Saturday, February 22, 2014

आधा बुङ्गो मान्छे

म पूर्ण नहुने गरी अधा भएको छु ।
म जीर्ण भएर आधा भएको छु ।
तर सबैले पूणताको संज्ञा दिन्छन् ।
म आत्मै देखि गली रहेको छु ।
हुनत आजभोली सबैले भोग्छन मेरो पिडा जल्छन जलदैनन थाहा छैन । कहाँ कसरी किन केका लागी पूर्ण बनाइन्छ बुझ्न सकिदैन बाताबरण बिग्रिएको छ । आखिर जन्मिएको पनि त बुङ्गै हो नि ।  सहि गलत छुट्याउन विवेक चाहिन्छ विवेक भन्दा पर नजान्नु हो । नजान्नु एक किसिमको बुङ्गो पना हो । किन लजाउछु म आफ्नो बुङ्गो पना देखि । त्यही बुङ्गो पनामा हाँस्ने खेल्ने म आज आधा मान्छे भएको छु । आधा बुङ्गो आधा मान्छे । सबैको नजरमा बुङ्गो आधा मान्छे ।

आधा मान्छेको कुरा गर्दा सानैमा देखेको भगवान शिव र पार्वतीको फोटो याद आउछ । आधा पार्वती र आधा शिव मिलेर पूर्ण भएको त्यो फोटो हेर्दै अचम्म मान्ने गर्दथें म । खै किन हो त्यस्तो देखाएको त्यतिखेर थाहा थिएन । जिन्दगीका अनेकौ बसन्त पार गरिसकेको मैले पछि केही कुरा चाहीँ आफ्नै मतिले ठम्याए । वास्तवमा हाम्रो सनातन हिन्दू धर्मले पति पत्निलाई एक शरीर एक  आत्माको रुपमा वर्णन गरेको छ । त्यसैको प्रतीक हुन सक्छ त्यो फोटो । एउटा पुरुष पूर्ण हुन पचास प्रतिसत हाथ नारीको रहन्छ त्यसैले पनि नारी पुरुष बराबरी भन्न खोजेको होला त्यो फोटोले मैले आजभोली दिमाग लगाउदा यस्तै निष्कर्ष निकाल्छु । तर यो निष्कर्ष बिधि सम्मत छ या छैन मलाई थाहा छैन ।
      त्यो फोटोमा जस्तै पूर्ण नहुने गरी आधा भएको मान्छे म । लाग्छ अब पूर्ण हुन सक्दिन यो सम्भव पनि छैन र मसंग पद्धति पनि छैन । बेलैमा बुद्धि नपुर्याएर कति मान्छे आधा भएका छन् होला म जस्तै । तर आधा भएको स्वीकार्छन स्वीकार्दैनन मलाई थाहा छैन । तर यहाँको एक हुलले मलाई आधा मान्छे भएको स्पष्ट्याउनु अगि म आफै आधा बुङ्गो भएर देखाइदिए म आधा भएको कुरा यो जमातलाई । मनैदेखि धन्यवादका पात्र बनेका छन आजका यी मान्छेहरु जसले मेरो अर्धनग्न तस्विर देखेका छन् । उ अझै नङ्ग्याउने बहानामा केही बोल्छ । म फेरी स्पष्टता जनाउँछु आफु आधा भएकोमा उ हाँसोका उच्छिष्टहरु तेर्स्याउछ म माथि ।
एकचोटी मुल्याङ्कन गर्नुस त शाारीरिक बुङ्गो हुनु र मानसिक बुङ्गो हुनुमा कति फरक छ । र कुन भयङ्कर हुन्छ ? मलाई त्यही भएको छ , जलेर भतभती पोल्छ नाङ्गीएर कालो कुट झैं भैसकें तर बाहिरी आवरण श्वेत छ । सबैले चाख मानेर हेर्दैछन फेरी पनि मेरो कालो कुट श्वेततालाई । किनकी मेरो आवरण पूर्ण मान्छे भनाउँदाहरुको भन्दा पृथक छ । उनीहरुले आफुलाई रङ्गीन सम्झन्छन म एकदम श्वेत छु तर आधा छु नाङ्गो छु  । अरुले नबुझेको श्यामश्वेत हूँ म । तर मैले अरुलाई बुझाउन पनि सक्दिन ।
विवेकी ब्यबहार बद्धिमानीले गर्छ । पागल भएको म आफ्नो ब्यबहारलाई विवेकी पनि भन्न सक्दिन पागल पनि भन्न सक्दिन अर्धपागलको संज्ञा आफैले आफैले आफैलाई दिदै थमथमाउने प्रयत्न जारी छ । जीवनमा भोगेका अनुभवले मान्छेलाई सुसज्जित र निर्णयमा पुग्ने क्षमताको विकास गराउन मद्दत गर्दछ यो ध्रुव सत्य कुरा हो । जीवन अनुभबै अनुभबको संगालो हो एउटा कालखण्ड हो । जीवन आफै एउटा राम्रो महाकाब्य हो । भोग्ने र ब्यक्त गर्ने तरिका नभए पनि आफैमा काब्य उपन्यास भएर बाहिर आउँछ भने खण्डकाब्य  कथा बनेर झल्किन्छ । ब्यबहारिक पढाईमा मार्कसिट पाउछौं के त्यो पूर्ण हुन्छ ? के गुरुका सम्मूर्ण कुरा चेलाले सिक्छ ? अनि पूर्ण रुपेण नबुझि कसैले कसैलाई पूर्ण किन भन्छ मान्छे ?
एउटा प्रसंग मान्छे पढ्न बिदेश गए धेरै ठाउमा पुगे पढे आए पढाई अनुसार ब्यबसाय जागिर खाए । कसैले राम्रै संग पढेर आए कोहीले मार्कसिट किनेर आए स्कूल पढार पूर्ण भए आधा भएर पनि पूर्ण भए आफ्नो जीवन पूर्ण बनाए । हाम्रो सनातनृ  संस्कारले पनि मान्छे आफैमा पूर्ण हुन्छ भनेको छ । बेदान्तले अहं ब्रह्मास्मि भनेको मनै पूर्ण ब्रह्म अर्थात ज्ञान हूँ म पूर्ण हू । ब्रह्म आफै पूणर््ाताले भरिएको हुन्छ भने अपूर्णता र आधा कसरी ? त्यसैले पूर्ण भन्दा अतिसयोत्ति हुदैन किनकी वेदान्तले मान्छेलाई पूर्ण भनेको छ र उसको अनुसार मान्छे पूर्ण नै हुन्छ यो वैज्ञानिक आधारमा पनि पुष्टि भएको कुरा हो ।
वेदान्त कतिले पढे होलान कतिले सुनेका होलान कतिले बुझेका होलान तर आजको समाज वेदान्त बाटै हुर्किएको भए पनि वेदान्तलाई मान्ने पक्षमा छैन । किनकि उ आधुनिक युगको आधुनिक मान्छे बनेको छ । आफ्नो मूल बिर्सेर हाम्रा हजुर बा हरुले भनेको सुनेको थिए मैले जसले आफ्नो मुललाई बिर्सन्छ त्यो एक दिन विनास भएर जान्छ । त्यसैले हाम्रो समाज पनि आफ्नो पथ बिर्सेर अर्कै पथ अपनाउन उद्यत छ र बिग्रीएका आधा मान्छे बुङ्गो मान्छे बनेका छन ।

0 comments:

Post a Comment