Friday, July 5, 2019

स्वस्थ रहने योगका १३ नियम


सामान्य स्तरमा घरमै आफैले सहज रुपमा यी नियमहरुको पालना गर्नाले सद्य कष्टबाट निवारण मिल्दछ लामो समयको अनुसन्धान र प्रयोगबाट सिद्ध  भएका यी तरिकाहरुलाई आफ्नो जीवनमा सामेल गरौं आनन्दित जीवन बाचौं
(१)         टाउको दुखेमा दुवै हातको कुहिना माथि सल अथवा डोरीले मज्जाले कसेर बाँधिदिनु पर्छ। यसो गर्नाले ५-७ मिनेटमै टाउको दुखाई कम हुनेछ। कुहिनालाई जोडसंग बाँध्नु पर्छ जसले गर्दा विरामीलाई केहि कठिन अनुभव होस् साथै उसको ध्यान टाउकोबाट हटेर त्यहि दुखाई भएको ठाउँमा केन्द्रित होस्।
(२)         प्रतिदिन दिसा-पिसाव त्याग गरेपछि दाँतको दुवै पंतिलाई मिलाएर जोड-जोडसंग दबाएर राख्ने। यसो गर्नाले दाँत बलियो हुन्छ साथै दाँतसम्बन्धी रोग मेटिएर जान्छ।
(३)         भोजन पछि हाथ-मुख धोएर काठको काइयोले कपाल कोर्नु पर्छ। काइयोको दाँतले छालामा हल्का दुख्ने गरी काइयो चलाउनु पर्छ। यसले गर्दा टाउको सम्बन्धी कुनै पनि विरामी तथा कपाल सम्बन्धि समस्या उत्पन्न हुने डर रहँदैन।
(४)         कहिले काहिँ गर्मीमा बाहिर जानुछ भने तौलियाले दुवै कानलाई छोप्नु पर्छ। यसले लू लाग्ने डर रहँदैन।
(५)         स्मरण-शक्ति कम भएमा टाउको माथि काठको तख्ती वा एउटा सानो फल्याक राख्ने र त्यसलाई काठको सानो हतौडीले माथिबाट विस्तार-विस्तारै ठोक्ने। पाठकले अनुभव गर्नु भएको होला कि मानिसहरु कहिले काहिं कुनै विर्सेको कुरालाई स्मरण गर्नको लागि टाउको कन्याउने अथवा पेन्सिलले ठोक्ने गर्छन्।
(६)         शौच-क्रिया पश्चात् हात-मुख धोएर मुखमा जति पानी भर्न सक्यो त्यति पानी भर्ने र पानीलाई मुख भित्रै रोकेर हत्केलामा चिसो पानी भरेर खुल्ला आँखमा छ्याप्ने। ५-७ पटक छ्यापेपछि मुखमा भरेको पानी फ्याँक्ने। यस प्रकार भोजन पछि पनि यो क्रिया गर्न सकिन्छ यसबाट आँखाको रोग हुँदैन र ज्योति ठीक रहन्छ।
(७)         केहि समय पद्मासनमा बसेर दाँतको जरामा जिब्रोको अग्रभाग दबाएर राख्नाले सबै प्रकारका व्याधिहरु नष्ट भएर जान्छन्।
(८)         रक्त अपानमार्गको जरालाई हातमा बाँधेर राख्नाले भूत, प्रेत आदिको बाधा हटेर जान्छ।
(९)         विहान-साँझ पद्मासनमा बसेर नाभितीर एकटकले हेर्दै नाभिमा वायु धारण गर्ने तथा नाभिको ध्यान गर्नाले मन्दाग्नी, अजिर्ण, अतिसार आदि पेटका रोगहरु टाढा भाग्छन्।
(१०)    तिर्खा लागेर व्याकूल भएको बेला यस्तो ध्यान गर्नु पर्छ कि जिब्रो माथि कुनै अमिलो चिज राखिएको छ। शरीर तात्तिँदा चिसो बस्तुको र चिसो हुँदा तातो बस्तुको ध्यान गर्नु पर्छ। निधार माथि पूर्ण चन्द्रमा समान ज्योतिको ध्यान गर्नाले आयु बढ्छ साथै कुष्ठ रोग टाढा भाग्छ। टाउको तातो भएमा वा रिंगटा लागेमा मस्तिष्कमा श्वेत वर्ण शरद् चन्द्रमाको ध्यान गर्नाले केहि मिनेटमा शान्ति मिल्नेछ।
(११)    सर्वथा दृष्टिको अगाडि पहेंलो वर्णको उज्वल ज्योतिको ध्यान गर्नाले बिना औषधि सबै किसिमका रोग ठीक भएर जान्छन् साथै शरीरमा परिपूर्ण यौवन वनिरहन्छ।
(१२)    श्याम वर्णको ध्यान गर्नाले वायु, रातो वर्णको ध्यान गर्नाले पित्त र सेतो वर्णको ध्यान गर्नाले कफको समस्या टाढा भाग्छ।
(१३)    श्याम वर्णको ध्यान गर्नाले वायु, रातो वर्णको ध्यान गर्नाले पित्त र सेतो वर्णको ध्यान गर्नाले कफको समस्या टाढा भाग्छ।
 योगाचार्य कमल पौड्याल
लेखक : योग विज्ञान  विषयमा  विद्यावारिधि  गर्दै छन्


0 comments:

Post a Comment