Friday, July 5, 2019


सामान्य स्तरमा घरमै आफैले सहज रुपमा यी नियमहरुको पालना गर्नाले सद्य कष्टबाट निवारण मिल्दछ लामो समयको अनुसन्धान र प्रयोगबाट सिद्ध  भएका यी तरिकाहरुलाई आफ्नो जीवनमा सामेल गरौं आनन्दित जीवन बाचौं
(१)         टाउको दुखेमा दुवै हातको कुहिना माथि सल अथवा डोरीले मज्जाले कसेर बाँधिदिनु पर्छ। यसो गर्नाले ५-७ मिनेटमै टाउको दुखाई कम हुनेछ। कुहिनालाई जोडसंग बाँध्नु पर्छ जसले गर्दा विरामीलाई केहि कठिन अनुभव होस् साथै उसको ध्यान टाउकोबाट हटेर त्यहि दुखाई भएको ठाउँमा केन्द्रित होस्।

Thursday, April 5, 2018

स्खलित भएका दिव्य भूतहरु
नाङ्गाे चरित्र प्रष्ट्याई रहेछन्
अाभाहीन निराभाहरु ।
अप्रकेत सलीलकाे
चरमाेत्कर्षलाई
दूषित उच्छिष्टहरुले
पवित्र बनाईरहेछन्
घनघाेर अन्धकारबीच
हजाराैं दावानल हराईरहेछन् ।

Saturday, November 25, 2017

          आज किन किन नरमाईलो लागी रहेको छ । एउटा तरंग छाईरहेको छ । भर्खर नित्यक्रिया सकेर कोठामा पसे र कम्प्यूटर खोले हुन त आजभोली धेरै मान्छेहरुलाई फेसबुक आएदेखि झुन्डीने बहाना भएको छ । यसमा म पनि अछुतो रहन सकिन साच्चै धैरै भएको थियो म्यासेन्जर नखोलेको आजको बिहान म्यासेन्जरमै बिताउने निर्णय गर्दै एउटा आइडी खोले कोही लाइनमा देखिएनन् अफ लाईन म्यासेजले स्क्रीन भरियो सबैलाई रिप्लाई सक्काएर फेरी अर्को खोले यसमा पनि कोही भेटिएन मनमा केही बितृष्णा पैदा भएर आयो । आजको बिहान म्यासेन्जरमा बिताउ भनेको कोही अनलाइनमा भेटिएन यसो सोंचे अब रुम तिरै गएर च्याट गनुपर्यो भन्दै रुम खोले हुनत मेरो रुममा जाने त्यति बानी थिएन तैपनि आज किन किन छिरी हालें ।

Sunday, June 18, 2017

मनुष्य मात्र नभएर सृष्टिका हरेक जीवहरुमा प्रेमको प्यास अदम्य हुन्छ । अमेरिकामा स्थित चिडियाघरको एउटा रिसर्चले २० वर्षको अनुभव सिद्ध गर्दै उल्लेख गरेको छ । वन्य पशुहरुको जीवनमा पनि प्रेमको भोक र छटपटाहट तीब्र्र हुने गर्दछ , उनीहरु प्रेमका माध्यमबाटै बिभिन्न कुराहरु सिक्ने सिकाउने गर्दछन् । एकपटक चिडियाघरको  भालुले एउटा बच्चा जन्मायो त्यसको नाम टाकु राखियो । भालु जति क्रोधि प्रकृति र उद्दण्ड जनावर हो , त्यसभन्दा कयौं गुणा बढी भालुमा वात्सल्य देख्न सकिन्छ ।

Friday, April 21, 2017



भन्नेले भन्यो ,यी यस्तो नास्तिक हुन्छ !
जो रावण,कंस र मुर्खताको सावीक हुन्छ ।।


सागर संसारकाको, मैले तरें वा उसले तर्यो ।
यो मतलब हुदैन तार्ने सँधै नावीक हुन्छ ।।


हृदय खोलेर मान्छे आध्यात्मिक बन्छन् ।
बुद्धि र तर्कलाई जोड़ने वैज्ञानिक हुन्छ ।।