Thursday, December 6, 2012

कर्नाली ब्लुज र म

                 उपन्यास पाउनभन्दा पहिले कर्नाली ब्लुजको बारेमा कतै गाँइगुइ सुनेको थिए तर मैले त्यती ध्यान दिएको थिएन । धेरैदिनको योजना पछि मात्र यो उपन्यास मलाइ थमाउने मेरा साथी भट्टराई काशीरामलाई मैले यी शब्द लेख्दै गर्दा धन्यबाद दिनै पर्छ । निकै मिलनसार उनी ठट्यौली पनि छन तर मेरो मिल्ने साथी मध्य एक पनि हुन । आजभोली उनको बिद्यालयमा छुट्टी सुरु भएको रहेछ छुट्टीलाई साहित्यका केही पुस्तक पढेर बिताउने ध्ययका साथ केही पुस्तक पढ्दै रैछन । हुनपनि सापटीमै आएको थियो यो पुस्तक मेरो हाथमा बिपिको मोदी आइन र नारायण वाग्लेको पल्पसा क्याफे दुई पुस्तक उनलाई थमाएर कर्नाली ब्लुज आफूले समाएको थिए । पुस्तक पाउदा अफिसमै थिए । उनले दिनासाथ किताब पढीसकेपछि बिद्धानहरुले दिएको प्रतिकृया पढेर सके । किताब दिदै ठट्यौली पारामा उनले भने बिच बिचमा अश्लील शब्द छ मज्जा आउछ पढ्न । उनले यस्तै भन्दै थिए मैले उनलाई रोक्दै भने उपन्यास हो जीबन हुन्छ त्यसैले त्यो अश्लील होइन जीबन हो त्यसमा हामीले हाँस्नुपर्ने केही छैन । उनले हास्दै मेरो कुरामा सहमति जनाए ।

    मेरो काम बिहानमा भएकोले ११ बजे कामगर्ने समय सकियो हामि दुई रेडियोबाट हिड्यौ । बाटोमा जाँदा उनले उपन्यास पढी सकेको भएर कर्नाली ब्लुजकै प्रशंशामा बिताइ राखेको थिए म रोचक पाराले पढ्ने उत्सुकताका साथ उनका कुरा ध्यान दिएर सुनीरहेको थिए । पुस्तक पढ्नुभन्दा पहिले केही दिन पहिले मैले काठमान्डौको कान्तिपुर एफ एमबाट यो माया भन्ने चीज यस्तै हो भन्ने कार्यक्रममा सबिना कार्की दीदीले बुद्धीसागर दाईसंग लिएको अन्तरबार्ता सुन्ने बित्तीकै यो उपन्यास पढ्ने उत्प्रेरणा जागेको थियो । अन्तरबार्ताका शब्दहरुले मलाई दाईतीर धकेली सकेको थियो र दाइको अनुहार हेर्ने चाहना जागेको थियो । अनुहार त अर्को दिन इन्टरनेट फेसबुकमा हेरेर पुरा गरे तर उपन्यास । त्यसको केही दिन पछि मात्र पुस्तक हाथ परेको थियो ।

    गफको रसमा होला साइकलको उनले पाइडल सुस्त सुस्त चालेको थियो र कर्नालाी ब्लुजको रस मतिर तेर्स्याउदै  थिए उनी । कुराकानीकै क्रमलाई झट्ट रोक्दै सोधे । पौडी कत्तिको खेलेको छस ? मेले पौडीबाज नै हुम नी मत मैले भने । फेरी उनले साधे घरमा थारु भनेर बोलाए किनाइ त ? किन नबोलाउनु त्यो त झन म थारु गाउमै हुर्केको हाम्रो गाँउमा सबै थारुमात्र पहाडिया बाहुन त हामि मात्र । मेरो त मित्रु सत्रु दुबै थारु । मैलै खुसिको भाब सहीत भने बोलाए नी किन न बोलाउनु मेरो कुरा सुनेर उनले भन्न थाले तेरो जीबन संग धेरै कुरा मेल खान्छ यती कुरा त मैले ठोकेरै भने लौ । मैले खुसी हुदै भने होर ! सानै छदा मधेस झरेको म पहाड जन्मेपनि म हुर्केर बुझ्ने भएको र शिक्षा लिएको कपिलबस्तुको एक थारु गाँउबाट त्यसैले म घोँगी खाएर बलीया भएका थारुका छोराछोरी संग लड्दा हार्ने भएनी जोरी खोज्न पछि नपर्ने खालको मान्छे । थारु बोल्न र आइ परे थारुका सबैखाले गाली गर्न पनि आउछ मलाई । आफ्ना बाल्यकालका चण्डाल कामको बिस्तृत बिबरण सुदाउदै जान्छु उनले ल त्यसो भए तेरोलागी यो पुस्तक हिरा हो तैले भुलेका आफ्ना चण्डाल काम बिठ्याँइ सबै एक एक गरेर आँखा अगाडी आउनेछ उनले यस्तै भन्दै साइकल मन्द मन्द चलाइ राखेको थिए । केहीबेर पछि उनको र मेरो छुटिने समय आयो मलै उनलाई बस चढाएर घर तिर लागे बाटो भरी किताबकै कुरा मनमा खेली रह्यो कस्तो होला के होला म पढ्न निकै आतुर भैसकेको थिए । उनले सुनाएका कुराहरुले मलाई अझै उत्साहीत र आतुर बनाएको थियो किनकी आफ्नै याद संग मिल्छ भन्ने भान अब मलाइ पनि लागि सकेको थियो । उनले उपन्यासको एउटा बिठ्याँइ घटना मलाइ सुनाएका थिया सन्तोषीमातालाई जुँगा बनाएर सन्तोषी बा बनाएको कुरा त्यसैले पनि म उत्साहित थिए आफ्नो बाल्यकालको सम्झनालाइ ब्यूताउने यो उपन्यास पढ्नको लागी ।

    घर पुगे दुई गास खाना टिपे कार्तिकको धिपधिपे घाममा घरको अगि पट्टी बिछाएको गुन्द्रीमा बसेर कर्नाली ब्लुजका पन्ना पल्टाउन थाले । मेरा नजर गाडिए शब्द शब्दमा सुरुवातमै मन प्रफुल्ल भएर आयो उपन्यास राम्रो रैछ भन्ने भयो । आमाको त्यो आँखा हेलिकप्टर कति खेर आँउछ भन्दै सुकेको बाटो जब टाढाबाट सानो चराहरुको आकृति हुदै आएर टप्प रोकिन्छ । तब म पनि धकधक ढुकढुकि बढाउदै पन्नाका मसिना अक्षरमा आँखा दौडाउछु ।

    जब बाल्यकालका बिठ्याँइ सुरुहुुन्छन तब मेरा आफ्नै यादले मलाईनै नचाउन थाल्छ । कतिखेर चन्द्रेको बिठ्याँइमा खुट्टा बजार्दै धक मारेर हाँस्छु कतिखेर तिन टाउकेले हेपेको देख्दा मन कुडियर आउछँ कहिले आफ्ना कुरा साथीलाई सुनाउदै भक्कानिएर रुदा म पनि रसाउछु चन्द्रे संगै । भित्र बसेकी दिदीले बौलाइस कि क्या हो भन्दै हास्छीन मैले उनलाई बाल दिन्न । मज्जाले पढ्छु आँखा गाडेर ढुकढुकी बढाउदै । जब सम्म चन्द्रे रङ्गमञ्चमा थियो तब सम्म म निकै उत्साहित थिए र धेरै पटक चन्द्रेलाई लिएर भक्कानिएको पनि थिए किनकी चन्द्रेसंग मेरो धेरै कुरा मिलेको थियो उसले जस्तो सुम्ला मैले पनि सहेको थिए बाको त्यसैले होला चन्द्रेको निकै माया लागेर आउथ्यो र मन भुक्क फुटेझैं हुन्थ्यो आफैलाई सम्हाल्थे र पढ्न सुरु गर्थे । तीन टाउकेको हेपाई त मलाई फिटिक्कै मन पर्दैन के गर्नु त्यो समयमा मैले नी धेरै नाथ्रो फुटाएको थिए त्यस्तै तीनटाउके जस्तैको हाथबाट । फरक यत्ति हो चन्द्रेको खुट्टा लुलो थियो मेरो थिएन तर प्रकृति एउटै  ।

    आफ्नै याद र भाबना संग खेल्दै लड्दै उफ्रदै कर्नालाी ब्लुजका भाब हरुमा रमाउदै अधि बढ्छु पहिलो दिनको पढाई १०९ पृष्ठसम्म दिदिको तिब्र अनुरोधमा म धाँटी सुकुन्जेल पढेको थिए दिदीले मेरो आबाज मडो मज्जाले पान गर्दै घरी घरी थारु तँ पनि त थारु होस नि । तेरो कहानी संग मिल्छ त केहो ? भन्दै मलाइ जिस्क्याउछिन म  उनको आबाज सुस्त सुस्त कानमा धकेलेर अक्षरहरुमै चिच्याउदै गाडीदै जान्छु । पढ्न मन हुदा हुदै पनि साँझ ढलेकोले १०९ पृष्ठमा पढाइको रफ्तार रोक्नै पर्नेभो मनले सोचेको थिए एक दिनमा आधा पढेर सक्छु तर सकिएन मन निकै चुकचुक बनाउदै किताब बन्द गरें । दिदिले मुसुक्क हाँस्दै थारु बन्द गरीस पढ्न दे अब म पढ्छु भनिन मैले दिदीलाइ पुस्तक थमाउदै रात्रिकालिन काममा पलाएन हुन्छु चन्द्रे,बृषेको याद मनमा साँचेर अर्को दिन सम्मको लागि ।

उपन्यास पढ्दै म
    अर्को दिनबाट फेरी उही उत्सुकताका साथ पढ्न सुरु गर्छु । कहिले उफ्रदै कहिले रुदै जति पढ्यो उति पढ्ने उर्जा बढ्दै जान्छ ममा आज सम्म यसरी उपन्यास कहिल्लै पढेको थिएन म आफै
अचम्ममा थिए । त्यो अस्पतालका कारुणिक ब्यथा नर्सको ब्यबहार छोट्कु आमा सबै पात्र आफैमा गहन माने राख्ने पात्र मलाई यस उपन्यासका हरेक पात्रले छोएको छ र मेरो जीबन संग केहीहत सम्म मिलेको पनि छ त्यसैले पनि होला म निकै रोमान्चित छु यो किताबलाई लिएर र धन्यबाद पनि छ बुद्धिसागर दाईलाई ।

 कालिकोटको बसाई त्यहाँको मौसम एस एल सीको रिजल्टआउदाको त्यो क्षण र बास्तबिकता खुल्दाको पल मेरो मानस पटलमा हरेक पल घुम्ने दृश्यहरु हुन बृषेको जिद्यी काठमान्डौ जाने । माओबादीको बिगबिगी हुदाको त्यो बिभत्स घटनाहरुलाई पनि एक पटक आङनै जिरिङ्ग पार्ने गरी सम्झाउछ बिचरा त्यो दृश्य पृषेले घरको झ्यालबाट टुलुटुलु हेर्न मात्र सक्छ डराई डराइ । अक्षर पढ्दा पढ्दै मानस्पटलमा चित्र बन्ने यो उपन्यासको एकदमै मन परेको पाटो हो मेरोे लागी । काठमान्डुमा पाएको दुख , कटासे हुदाँ बाटु संगको रोमान्स , बाल्यकालका चण्डाल काम सबैकुरा मर्म स्पर्शी तरीकाले उपन्यास अन्त्य हुदा अझै लम्बीन खोजेको छ अर्थात कर्नाली ब्लुजले भाग दुइ मागेको छ जस्तो लाग्छ । र पुरै पन्यास पढेर सक्दापनि मलाई चन्द्रेको याद आइरह्यो मेरो कमजोरी भएर आयो चन्द्रे र संधै मानस्पटलमा छाप बनाएर बस्यो हरायो भाडा माझ्दा माझ्दै मैले धेरै आशा राखेको थिए चन्द्रे आउछ भनेर तर आएन ।

                पढ्दा पढ्दै उपन्यास सक्न चार बसाइ बस्न पर्यो अन्त्यतिर पुग्दा उपन्यास अझै छ जस्तो मानेको थिए तर पृष्ठ सकिएछ फेरी मन चुकचुक भो बाको घटनाले छाती भुक्क भुक्क गरेको थियो तर के गर्नु मन नभै नभै पनि अझै पढ्न भन लागेको थियो पछाटी पट्टीका हरेक शब्दहरु पढे राती १० बजेको थियो कलम कापी लिए र चन्द्रेलाइ सम्झदै लेख्न थाले चन्द्रे तँ किन नफर्केको घर ?

    उपन्यासमा धेरै कुरा छन सबै कुरा गरेरै सकिन्न किनकी हरेक घटना आफैमा नेपाली जनाताको भोगाइ हो जस्तो लाग्छ । त्यसैले भाबना जति बुझ्यो उति लम्बीन्छ । बिषेशगरी उपन्यास संग तेरो जीबन मिल्छ पढ भनेर हौसाएकोमा मेरा परम मित्र भट्टराइ काशीरामलाई आभार प्रकट नगरीरहन सक्दीन । उपन्यास लेखेर हामी जस्ता पाठकलाई पढ्ने अबसर जुटाइ दिएको मा बुद्धिसागर दाईलाइ धेरै धेरै  धन्यबाद दिन्छु र अब आउने उपन्यासको प्रखाइमा लेख्न बन्द गर्छु ।
   
...................................................
कमल पौडेल (कल्पित शखा)
बाणगंगा ५ कपिलबस्तु

   

1 comments: