Sunday, September 2, 2012

मनोज अन्जानको गिती कथा

         गर्मि महिनाको कारणले सधै जसो म राती धेरै समयसम्म घर बाहिर बसी रहेको हुन्थे । कहिले काहि खोलाको किनारसम्म पनि पुग्थे । जे जस्तो भए पनि त्यस समयमा हाम्रो गाउँमा कुनै किसीमको डर थिएन । जंगल पनि धेरै नै पातलो थियो । रातीको समयमा खोलाको किनार अनि चिसो हावाको लहरमा म धेरै रमाईलो महसुस गर्थे । त्यसैले पनि राती १० बजेसम्म बाहिर नै बसेको हुन्थे म । डियर . . . . .
. एक दिन त्यसरी नै म बेलुकीको खाना खाएर बाहिरतीर निश्किएको थिए । त्यस समयमा नौ बजिसकेको थियो घर बाहिर कुर्सी ल्याएर राखे अनि स्यार्र सलाई रगेटेर टुकी बालेर अध्ययन गर्दै थिए । बाहिरको यो मन्दगतिमा वगेको चिसो हावामा अध्ययन गर्न धेरै रमाईलो भईरहेको थियो । एकाएक मेरो नजर नाडिमा रहेको घडिमा पुग्छ, त्यस समयमा रातीको १० बजिसकेको रहेछ । घरमा हुनेहरु सवै सपनाको संसारमा सयर गर्दै थिए । त्यसपछि मलाई अध्ययन गर्न मन लागेन र टुकी निभाएर कुर्सी बोकेर घर भित्र गए र मेरो निरीह शरीर लिएर पल्टिए ओछ्यानमा दन्द्रङ्ग । तर मेरो आखाँमा निद्रा थिएन । त्यसपछि फेरी खाटबाट उठेर बाहिर निस्किए र चिसो हावाको मन्द लहरमा लागे नजिकैको खोला तर्फ । रात धेरै नै अन्धकार थियो । चारै तिर किराहरुको किरकिर आवाज मात्र गुञ्जिरहेको थियो । खोलाको किनार नजिकै रहेको घाँसे मैदानमा वस्न थाले म । त्यस समयमा यस देशको परिस्थिती दिनहुँ चलिरहेको द्धन्द बन्दको कारण पढाईमा भएको डिष्टर्व यिनै कुरा मेरो मानसपटलमा आइरहेका थिए । सोच्दै थिए, मेरा नजरहरु खोलाको किनारतर्फ दौडिरहेका थिए । अचानक मेरा आखाँ धेरै पर रहेको कुनै सेतो वस्तुमा ठोकिए । त्यसपति मेरो सोचाई एकाएक परिवर्तन भइ त्यस सेतो वस्तुमा ध्यान केन्द्रित हुन थाल्यो । टाढा भएको कारण मैले त्यस वस्तुलाई के हो भनेर ठम्याउन सकिन । त्यसपछि म विस्तारै उठेर त्यस सेतो वस्तुतिर पाईला बढाउन थाले । जति उक्त वस्तुको नजिकै जान्थे उक्त वस्तु टाढा भएको जस्तो आभास हुन्थ्यो मलाई । डियर . . . . . त्यसपछि मेरो मनमा अति उत्सुकता बढ्न थाल्यो । म अझै छिटो छिटो त्यस वस्तु तिर पाईला वढाई नै रहे । नजिकै पुगेर हेर्दा उक्त सेतो वस्तु, वस्तु नभएर एक सुन्दर युवती थिइन । पातलो शरीर चिटिक्क मिलेको जिउडाल भएकी कपाल पनि लामो भएकि सेतो पहिरन लगाएकि उक्त युवती पछाडिबाट हेर्दा सारै सुन्दर देखिएकी थिईन । म उन्को नजिकै जाने निर्णय गरे अनि पुगे उन्को छेउमा । म आएको महसुस भएर होला ती युवतीले मलाई हेरीन उन्को अनुहार यति राम्रो थियो की मानौ त्यो सुन्दरताको वर्णन गर्न मैले त्यस्तो शव्द नै भेटिन । म उन्लाई देखेर हेरेको हेरै भएछु । सायद मैले मेरो जिवनमा पहिलो पटक त्यस्ती सुन्दरी देखेको थिए । काठमाण्डौ, पोखरा आदि आदि जस्तो ठाउँमा पनि त्यस्तो केटि देखेको थिइन मैले । पछि एक्कासी उन्ले मलाई सोधिन तपाई को हो ? उन्को अनुहार जत्ति राम्रो थियो, बोली पनि त्यत्ति नै मिठो थियो । कुराकानी कै क्रममा परिचय भयो । उन्ले पनि आफ्नो परिचय दिईन । उन्को नाम . . . . . . . . . . रहेछ । उनी मेरो गाउँबाट अलि परको गाउँमा बस्ने रहिछिन् । फेरी कता कता डर पनि लाग्न थाल्यो कि उनी कतै किचकन्या त होईनन् । मैले मेरो डरलाई हटाउन उनीसँग ठट्टा गर्दै सोधे कतै तिमी भुत त होईन ? मेरो कुरा सुनेर हाँसिन र भनिन किन भुतदेखि डर लाग्छ क्या ? उन्को कुरा सुनेर म छक्क परे । मलाई रातको चिसो हावा सारै मन पर्छ, चारैतिर शान्त हुन्छ, सवै तारा र चन्द्रमाले मलाई नै हेरेको जस्तो भान हुन्छ । त्यसैले प्रायः रातमा बाहिरतीर निस्कने गर्छुं । उन्को यो कुरामा म पनि सहमत थिए । तिमीलाई डर लाग्दैन मैले प्रश्न तेस्र्याए । मेरो कुराको उत्तर दिदै उन्ले भनिन् के को डर गाउँ नजिकै छ, फेरी यो अध्यारो रातमा कोनै आउँछर ? उन्को त्यो कुरा सुनेर मेरो मनमा डर हरायो । डियर . . . . . . . कुरा गर्दै जादाँ मैले सवै कुराहरु भन्दै गए अर्थात मेरो पढाई र घर परिवारको बारेमा उन्ले पनि सवै कुरा भनिन् । उनी त्यहि गाउँको स्कुलमा कक्षा १० मा अध्ययन गर्दिरहिछिन । उन्को परिवारमा जम्मा ४ जना सदस्य रहेछन् । . . . . . . को एक बहिनी पनि रहिछिन् । कुरा गर्दै जादाँ थाहा पाएकी . . . . . . . . शान्त स्वभाव र प्रकृती प्रेमी रहिछ । धेरै समयको कुराकानी पछि मैले अव घर जाने कुरा गरे । . . . . . . . . म दुवै त्यहाबाट हिड्यौ । मैले उन्लाई घरसम्म पु¥याउने कुरा गरे, तर उन्ले तपाईलाई ढिलो हुन्छ, म आपैm जान्छु भनि हालिन । मैले पनि जवरजस्ति गरिन र म आफ्नो घर आए । अनि ओछ्यानमा ढल्किए । म आपैm पनि . . . . .को सुन्दरतालाई विर्सिन सकेको थिईन । त्यहि कल्पना गर्दा गर्दै कति खेर निद्रा देविको काखमा पुगेछु थाहै भएन । भोली पल्ट म धेरै समयसम्म निदएछु विहान ९ बजे उठेर मुख धोए र चिया पिएर म सधै जसो साथीहरुसँग बाहिर निस्किए । साथीहरुसँग घुम्दा घुम्दै अवेर भईसकेको थियो । खाना खान भन्दै म घर आए । खाना खाएर बेडमा पल्टेको मात्रै थिए मत भुसुक्कै निदाएछु । करिब चार बजेतीर उठेर गाउँको चौतारोतिर गए । त्यहाँ गाउँका सवै ठिटाहरु बसेर गफ गरिरहेका रहेछन् । त्यस समयमा हाम्रो गाउँमा एउटा मन्दिरको आवश्यकता थियो । सवै जना मन्दिर बनाउने कुरा गर्दै थिए । मैले पनि मन्दिर बनाउनु पर्छ भन्ने तर्क राखे । श्रम र पैसा गाउँबाट नै उठाएर गाउँमा मन्दिर बनाउने भन्ने निर्णय भयो । सवै जना त्यहाँबाट उठे र म पनि आफ्नो गगनचुम्बी महलहरुको बिचमा रहेको झुपडी तर्पm लागे । साँझ परिसकेको थियो । दिउँस सुतेको हुनाले मलाई निद्रा लागेको थिएन । त्यसैले म फेरी त्यहि खोलाको किनार तर्फ लागे । मेरो मनले कता कता . . . . . . . . को बाटो हेरीरहेको थियो । तर त्यसवेलासम्म मैले . . . . . . लाई देख्न सकेको थिईन । त्यसैले म आफ्नो सोचमा डुविरहेको थिए । केहि समय पश्चात कसैले मेरो आखाँ छोपी दियो । मैले पनि मेरो आखाँ छोप्ने हात छोप्दै भने . . . . . . . । त्यसपछि मेरो पछाडि उभिएकी . . . . . मेरो अगाडि आउँदै कसरी चिन्नु भयो भनिन् । मैले पनि उन्को प्रश्नको सजिलै उत्तर दिए यसवेला तिमी वाहेका अरु कोनै आउँर यहाँ । डियर . . . . .  त्यसै क्रममा हामी दुई रमाईलो कुराकानी गरेर समय विताउन थाल्यौ । . . . . . . आफ्नो गाउँको कुरा गर्थिन म पनि मेरो गाउँको कुरा गर्थे । उनी अलि चञ्चल स्वभावको भएता पनि उनि शान्त प्रिय थिइन । मलाई उन्को शिलस्वभाव झन मन पर्न थाल्यो । त्यस दिन पनि हामी करिव ११.०० बजेसम्म कुराकानी गरेर घर फर्कियौ । भोली पल्ट मैले आफ्नो वुवा आमासँग . . . . . . को बारेमा सोध्ने विचार गरे । तर मेरो वुवा आमा अन्धविश्वासी भएकोले मैले मेरो कुरा सोध्न सकिन । त्यसदिन म खाना खाएर गाउँका ठिटाहरु भएको ठाउँतिर गए । तर सवै केटाहरु तास खेल्न मग्न थिए । मलाई पनि तास खेल्न आग्रह गरे तर मेरो अलि मन मिल्ने साथी भनेको . . . . . . . पनि तास खेल्नमा नै व्यस्त थियो । मैले उनीहरुको आग्रहलाई स्वीकार गरिन । त्यसपछि म हाम्रो गाउँबाट अलिपर रहेको हाटवजार तिर घुम्न गए । हाटवजार गएर त्यहाँको दृश्यवलोकन गर्न थाले । केहि समयपछि म फेरी गाउँतर्पm फर्के । हाटवजारबाट केहि पर पुगी सकेपछि . . . . . लाई देखे । उनी पनि हाटवजारबाट फर्केकी रहिछन् । त्यसपछि . . . . . र म बिच कुराकानी भयो । केहि समयपछि हामी गाउँतीर जाने बाटो तर्पm लाग्यौ । त्यस दिन . . . . . . ले मसँग सारै नरम भई कुरा गर्न थालिन । मर्ला उन्को कुरा सुनेर सारै अचम्म लागेको थियो । केहि समयको कुराकानी पछि . . . . . . ले राती भेट्ने बाचा सहित हामी आ–आफ्नो घर तर्फ लाग्यौं । बेलुकीको खाना खाईसकेपछि म फेरी खोलाको किनारतर्फ लागे । तर त्यसदिन . . . . . .लाई भेट्न अलि संकोच लागिरहेको थियो । किनकी त्यस दिन . . . . . को व्यवहारले मलाई अचम्बित बनाएको थियो । त्यहि पनि . . . . . . ले भेट्ने बाचा गरेकि थिईन । त्यसैले मैले उनलाई भेट््न करिव १० बजेतीर त्यहि ठाउँमा पुगे । त्यस दिन उन्ले गुलावी कलरको कुर्तासुरवाल लगाएर आएकी थिईन । . . . . . . को हातमा एउटा कागज पनि थियो । मेरो नजिकै आएर उन्ले आफ्नो हातमा रहेको कागज मेरो हातमा राखिदिईन । मैले पनि त्यो कागज समाउँदै . . . . . . . लाई भने यो के हो ? भन्दै कागज खोल्न थाले । तर उन्ले कागज घर गएर मात्र हेर्नु भनिन् । मैले पनि हुन्छ भन्दै गोजीमा राखे । त्यसपछि उन्ले मसँग बिदाँ माग्दै घरतर्फ गईन । उनलाई मैले रोक्न सकिन । मलाई उन्ले दिएको कागज हेर्न मन लागिरहेको थियो । घरमा आएर . . . . . . ले दिएको कागज हेर्न थाल्छु । उन्ले दिएको कागज एउँटा चिठ्ठी रहेछ । उक्त चिठी पढिसकेपछि मलाई खुशी पनि लाग्यो र डर पनि लाग्यो । उन्ले चिठी मार्पmत प्रेम प्रश्ताव राखेकी थिईन । उनी जस्तो सुन्दरीको प्रेम प्रस्ताव देखेर म खुशी हुनुको साथसाथै कता कता मनमा डर पनि । किनकी यसरी लुकी लुकी कसैले थाहा नपाई प्रेम गर्दा भोलि समाजले मलाई के भन्ला कतै घृणाको पात्र त बन्दिन भन्ने मनमा एक किसीमको डर थियो । यसरी मेरो मनमा डर र खुशीको द्धन्द्ध चलिरहेको थियो । अन्त्यमा आखिर जे भएपनि म उन्लाई नै साथ दिने विचार गरे अर्थात . . . . . . . को प्रेम प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरे । त्यस रात . . . . .को कल्पनामा डुब्दै निदाउँन पुगेछु । भोलीपल्ट उठ्दा ती सवै कुरा नौला र नयाँ जस्तो लागिरहेको थियो । म मनमनै खुशी भईराखेको थिए । मैले . . . . . . जस्तो सुन्दर युवती पाएको थिए । त्यसदिन देखिनै हाम्रो गाउँमा बन्ने मन्दिरको निर्माण सुरु भएको थियो र सवैले अनुमान लगाएका थिए कि उक्त मन्दिर करिव ७÷८ दिन भित्र तयार हुनेछ । गाउँका सवै युवाहरु त्यहि मन्दिरको काममा व्यस्त थिए । म पनि दिउँस भरि नै त्यहि काममा जुटेको थिए । तर पनि मेरो मनमस्तिष्क . . . . . . . . को कल्पनामा डुवेको थियो । मलाई रातीको प्रतिक्षा थियो । रात पनि कति खेर पर्छ जस्तो लागिरहेको थियो । जे होस रात्रीको प्रतिक्षामा थिए । उज्यालोेपछि अध्यारो भने झै त्यसदिनको रात पनि प¥यो र सधै जसो म त्यहि खोलाको किनार तर्फ लागे । केहि समयको पर्खाईपछि . . . . . . . . त्यहाँ आई पुगिन । उन्को अनुहारमा हल्का डरको र हल्का खुशीको लहरहरु देखिएका थिए । मेरो नजिकै आएर उन्ले आफ्नो नजर झुकाएर उभिइरहेकी थिईन । त्यो कलिलो अनुहार त्यसमाथि उन्को रातो कलरको कुर्तासुरवाल चन्द्र जस्तो उज्यालो अनुहारको डर र खुशीको लहरले मलाई उनी प्रति आकर्षित गरिरहेको थियो । मलार्ई लागिरहेको थियो कि आकाशको चन्द्रमा जमिनमा आएछ । डियर. . . . . . . त्यसपछि मैले केहि नभनी . . . . . . . लाई आफ्नो अंगालोमा बाँधे । आकाशका हजारौ ताराहरुले हामीलाई हेरिरहेका थिए क्यारे । उन्लाई मेरो अंगालोमा देखेर होला चन्द्रमा पनि बादलमा लुक्न पुग्यो । सायद चन्द्रमालाई पनि आफ्नो सौन्द्रर्य भन्दा . . . . . . . को सौन्द्रर्य मन पर्न पुगेछ क्यारे । यसैले गर्दा पनि चन्द्रमा बादलभित्र लुकेको होला । डियर . . . . . . .  केहि समयपछि नै उन्ले भनिन् म भोली चार दिनको लागि मामा घर जादैछु । त्यसैले म चार दिन पछि मात्र तपाईलाई भेट्न आउँछु । . . . . . . . को यो कुराले मलाई दुखित बनायो । मैले उन्लाई मामाघर नजान आग्रह गरे । तर उन्को मामाघरमा पूजा भएको कारण जानै पर्दो रहेछ । त्यसैले मैले उन्लाई रोक्न सकिन त्यस रात हामी दुवै एक अर्काको अंगालोमा नै वाधिएर राति १२ वजे सम्म कुराकानी गरिरयौ त्यस पछि उनि त्यहाँवाट हिडिन र म पनि आफ्नो घर तर्फ फर्के म सारै दुखित थिए । अव उनि संग चार दिन सम्म भेट हुन नसक्ने भएको थियो । पछिका दिनहरुमा मेरो मनमा अर्को एउटा कुराहरुले वास गर्न थाल्यो । अव कसरी . . . . . लाई मेरी आमाको वुहारी वनाउने भन्ने कुरा मेरो आमा वुवाले उनलाई स्वीकार गर्नुहुन्छ या हुदैन । तर पनि मलाई विश्वास थियो कि मेरो वुवा आमाले उन्लाई स्वीकार गर्नु हुनेछ । प्रेम विवाह गर्छु भनेर म आफ्नो वुवा आमालाई सम्झाउन धेरै गाह्रो पर्छ अरे भन्ने सुनेको थिए । त्यस समयमा . . . . . . को प्रतिक्षा थियो भने अर्कोतिर आमा वुवालाई कसरी भन्ने कुरा मेरो मनमा थियो । हाम्रो गाउँमा निर्माण भईरहेको मन्दिरको काम पनि धमाधम भइरहेको थियो । २, ३ सम्म मैले आफुलाई मन्दिर निर्माण गर्ने काममा व्यस्त राखे । ३ दिन पनि वितिसकेको थियो । मन्दिरको काम पनि करिव करिव पुरा भई सकेको थियो । अब मात्र एक दिनको काम वाँकी थियो । मन्दिरमा शिवको मुर्ति राख्ने पनि निर्णय भइ सकेको थियो । तेस्रो दिनको सम्पूर्ण काम सिध्याएर म घर तर्फ लागे । डियर  . . . . . .  त्यस दिन घरमा सवैजनाले खाना खाईसकेपछि आमा वुवा र म तिनै जना आगनमा गई चिसो हावाको मन्द गतिमा बसिरहेका थियौ । मैले पनि सुनौलो अवसर छोपी आमा वुवालाई . . . . . .  को वारेमा सवै कुरा भने तर राती भेट्ने गरेको कुरा भने भनिन् । किनकी कतै आमा वुवाले, . . . . . . र मेरो सम्बन्धको गलत अर्थ नलगाउनुहोस् । मेरा सवै कुरा सुनी सकेपछि आमावुवाले केहि भन्नु भएन । मैले पनि . . . . . . को सौन्द्रर्य सिलस्वभावको वर्णन गर्न थाले । मेरो सवै कुरा सुनिसकेपछि आमावुवा आफ्नो कोठातीर लाग्नु भयो । तर मैले भने आमा वुवाको कुरा वुभ्mन सकिन । भोली पल्ट विहानै आमाले चिया लिएर मेरो कोठामा आउनु भयो । त्यस समयमा म सुतिरहेको थिए । आमाले मलाई आउँदै . . . . . . सात वजिसक्यो अझै उठ्ने वेला भएन कि क्या हो भन्दै मेरो कोठाको टेवुलमा चिया राखिदिनु भयो । केहि समयपछि आमाले सोध्नु भयो . . . . . कस्की छोरी हो ? डियर . . . . . . . मैले त्यस प्रश्नको उत्तर दिन सकिन । मलाई थाहा थिएन कि . . . . . . . कस्की छोरी हो भनेर, मैले नम्र भएर भने आमा मलाई थाहा छैन । तर उनी पल्लो गाउँमा वस्छिन् । तर उनी साह्ै सुन्दर शान्त स्वभाव र असल शिलस्वभाव कि छिन । आमाले भन्नु भयो हामी २, ३ दिनपछि उन्लाई भेट्न जाने छौ । आमाको कुरा सुनेर म साह्ै खुशी भए । फेरि त्यस दिनक वेलुकी . . . . . . . ले आउँछु भनेकी थिईन । सधै जसो त्यस दिन पनि म बेलुकी . . . . . लाई भेट्न खोलाको किनारमा पुगे । म पुगेको केहि समयपछि  नै उनी त्यहाँ दौड्दै आई मेरो अंगालोमा बाँधिन पुगिन । उन्को मुटुको धड्कन ज्यादै छिटो चलेको थियो । केहि समयपछि नै मैले मेरा सवै कुरा उन्लाई सुनाए । यो सुनेर उनी पनि खुशी हुन पुगिन । डियर . . . . . . त्यसपछि मैले उन्लाई आज म तिमीलाई नयाँ कुरा देखाउँछु भनि . . . . . . . लाई भर्खर मात्र निर्माण पुरा भएको मन्दिर तर्फ लिएर गए । मन्दिरमा शिवजीको मुर्ती समेत राखिएको थियो । मन्दिरमा दर्शन गरिसकेपछि . . . . . . ले मेरो गोडा ढोग्न थालिन । . . . . . यो तिम्ले के गर्न खोजको यो सव विवाहपछि मात्र गर्ने अहिले पर्दैन । मेरो कुरा सुनेर उन्ले भनिन् मन्दिर पनि छदैछ माला पनि छदैछ । विवाह गर्न के गाहे छर । उन्को कुरा सुनेर मैले पनि मन्दिर भएको दूई वटा माला झिकेर एउटा उन्लाई दिदै भने आज देखि भगवान साक्षी राखेर तिम्लाई श्रीमति बनाउँछु भन्दै उन्लाई गलामा रातो माला पहिराई दिए ।

तपाईलाई मन पर्छ पर्दैन । तपाईको माया निरन्तर पाईरहने आशाको साथ कथाको माध्यम यो सानो सांगीतिक आवाजबाट सुरु गर्न चाहान्छु

. . . . . . . .  गीत. . . . . . .

चैत वैशाख महिना गुराँस फुल्ने गुराँसे पाखा जस्तामा मन फुल्नु स्वाभाविकै हो । गुराँसे पाखा नदेख्नेहरुका लागि चैत वैशाख महिना उराठै लाग्छ सायद । तुवाँलोको मन्द मुस्कानमा गुराँसको पत्रपत्रले हरियाली वन गुराँसका ती राता राता थुङ्गाले ढाकिदाँ चैत बैशाख उस्तै उस्तै लाग्छ मेरो जीवनमा पनि । मलाई चैत भन्नु परेको पनि यसै वर्ष मात्र हो । मन जति धमिलो भए पनि, प्रकृति जति सुन्दर भए पनि त्यस्को सुन्दरताले कत्ति प्रभाव नपार्दो रहेछ सायद । फुल भने पछि मरिहत्ते गर्ने म ऐले मेरो घर अगाडि गुलावको रंगीन बगैचा चट्ट मिलेको छ । मेरो मन पनि खुशीले गदगद हुन्थ्यो । रात सुनसान अनि चकमन्न छ, सवै सुतेका परिवारहरु सपनाको संसारमा सयर गर्दै होलान् । मलाई भने किन किन निन्द्रा परेको छैन् । एक किसीमका छटपटि र वेचैनले सताएको छ मलाई । म भोली घर छोडेर काठमाण्डौं जादैंछु, कारण यो होईन कि मैले . . . . . . को मायालाई पनि छाडेर जादैछु । तर यो होईन कि म उन्लाई धोका दिदैछु । तर पनि मलाई किन यस्तो छटपटि हुन्छ ।

. . . . . . . . गीत. . . . . . . . .

मलाई किन छटपटिले मुटु पोलिरहन्छ । मायाँको परिणाममा अलिकति संवेदनशील हुनुको कारण वन्दैछ वसाँई । आपैmले आपैmलाई प्रश्न गर्छु मैले । आजसम्म कुनै प्रेमिका आफ्नो प्रेमीबाट टाढिएकी छैनन् । टाढिएका छन् त केवल धोका दिनेहरु मात्र । यो हुन सक्दैन हुन सक्छ कि मनसँगै मनले सताउँछ मलाई । मनभित्र अन्तर द्धन्द्धका आधीहरु मडारी रहेका छन् । बाहिर कुकूरहरु एक तमासले भुकिरहेका छन् । किराहरुको किरकिर आवाजले मेरो मौनतालाई विथोली रहेछ । घरी यता पल्टिन्छु घरी उता पल्टिन्छु आखाँमा परेली जोडिनै मान्दैनन् पटक्कै ।
फेरी उन्को याद गल्र्याम्म अंगालो हाल्न आईपुग्छ । उन्को याद पनि कति बलियो । जुरुक्क उठेर एक लोटा पानी पिउँछु । अनि सिरानी मुनी लुकाई राखेका प्रेम पत्रहरु एकएक गरि पढ्न थाल्छु । उन्का ती मायालु शव्दहरुलाई हृदयदेखि नै चुम्न मन लाग्छ । हैन किन सम्झन्छु म उन्लाई । उन्लाई पनि यस्तै मायाँ लाग्छ त मेरो । उन्लाई पनि मलाई जस्तै मेरो मायाँ लाग्छ त । कतै उन्को माया क्षणभरको लागी मात्र त होईन । अहँ अहँ यो हुनै सक्दैन । यो कदापी हुनै सक्दैन । उन्को मायालाई मुटुभित्र मात्रै कैद गर्न सक्दिन । सुनसान रातमा म एक्लै रुन्छु । देहरुपी आँसुका अश्रुहरुकले जलिरहेको छाती भरी केहि हदसम्म भए पनि सित्तलताको अनुभुती हुन्छ । फेरी संझिन्छु । . . . . . . . . (चैते दशै) मा उन्को कर्के नजर मै तीर थियो त्यो वेला ।
. . . . . . . . . . गीत . . . . . . . . . . .

मलाई राम्रै याद छ। . . . . . . . (रामनवमी) मा . . . . . . . सँग मेरो पहिलो भेट भएको थियो । म त्यो वेला पहिलो पल्ट मेला हेर्न गएको थिए त्यो दिन । मलाई थाहा छैन अनायाशै किन मेला हेर्न मन लाग्यो मलाई कुन्नी । त्यो वर्ष त्यो वर्ष मेला जान नपाएको भए पनि मनमा यस प्रकारको आँधी र हुरी चल्ने त थिएन होला । म मेला हेर्न पहिलो पटक गएको थिए । मलाई त्यो मेलामा किन जानु परेको होला । कहिले काँहि धिक्कार लाग्छ आफ्नो मनसँग । कहिले त गएर . . . . . . . . लाई भेट्न पाए र उन्को मायाँ पाए, उन्को निकट्ता पाए, मलाई किन उन्को मायाले सताउँछ । मलाई राम्रै याद छ . . . . . . . . .(चैते दशैमा) . . . . सँग मेरो पहिलो भेट भएको थियो । तर त्यो दिन उनीसँग भेटिएको उन्को आकृती म झन सम्झी नै सक्दीन । उनी प्रति मेरो कुनै झुकाव नै थिएन । यस्ता धेरै यात्राका क्रममा उनी जस्तै हजारौं . . . . . . भेट नभएका पनि होईनन् । हामी बीचमा सामान्य परिचय भयो । उन्को र मेरो घरको दुरी धेरै धेरै टाढा थियो । यद्यपी हाम्रो क्याम्पस भने नजिक थियो । चाहेमा क्याम्पस समयमा २÷४ पटक पनि भेट्न सकिन्थ्यो । ५÷६ दिन क्याम्पस विदा भएकोले म क्याम्पस गईन । मेला हेरेर फर्केपछि उनीप्रति मेरो कुनै यादै भएन । तर उनी भने मेरै प्रतिक्षामा रहिछिन । सनिवार म ट्युशन पढेर घर पुग्दाँ उन्लाई घर मै देखे । एकछिन त ठम्याउन पनि सकिन । उन्लाई देख्दा एक मन त रीस पनि उठ्यो । म मनमनै रीसाउँछु । के तालको केटि होली यो । घरमा भएका सवैलाई राम्रै व्यवहार गरेको हुदाँ मैले कुनै त्यस्तो उल्टो प्रतिक्रिया नै पाईन । घरको सामान्य परिचयपछि उनी विदा मागेर गईन । त्यसपछि क्याम्पस आउने जाने दिनहुँ भईरहन्थ्यो र त्यहि क्रममा मेरी . . . . . . . सँग दिनहुँ भेट हुन थाल्यो । कहिले काहि त उनी मलाइ पछ्छाउदै पछ्छाउँदै घर परसम्म आउँथिन । कुराकानी कै क्रममा एकदिन उन्ले भनिन् । . . . . . . म तिम्लाई कस्तो लाग्छ, उन्ले लज्जाएर सोध्थीन । मैले सोधै उत्तर दिए तिमी मेरो एकदमै मनमिल्ने साथी हो । उन्ले केहि हतास हुदै सोध्थीन साथी साथी मात्रै संझेको मलाई । उन्को त्यो बोलीले भुइचालो गयो मेरो मुटुभित्र । मेरो मुटु थरथर कापीरहेको थियो ।
रीस उठे पनि माया लाग्यो । मेरो मानव स्वभावले उन्को पागलपनलाई हेरीरहन सकेन । आज एकदिन भेटेर सवै कुरा मैले सोचेभन्दा विलकुलै फरका पाए उन्को स्वभाव । उन्को त्यो निष्कपट बानी व्यवहार र बोलीको अगाडि मैले नराम्ररी हारे । त्यसै दिनदेखि म उन्लाई जीन्दगीभर साथ दिने वाचा गरे । त्यो हेराई, जीन्दगीको हेराई, उन्को हेराईभित्र पनि मिठो सन्तुलन थियो । कति मिठो हेराई थियो । नढाटी भन्ने हो भने मलाई पटक्कै मन नपर्ने उनी पछिपछि झन राम्रो लाग्न थाल्यो । ‘‘मान्छे राम्रो के राम्रो र दिल वसेको राम्रो, पूmलको डाली लजाएर पूmल वसेको राम्रो” भन्ने एउटा गीत सुनेको थिए हो रैछ, मलाई पटक्कै मन नपर्ने राम्रो लाग्दै लाग्दैनथ्यो । पछि राम्रो लाग्न थाल्यो । उन्ले मेरो मन जीतेरै छाडिन । उनी जहिले पनि मेरो पिछा लाग्ने हुदाँ समाजले मेरो चरित्र माथी औला ठड्याउला भन्ने डरले मात्रै पनि एउटा स्वीकृति जनाएको थिए । तर आज उन्कै मायाले रुवाई रहेको छ घरी घरी । घरमा ठूलो छोरो भएकोले अभिभावकहरु आफ्नो जीवम्वेवारीबाट पन्छाउन खोज्दै थिए । इज्जतको सवाललाई लिएर कुनै पनि वावु आमाले आप्mना छोराको ईच्छाको कदर गर्दैनन् । त्यसैमा म पनि परेको थिए । जति विहेको कुरा चर्कदै आउँथ्यो उती मन घर्कदै आउथ्यो । आफ्नै करले १०ं२ को रिजल्ट पश्चात . . . . . . . . (काठमाण्डौ) आए र द्य।भ्म ँष्चकत थ्भबच मा पढ्न थाले । उन्ले आप्mनो पढाई नसकाएकोले विहेको दवाफ दिन चाहिन । उन्को पढाईमा डिष्र्टव हुन्छ भनेर कुनै पनि वताईन । उन्को मायालाई सम्झेर मैले कत्ति दुःख भोगे । त्यस्को कुनै लेखाजोखा नै छैन । त्यस्को कुनै भरोसा नै छैन ममा । उन्को यादले जहिले पनि दुःखको पहाड वनाई दिन्थ्यो । उन्को यादमा मैले कनै दुःखको आवास पनि पाउन्नथे । अवत म उन्लाई चाहेर पनि विर्सन नसक्ने भईसकेको थिए । आँधी हुरी र तुफान आए पनि उनी प्रतिको मेरो मायालाई कसैले हटाउन नै सक्दैन् ।

मनोज अन्जान
अर्घाखाँचि नेपाल

0 comments:

Post a Comment