Saturday, August 25, 2012

सपनीमा आईदिन्छु ।

बिन्ती हजुर नरिसाउ न सपनीमा आईदिन्छु ।
बरु बिश्वास नलाएमा अहिल्यै कसम खाइदिन्छु ॥

बसन्त नै आउन छोड्ला बिन्ती हासो छरीदेउन ।
त्यै हासोमा संगीतभरी मधुर गित गाइदिन्छु ॥

निर्मल नयन भित्र नबोकन आशु बिझाउला ।
आफ्नै पाउमा काडेतार बरु जुत्ता लाइदिन्छु ॥

बाध्यतामा टाढीनुछ केही दिनका लागी हामि ।
कुनै दिन प्रभाकरको रबि सँगै छाइदिन्छु ॥

सम्झनामा डुबिरहदा कोही आइ झस्काइदेला ।
हरेक साँझ पवनसंगै बरु खबर पठाइदिन्छु

0 comments:

Post a Comment