Thursday, September 13, 2012

मानबता


अति सुन्लर शान्त नेपाल थियो

अति बढ्न गयो बुझ मानब हो

लिन खोज्दछ मानब सार्थकता

गरि नाश बिनास यहाँ भूमिमा



सब नीच र उँच हटाउन मा

जति कार्य र भाषणमा जपमा

सब कर्म र धाम बुझाउँछ यो



कुन जीबन खोज्दछ मानब यो

एक हाथ लगाई कु गर्दछ जो

पिइ रक्सि चुरोट गजाउ्रँछ त्यो

अझ भन्छ म सुन्दर नायक हो



मनले जब गर्न भनि सबको

कहि लागि परे जनता भनि त्यो

न त पाउ बढाउन दिन्छ यहाँ

पछि दूत लगाइ तनाउछ त्यो



पवनै सरिभो अब मानब यो

जब गर्दछ पाप महाँ तनको

मत आखिर दर्शक नै सरिको

मुक भै मत बाँच्नु महा हठ हो



मत बिन्ति यही गर्दछु मानब हो

न पिउ न गजाँउन मानब हो

सब त्यागि र दान गरी जन हो

बुझ मानबता बचाउन हो



अनि बल्ल सुहाउछ जीबन यो

मन शुद्ध गरी नचाउछ यो

दु ख दुर्दुर पारि पचाउछ हो

अनि सार्थक जीबन बनाउछ यो 



तोटक छन्द

0 comments:

Post a Comment