Saturday, September 3, 2011

अनुभब

                आजको दिन होलीको । सबै सप्तरङ्गी रङ्ग संगै आफ्ना आनन्द साटासाट गरिराखेका छन् । यहि आनन्दमा देशका कतिपय जनताहरु होलिको रङ्ग मिलेसरी मिलेर होली खेलेका छन भने कोही दुःखै दुःखको जालोलाई जबरजस्ती फुकाउने प्रयत्न गर्दै आएको होलीलाई मनाउने तरखरमा जुटेका छन् । तर यही दिन हो एक अबला नारी लुटिएको हिमांशुको परिवार लुटिएको घर लुटिएको त्यो भिभत्स घटना जसले सुन्नेलाईत एकपटक शरिरका रौंहरु ठाडा भएर रोमान्च हुन्छ भने बिचरा हिमांशुले त्योघटनालाई आफ्नै आँखाले प्रत्यक्ष देखेको थियो । हिमांसु पिढीमा बसेको छ वरिपरि बाताबरण र देखिने सबै मान्छेहरु सप्तरङ्गी देखिन्थे रमाउदै बालबालीकाहरु हाथमा पिचकारी लिएर गल्ली गल्ल्ाी डुलीरहेका छन् । यस्तै दृश्यकाबिच हिमांशु त्यही पाँचबर्षपहिलेका अतीतका कारुणीक घटनाहरुलाई यसरी सम्झन्छ ।


                 मनमनै उसलाई त्यो घटनादेख्दा लागिराखेको छ आजको यो दिनमा हाथमा पिचकारी नभएर तरवारखुकुरी लिएर जाँउ र एक एक गरी सबैको चटनी बनाऊँ जसले उसकी श्रीमतीलाई उसकै अगाडी निर्ममता पूर्बक कि्रयाकलाप संगै हत्या गरेका थिए । हो ईनै कुराहरुलाई हिमांशुले पिढीमा बसेर सोंची राखेको छ । यत्तिकैमा छोरीको आवाज बाबा रङ्ग सिद्धियो पैसा दिनुस न …हिमाशु झसंग हुन्छ । सर्टको गोजिबाट १० रुपैया झिकेर दिदै भन्छ कत्ति छिटो सिध्याएको त्यती रङ्ग ल्याईदिएको थिए होईन के बाबा आदी रङ्ग त मैले केसबलाई दिएको त्यहीभएर हो के बाबा । पैसा हाथमा लिएर नैरासिएका आफ्ना अनुहारमा खुसीका फुलहरु फुलाउदै सरु आफ्ना साथीहरुको भिडमा मिसिन पुग्छे ।उता सबिनाको मृत्यु पश्चात हिमांशुले भरसक आमाको स्नेहमायार काखको कमी हुन दिएको थिएन सरुलाई । उस्ले आफ्नो सम्पूर्ण सर्बेसर्बा सरुमा निहित रहेको अनुभब हरेक पटक गरेको छ त्यो घटनाले मलीन बनाएको बेला । उकोठामा पस्छ सुत्ने प्रयास गर्छ तरपनी त्यो अतितके घटनाले उसको मानस्पटलमा अनेक बिचारका काँडाहरुले चारैतिरबाट डँस्ाी राखेको छ । भित्रैबाट जलनको ज्वालाले पोली राखेको छ । अनेकौं बिहानीमाप्रहरमा र साँझमा ।

              त्यो दिन कारुणिक र दर्दनाक थियो । हेा सानो परिवार खुसी परिवार थियो त्यो हुलाकको नोकरी हिमांशुको थियो भने सबिनाले पनि एउटा निजी स्कूलमा आउने र जाने गर्न थालेकी थिई । सरुपनि भर्खर वनमा पुगेकी थिई । दिनभर काममा जाने र साँझमा घर फर्केपछि रमाईला खेल संगै आफ्ना नित्य कामहरु गरी । बिभिन्न अर्थले अथ्र्याईने जीबनलाई बिताई रहेका थिए । एक दिनको कुरा हो हिमांशु अपिसबाट घर फर्कदै थियो अपिसबाट केही प…।र पुगेको हिमांशुले घर पुगेर रमाईलो खेल खेल्ने मनसायले आफ्ना पाईलालाई छिटो छिटो सार्दै थियो यत्तिकैमा बम बारुद ठूलो स्वरले बजेको आवाज हिमांशुको कानमा पर्छ । पछाडी फर्केर हेर्छत सम्पूर्ण हुलाक ध्वत भएको मन अमिलो भएर आँउछ उद्देश्यको बाटो मोडिए जस्तो लाग्छ तैपनि मनलाइ थुम्थुम्याउदै अझ छिटो घरतर्फ लाग्छ । अर्को दिन देशमात्रका नभएर बिदेशसम्मका संचारमाध्यममा यो घटनाले स्थान पाउछ मात्र …।स्थानको हुलाक ध्वस्त …।बराबरको क्षती हुनपनी हो आजभोलीका समाचारहरुको शिर्षक यहि प्रकृतीको हुन्छ । घटनाहरु धेरैहुन्छन तर दोशी कोकिन घटाईयो कस्ले घटायो आदि कुराहरु बुझ्न सकिदैन आजभोलीका समाचारहरुमा । केही दिन सम्मका लागी हुलाक जानपनि बन्द भयो । तिन चार दिन दिन बितेपछिको दिन सबिना र सरु स्कूल गएपछि हिमांशु घरै बसेको थियो । एक्लै घर बस्नुपर्दा हिमांशुलाई नरमाइलो लागी राखेको थियो मन डराईराखेको थियो यत्तिकैमा आकाश कराएको आवाज सुन्छ । हतार हतार बाहिर निस्कन्छ आकास तिर नजर डुलाउछ आकाशभरी टम्म बादल लागेको थियो कालो क्षण क्षणको बिजुलीको लहराले उसको आँखा तिर्मिराई राखेको हुन्छ अचानक दक्षिणतिर बाट आएको ठूलो हावा हुरीले उ अतालिन्छ र घर भित्र पस्छ केही समयको हावाहुरी र पानी पछि आकाश खुल्छ । भित्तामा टाँगिएको धडी हेर्छ दिउसोको चार बजिसकेको हुन्छ हिमाशु बाहिर निस्कन्छ चारैतिर नजर डुलाउछ बारीका अधिकांश रुखहरु ढलेका हुन्छन् । फेरी उसको मनमा डरले स्थान पाउछ । यत्तिकैमा सबिना र सरु आईपुग्छन । उता हुलाकको घटनाका दोषीहरुको खोजीमा सेनाहरु गाँऊ गाऊ डुलिराखेका छन् । साँझ परिसकेको छ सबै गाँऊलेहरु सुत्ने तर्खरमा छन् । बाहिर कालीचूर छ । हिमांशुका तीन परिवार उदरलाई पेटलाई भोजन दिन थालेका छन् । अचानक बाहिरबाट ढोका ढकंंंं…ढक…गराएको आवाज सुनिन्छ हिमांशु ढोका खोल्छ उ झसङ्ग हुन्छ १०÷१२ जना सेना ड्रेस लगाएकाबन्दूक भिरेका बूटधारी घरभित्र पस्छन् एत्तिकैमा एउटाले भन्छ सर अस्तिको घटना गराउनमा यसको पनि हाथ छ सर … कमाण्डर हिमांशु नजिक गएर सोध्छ तँ पनि सामिल छस हिमांशु डराउदै हॊईन सर मलाइ थाहा छैन । टाउकाको कपाल समाएर कमाण्डरले छालाका ती बुटले निर्दाेश हिमांशुलाई हान्दै भन्छ केटााहो ठोक सालेलाई बिचरा उ बुटहरुको हनाइले उसको निर्दोशपनलाई नकारीराखेको थियो । यत्तिकैमा हिमांशु हल न चल हुन्छ । लास पछारीए झैं भएको छ उ यत्तिकैमा एकजनाले भन्छ यत्तिले भन्दैन यसले भन्दै हिमांशुलाई छोपेर मेरो राजालाई नपिट भन्दै रोईरहेकी सबितालाई आफ्नो बासनालाई तृप्त पार्नको लागी िसंह जस्तै जबरजस्ती आफ्नो पंजामा पार्न खोज्दछ । सबिता आफ्नो सतित्व रक्षाका निमित्त एक मुठी सास भएसम्म प्रतीकार गर्ने लक्ष लिएर त्यस सिपाही संग जुधिरहेकी हुन्छे । यत्तिकैमा सबिताका ती कोमल हातहरुलाई समाउदैं घरबाहिरको थाममा लगेर बाँधिदिन्छन् दुई सिपाहीले । सबितालाई लगेको केही बेरपछि ती पत्थर दील भएका नुनेहरुले हिमांशुलाई पनि निर्ममतापूर्बक लतारदै रुदै कराउदै गरेकी सबिताको अगाडी लगॄृेर बाँधिदिन्छन् । कस्तो बिडम्बना निर्दाेशीलाई जबरजस्ती दोसी बनाईराखेका छन् । त्यो पनि केहि क्षणको बासनालाई आफ्ना ईन्द्रियलाई थाम्न नसकेर निर्दोश अबला नारीलाई आफ्नो एकतर्फी बेगलाई बगाउने चेष्टा गरिराखेका छन् । बिचरा हिमांशु आँखाभरी आँशुलिएर टुलुटुलु हेर्दै आँशुको सागर बगाइ राखेको छ ।

                   उता शरिरबाट एक एक गरि आफ्ना बस्त्रलाई निकालिरहेको सिपाहीलाई गाली गर्दै खुट्टा बजार्छे तर त्यो खुट्टा बजाराईको कुनै अर्थ लाग्दैन त्यहाँ । त्यो दृश्य देखेर जिबनको हरेक अर्थ सिद्धिए जस्तो पहाड भासिए जस्तो खै कस्तो कस्तो केहि बुझ्न सक्दैन ऊ । मात्र बुझेको छ त उसले आफ्नै अगाडी भइरहेको दर्दनाक घटनालाई देखेर सबिता प्रति करुणा जागेको थियो उसलाई । कस्तो मानब हृदय । आफै हल चल हुन नसकेका बेला पनि कस्तो करुण भाब निस्कन्छ मान्छेमा । आफ्नै सहन नसकेर दया भाबले ती नुनेले पिट्दै जबरजस्ती गरेको देखेर मर्ने डरले मनमा ठूलो साहस बोकेर नचाहदा नचाहदै पनि भन्न पुग्छ । सबिता! देऊभो देऊ! । धर्ति फनफनी घुमे जस्तो लाग्छ हिमांशुलाई र बिहोश हुन पुग्छ त्यही । उता नुनेहरुले जबरजस्ती आफ्नो बेगलाई बगाउन थाल्छन । केही क्षणपछि सबिता सिथिल हुन्छे र निर्जिब बस्तु जस्तै लठ्ठ बिहोस हुन पुग्छे त्यही ।

                          कस्तो कारुणिक दृश्य कस्तो घटना । पत्थर दिल भएका ती मान्छेहरु जसले यस्तो कुकृत्य गर्नपुगे । आखिर दोसि खोज्नेलेनै यस्तो गर्छ यहाँ । त्यसैले यहाँ हरेक घण्टामा यस्तै यस्तै हुन्छ यहु केबल मिनेटको बासनाले । सिपाहीहरु फर्किएको केही क्षण पछि । गाऊका कुखुराले बिहानीको संकेतसङ्गै दुबै अचेत अवस्थाबाट ब्यूझन्छन्् र एक अर्कालाई अङ्गालोमा बेरेर रुन्छन धेरै धेरै रुन्छन् अङ्गालो अङ्गालोमा । ………………………………समाप्त……………………………………………।

0 comments:

Post a Comment