Monday, February 22, 2016

सुरुची

           उ कक्षा नर्सरीकी सानीबच्चीहो । हेर्दै मायालाग्ने तराई भेगकी काली काली भएपनि हिस्सी परेकी । पश्चिमाञ्चलमा जन्मे हुर्केको म विगत ३ महिना देखी पूर्वाञ्चलमा छु जागिरको शिलशीलामा ।जीन्दगीको आफ्नो भागमा परेको एउटा पाटो पूरा गर्दैछु शिक्षक गुरुको भूमिकानिभाउदै ।जनै पूर्णिमाको दिन विहानै देखि मन किन हो किन असहज रुपले प्रवाहित हुदै थियो ।
हुनत मलाई आजभोली चाडपर्व आउँदा त्यतिउत्साह आउदैन । कुनै समय थियो हामीपर्व कहिले आउँछ भनेर दिनगन्दै बस्ने गर्थ्यौ र कुनगते पर्छ भन्ने पनि कण्ठस्थ हुन्थ्यो । बालक बेलाको त्यो समय आज सोंच्दापनि एक किसिमले भित्रै देखि आनन्द पलाएर आउँछ र आफै फेरी बालकबन्न मन लाग्छ । होस्टलमा मात्र १५–२० जना विद्यार्थी मात्र बँचेका छन् । विषेश गरेर जनै पूर्णिमालाई मधेसतीर राखिको रुपमामनाईन्छ । त्यो पनि विषेश तरीकाले त्यसैले होस्टलमा बस्ने ३०० विद्यार्थी सबै घर गएका थिए । बचेका थोरै मात्र छन् ।
    गुरुजी खेल्ने......... गुरुजी खेल्ने.............. बाहिर जाने.......  । हामीबाहिर खेल्न जाने भन्दै बचेका विद्यार्थीहरुले मलाई घेर्न थाले होस्टलमा बस्ने ६ शिक्षकमध्ये आज म मात्रै छु । ३०० विद्यार्थीमाबचेकाले मेरो हाथ समाउदै भन्नथाले आज हामी खुब खेल्ने हो । सधै पढ्ने मात्रभएर होलाआज छुट्टीको दिन बेस्सरी खेल्न खोजेका । साना ४ बर्ष देखि १२ वर्ष सम्मका विद्यार्थी छन् । विहान सामुहिक पूजन सकेर होस्टलभन्दा बाहिर चौंडिलामा लगें अलिअलि ठूला विद्यार्थी हामी कबड्डी खेल्छौं भन्दै चौडिलाको पर पट्टी गएर आफै टिम बनाएर खेल्न थाले । साना विद्यार्थी हामीलाई कबड्डी आउँदै गुरु भन्दै अर्को कुनै खेल खेलाइदिने आसय सहितमलाई हेर्न थाले सूर्ति,साहिल,दिपेश र सुरुचिलाई सोधें के खेल्छौ ? सुर्ति मेरो मुखमा हेरिरहीअनिलजाए जस्तो गरेर भइतिर हेरी । म आफै सोंचे आजविद्यार्थीथोरै छन यी साना खण्डलाई एक एकओटा बेलुन किनदिन्छ मज्जाले खेल्छन भन्ने सोंचेर सोधे बेलुन खेल्छौ ?सुर्ति खुसिले हो मात्र भन्छे सबैले स्वीकृती जनाउछन् । तर विडम्बना पसलमा त्यो दिन बेलुन सकिएको रहेछ । केटाकेटीले केही असजिलो मानेको मैले बुझे मलाई आफै कस्तो कस्तो भयो अब यीनीहरुलाई कसरी खुसि पार्नेहोला । कस्तो कस्तो प्रेम गाँसिएछ यी बच्चाहरु संग अहिले महसुस हुनथाल्यो उनीहरुको नैरास्यताको अनुहारले मलाई पनिनिरास बनाउनथाल्यो तर म निरास भइनकिनकि मैले उनीहरुलाई जसरी भएपनिखुशिबनाउनु थियो । सबैलाई आफु नजिकबोलाउछु सबै मेरो वरिपरी बस्छन् । म सोध्छु तिमीहरुलाई चिमुसीची खेल्नु आँउछ ?सुरुची आउछ भन्दै टाउको हल्लाउछे । सबैलाई मिलाएर चीमुसीची खेल्न लागाउछु सबै निकै रमाइलो मान्दै खेल्छन् । म आफै खेल्छु । मलाइ भित्रभित् रखुसि र आनन्द लागेर आउँछ । एकछिन पछि फेरी उत्साह घट्छ अनिएक्कल दोक्कल खेलाउछु केटाकेटी फेरी रमाउछन । खेल परिवर्तन गर्दै उनीहरुमाउत्साहथपदिने काम गर्छु किनकी उनीहरुको मनले यो नभनोस किआज राखिहो जनै पूर्णिमाहो घर गएर रमाईलो गर्न पाइएन ।म यस्तैे सोच्दै थिएयीनीहरुले आजको रमाइलो मापर्व भूलुन र भोलीपर्व मान्न घर गएको साथीले घरको कुरा सुनाउदाउसको भन्दा धेरै कुरा सुनाउने भउन र आनन्द साट्ने मैले त्यस्तो सोचेको थिए। र भयो पनित्यस्तै साँझउनीहरुलाई पुरी सब्जीबन्यो सोंचेभन्दा बढी खाए । आनन्दले रमाए ।
    सबै घर गएको यो रमाइलो पर्वमा विचरा बालकहरु नत आमाको ममत्व महसुस गर्न पाउछन नत बाबाको काख । अबोध बालक जसलाई आमाको काखको आसक्ति रहेको हुन्छ । आमाको अंगालोमा खेल्दै गर्ने समयमा घर भन्दा टाढा आफ्नो जीन्दगीकापाइलाहरु  अगाडी बढाउदै छन् । संगै कोठामा बस्ने साथीको आमा घर लैजान आउछिन उ झोलाबोकेर रमाउदै कोठाबाट निस्कन्छ तर विडम्बना  जाननपाउनेले ठोकालाई समातेर उ गएको टुलुटुलु हेरी रहन्छ । तृष्णा बोकेर प्रेमको स्नेहको जुन स्नेह पाउने पर्खाइमा हरेक दिन तड्पिरहेका हुन्छन भोली मेरो कोही आउछ लैजान रक्षाबन्धन आएको छ । घर जाँदा रमाइलो हुन्छ पिंजडाको सुगा निर्वाध उड्न पाउछ घर जाँदा त्यसैले सबैको घर प्रतिआसक्ति देखिन्छ विषेश गरेर ।
    पढ्ने लेख्ने ठूलो मान्छे बन्ने उद्देश्यलिएर मान्छे पढ्छ लेख्छ ठूलो मान्छे पनि बन्छ । तर असल मान्छे बन्न सक्दैन त्यहीअसल मान्छेबनाउने मेरो उद्देश्य रहेको हुन्छ मेरा प्यारा बालबालीका मेरा भगवानहुनयीनीहरु संग युगौं युगदेखि मेरो सम्बन्ध रहेको अनुभुति हुन्छ । यीचार पाँचबर्षकाकलिलामुनाहरु साहिल राई र सुर्तिदास गुरु भन्ने ठाउँमा तोतेबोलीले थुलु भन्दै हाथ समाउन आउछन म भित्रमामाया छचल्किएर आउँछ । कतिखेर बुई चढ्छन , मायाले अंगाल्छन , चुम्छन म भावविभोर हुन्छु जीन्दगीकाकयौ आनन्दलाई त्यो अनुभूतिले बिर्साइदिन्छ तर पनिउनीहरुलाई हसाउन संगै हासेर साथ दिन्छु । उनीहरुको तोते बोली र आत्मीएताले मलाई भाब रञ्जित बनाउछ जीन्दगीमाअनौठो अनुभवभोगे जस्तो लाग्छ सायद यती धेरै आत्मिएताभएर होला धेरै मान्छेहरु बच्चाबच्ची रुचाउछन् । मेरा नानीबाबुहरु संगै खेल्दै आत्मीएता बाँड्दै सम्बन्धलाई अझै नजिकबनाइ राखेको छु । अरुबेलानखुल्ने पनिआजखुल्दैछन् बोल्दैछन अंगाल्दैछन प्रेम गर्दैछन । विहानै सबैलाई नुहाइै दिएको थिए साबुनलागाएर नुहाइ सकेपछि आज रक्षाबन्धनभन्दै सबैले घरबाट ल्याएको नयाँ कपडा लगाएझिलमिल रमाइलो रक्षाबन्धनभन्दै उफ्रेकाथिए ।
    चाहने मन विसृङ्खलित हुन्छ । आत्मा रुन्छ , साथीहरु गेटबाट बाहिर निस्कदा टुलुटुलु हेर्नु सिवाएअर्को कुनै विकल्पहुदैन । आत्मालाई अचानोमा राखेर थिच्दै घरको माया आफन्तको मायाआदिआदि सम्झन्छ बालक तर बिडम्बना आफ्नाआमाबाबु आउने आशामाउसले बाटो हेरी राखेको हुन्छ चाड पर्बमा । जुनबालकलाई बाल्यवस्थामा आमाको काख चाहिन्छ त्यहिबालकलाई होस्टलमा छोडेर जाने अनि भेट्न आउन पनि गाह्रो मान्ने अभिभावक देख्दाउदेक लागेर आउछ साँच्चै आजभोलीकाबालबालिकाहरु प्रबिधी संगै दुखिपनिभएका छन मलाई लाग्छ । उनीहरुले ममतापाएका छैनन् दुधको लाम्टो चुस्नपाएका छैनन् । बाबुको काखपाएका छैनन। जीन्दगीलाई पैसामात्र देखेका मान्छेहरु पैसालाई नै भगवान सम्झन्छन परिवार केहो ?माया के हो ? र आत्मीएता के हो ?उनीहरुलाई थाहाहुदैन ।त्यसैले बच्चाको पनिवास्ताहुदैन । जबसम्मअभिभावकहरुको सोंच मानसिकता ठिक हुदैन ।नउनीहरुले ममता पाउछन  । न देशले राम्रो भविष्य पाउँछ ।
    चाडपर्वको महत्व यसरी होस्टलमा बसेकाशिष्यहरुले कसरी बुझ्ने ?हिजो ब्यवस्थापक गुरुसंग भनेको थिएभोलीयीबच्चाहरुलाई  जसरी भएपनि घर विर्साउने काम हामीबाट हुनुपर्छ । गुरुले सहमतिजनाउनु भयो र आज सोहीअनुसार ब्यवस्था राम्रो राखियो । बुझ्दा केटाकेटी खुसिनै थिए । एउटा शिक्षकभएपछि उसको मूलकर्तब्य हुन्छ म विद्यार्थीलाई कसरी खुशिपारुँ । म पनित्यहि धेय संगै हुन्छु जतिखेर पनि र विद्यार्थीको मन मुटूमा बस्नेप्रयत्न गर्छु उनीहरुलाई खुसि पारेर ।जिन्दगीलामो छ थाहा छैन्  सबै समय मैले यहीपूर्बमै बिताउँछु बच्चाहरु संगै बिताउछु तर छोटो समय यीनीहरु संग बिताएको पल मेरो लागी ठूलो पाठ भएको छ । मुटूमा ठाँउ बनाई सकेको छ । मकदापिभूल्ने छैन जिन्दगीमापहिलो पटक गुरु शिक्षकभएर बच्चाहरुबाट पाएको माया मेरा भगवानले मलाई आफ्नै बनाई सकेका छन् त्यसैको अवको बाँकीजीवनलाई पनिशिक्षा क्षेत्रमै लगानीगर्ने विश्वास समेत जगाइदिएका छन् ।
    म अलि भावनामा डूब्ने मान्छे यो कुरालाई आफ्नो डाएरीमा उतारी हाले । साहित्य रुचाउने भएर होला म साहित्य पढ्ने , सुन्ने , लेख्ने गर्छु । अरु केहीमा प्रगती नगरे पनि नाथे  साहित्यकार बन्नमा कता कताबाट जाँगर चलेर आँउछ । र जतिखेर मुड बन्यो उतीखेर लेख्न थाल्छु आफ्नै मनकाब्यथाहरु कथाहरु । किन हो किन कल्पनाभने मिसाउनै आएन त्यसैले लेखिदिए मैले भोगेका अनुभवहरु डायरी । र टाइप भए केही दिनपछि कम्प्यूटरमा । .......................................
बालक बबुरो पूर्वाञ्चल

0 comments:

Post a Comment