Saturday, August 25, 2012

रित्तो रित्तो छु......कविता

म आफै
कमजोर भएर होकी
मेरा हरेक काम
अधुरा छन्
जे सोचे
जे काम गर्न चाहे
सबै अधुरा भएर गए
चाहन्छु हरेक दिनको
सुरुवात संगै
एउटा नया नौलो

कामको सुरुवात गरु
यो जुनीलाई सार्थक बनाउ
तर खै 
मलाई 
केले रोकेको छ
कस्ले छेकेको छ
मैले बुझ्न सकेको छैन
कि मेरो नाममा भाबीले
छैतिमा केहि लेखेको रहेनछ कि क्याहो
अहिले एकदम रित्तो रित्तो छु...................

0 comments:

Post a Comment