँ छ । तपाइको प्रेम सही छ भने उसको खुसीमा तपाइले बाटो सफाइ गर्नै पर्छ ।

फोनबाट चिनजान र पत्रबाट सम्बन्ध बिस्तार भइ त्यसले केही बर्ष सम्म त मयााकै रुपमा अधि बढ्ने प्रयास गर्यो ३ बर्षको अन्तरालमा भेटधाट  गफगाफ मिठा अनुभब सबै राम्रैसंग अंगाले मैले । मलाइ लाग्थ्यो यो मेरो पहिलो र अन्तिम प्रेमनै हो । ३ बर्षको लामो यात्रा थियो जस्तो लाग्छ  तर भेट भने औंलामा गन्न सकिने तर त्यो भेट कति मिठो कति मायालु थियो सम्बन्ध राम्रै थियो तर समय संधै अनुकुल हुदैन रहेछ र अन्त्यमा सम्झौता गरेर नै बिदा गर्नुपर्यो ।

                  पहिलो मायाले पनि बिदा लियो तर अरुको जसरी होइन नत झगडानै भयो नत त्यस्तो कुनै असमझदारी नै सल्लाहमै मेरो पहिलो प्रेमको झन्कार संग ताल मिल्न सकेन संयोग मिली यात्रा गर्नको लागी । मेरो परिबारमा यो कुरा नदेखिए पनि उसको परिबारमा प्राय सबैले बुझेका थिए त्यो मायाको बारेमा त्यसअर्थपनि म मेरो अन्तिम माया नै यही हो त्यसताका भने पनि । अनुहारको आकर्षण भन्दापनि त्यँहा हाम्रो मिलन एकपटक गराउनै चाहेको हुन पर्छ कुनै अलौकिक शक्तिले  मैले न रुप हेरेको थिए न ब्यबहार उसका शब्द पढेको थिए र सुनेको थिए प्रस्ताब उतैबाट आएको थियो मलाइ प्रेम स्वीकार गर्न ४ दिन लागेको थियो मेरो पहिलो प्रेमको प्रस्ताबलाइ मान्न ।

                   त्यो समय म आफै परिपक्व हुने बेला नभएपनि म आज त्यस धटनालाइ मेरो पहिलो प्रेमकै संज्ञा दिन चाहन्छु । किनकी मेरो दुखमा धेरै पटक उसले साथ दिइ चाहे चाहेर होस बा नजानेर मेले पनि साथ दिए दुबैमा केहीकुराको छेकाबट रुकावट थिएन तर झगडा भने नभएको होइन म भनि रहन सक्दिन । आज म निरास छैन किनकी हाम्रो सल्लाहले नै यो भएको हो । मैले बिछोड हुँदा गाली गरीन सराप दिइन तिम्रो जन्ती मेरो मलामी आदी इत्यादी म बाट कहिल्यै भएन र हुन्नपनि माया त पूजा हो हामिले राम्रो संग अंगाल्नुपर्छ मैले खुसीसाथ उसलाइ बिदा गरेको थिए बिना कुनै गुनासो ।

                पहिलो प्रेमको बिदाइ संगै म अलि स्बतन्त्र भएको अनुभब गरें जीन्दगी सामान्य बन्दै गयो अब केही ब्यबहारिकताले समाइ सकेको थियो । यो मन हृदय जसले पटक पटक मायाको छोटो अनुभब धेरैपटक लिइ राखेको छ तर एकतर्फी मात्र नदीमा आउने बाढ जस्तै , हाबाहुरी जस्तै बेताल सगै छोटोमिठो स्वाद दिदै हराउदै गरेको छ ।

                   म औपचारिकताबाट अधि बढेको प्रेमलाइ मान्दिन जुन पहिले भेटधाट गफगाफ केहीदिन पछि प्रस्ताब म मान्छु प्रेममा प्रस्ताबको कुनै आबश्यकतै छैन एक अर्कालाइ बुझ्नुहोस राम्रोसंग तपाइको मायालाइ जगाउन हृदयले घण्छी अबश्य बजाउछ त्यो आबाजलाई स्बीकार्नुहोस र एक अर्कालाइ मिलाउनुस यही नै बास्तबिक मयााको मिठो प्रेम प्रस्ताब हुनेछ र राम्रे हुनेछ ।

                  उसलाई चिनेको पनि लगभग चार बर्ष भयो तर अनुभब साट्न थालेको करिब एक डेढ बर्ष हामी बीच धेरै कुरा मिल्छ र अनुभब साटासाट हुन्छ । लुकेको छैन जस्तो लाग्छ कुनै कुरा । मलाई कयौं पटक यो मायानै हो भन्ने लागेको छ मैले उसलाइ यो सबै भनेको पनि छु । एक अर्काबीच प्रेम अबश्य छ तर ब्यक्त भएको छैन मेरो हृदयलाइ सोध्दा यही भन्छ । राम्रे संग बुझेको छु जस्तो लाग्छ मलाइ बुझेर र अनुभब साटासाट गरेर दुख सुख बाँड्ने हाम्रो सामिप्यताले गर्दानै होला मलाइ मेरो पहिलो प्रेम पछि यसले राम्रै संग झट्का हान्यो यो पनि एउटा मिठो अनुभब यो मलाइ थाहा छैन् जीबनको यात्रामा उ संग हृदयको ताल मिल्छ बा मिल्दैन तर यो धडीमा ताल मिलेकै छ भन्छु म र यो सामिप्यतालाइ एयटा अर्को बृहद प्रेम नै हो भन्छु । हृदयको पुस्तकालयमा यिनै मिठा यादहरु पुस्तक बनेर बसी सकेका छन जुन म चिन्तन अबस्थामा हुदासम्म सुरक्षित रहने छन ।

               प्रेम आफैमा चोखो छ मिठो छ र यसको अनुभब स्वर्गीय आनन्द भन्दा कुनै तबरले कम छैन जसले यसलाइ भोगेको छ बुझेको छ अनुभब गरेको छ । उसले मात्र आनन्द लिएको छ । सबै मान्छे चाहन्छन म प्रेम गरुँ माया लाउँ मेरो पनि कोही हुनुपर्छ जो संग दुख सुख साटूँ तर सबैलाइ त्यो बास्तबीक माया यो अबस्थामा मिल्न सक्दैन ।

            जीबनका कयौं बसन्त पुरा गरी सकेको छु मैले तर प्रेम माया लब को कुरा गर्दा अहिले पनि पहिलो प्रेमको झिनो मसिनो र छोटो अनुभब मात्र छ हुनत यती भनि रहदा अहिले मैले अनुभब गरिराखेको प्रेमलाइ नकार्न खोजेको कदापि होइन यो आफ्ने तरिकाले मौलाउदै छ । हुनत यहा मैले मायालाइ कसरी बुझे र परिभाषीत गरे सबैको आ आफ्नै तरिका हुन्छ रअर्थाउने शब्द पनि हरेक मान्छे आफैमा दार्शनिक हुन्छ र उसले भोगेका अनुभब गरेका कुरालाइ उसले आफ्नै शब्दमा परिभाषित गर्दछ । मैले पनि आफ्नो यो सुक्ष्म सानो टुसाउदै गरेको बबुरो मतिले जति सम्म बुझेको छु त्यती नै बुझाउने प्रयास गरेको हो केही आफ्नै अनुभबलाइ मिलाएर ।

                  माया सबैले गर्छुत भनेको हुन्छ तर बास्तबीक माया हो कि होइन त्यसको जाँच गर्नु तपाइको कर्तब्य हो यदी साँचो मायाको अनुभब लिने हो भने । कतै माया माया भन्दै रुप रङ पैसातीर त जानुभएको छैन त्यसो नगर्नुस रुप रङ भन्दापनि मान्छेको सौहार्द ब्यबहार हो तपाइसंग उसको कति कुरा मिल्छ र दुख सुख कत्तिको बाडिन्छ तपाइलाइ समस्या पर्दा सहयोग योग्य छ की छैन कत्तिको कुरा मिल्छ एकअर्काबीच यदी मिल्छ र हृयमा घण्टी बज्छ भने तपाइले प्रेम प्रस्ताब राख्ने कुनै आबश्यकतै पर्दैन एक अर्काको हृदय मिली सकेको हुन्छ जब मन मिल्छ तब मायोको मिठो अनुभब सुरु हुन्छ जुनी जुनी सम्म मिठो प्रेमको अनुभब ।।


समाप्त ।।।
०६९\०६\२६ बिहान  १०  बजे 

2 comments: