Sunday, September 2, 2012

। मेरो जिवनको कल्पना ।

मेरो जन्म १९८५ साल १० महिना १ गतेका दिन भएको हो । मेरो बुबाको नाम बलभद्र कंडेल हो । र आमाको नाम चन्द्रकला कडेल हो । जब म हिड्ने डुल्ने भए तब भैंसी चराउन जंगलमा जान्थें र भैंसी छोडेर कुलोलाई खेल बनाएर पातिका मन्टा टिपेर धान भनेर रोप्थ्यौं ।यस्तै गर्दा गर्दै मेरा दिनहरु बित्थ्यो र म सांझ घर जान्थें । घर गएर आमाले भैंसी खोई भन्नुहुन्थ्यो म भन्थें मलाई पेट दुखेको थियो त्यही भएर भैंसी हरायो भनेर टार्थें । मलाई थाहा थिएन मैले शिक्षा नपाएको भएर झुठ्ठा बोल्थे र मैले आमालाई दुःख दिन्थे । आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो मैले झुठ्ठा बोलेर पेट दुख्यो भन्थे र आमाले साच्चै पेट दुख्यो भनेर हेर्ने कोर्ने मान्छे बोलाउनु हुन्थ्यो । अहिले मैले आमालाई झुठ्ठा बोले र दुःख दिए भनेर पछुतो हुन्छ । यसो गर्दा गर्दै मेरो बाल्यकाल बित्यो । जब म अठार बर्षको भए पढ्न भनेर बाग्लुंगको धाइरिंग भन्ने ठाउमा गएँ । म गएको दिन देखि मेरो आमाको अनुहारमा कहिल्यै हाँसो भन्ने देखिएन जतिखेर पनि रोएको रोई गर्नुहुन्थ्यो । म बाचे कि मरेँ भनेर कसैलाई थाहा थिएन । म त्यहा ६ महिना बसेको थिए र जुन दिन म घर आँए त्यो दिन मेरी आमाले हर्सको आशु खसाल्नु भयो र धेरै गदगद हुनुभयो । केही बर्ष बसेर गाई , भैंसी  पालेर घासपात गरेर बिताएँ । आमाकै साथमा बसें र मेरो बिबाह पनि गरिदिनुभयो । बिबाह गरिदिएपछि म केही बर्षका लागी नोकरी गर्न भनेर भारत गएँ र म त्यहाँ ठूलो जागिर नपाएर मेडिकलमा काम गर्न पुगे । त्यहा महिनाको तलब २० रुपैया आइसी पाँउथे र म एक बर्ष काम गरेर फर्के । आफ्नो परिबार संग केहि बर्ष बिताए साथीभाईको लै लै मा जग्गा बेचेर सात सय  लिएर बुटबलको जैकुटी भन्ने ठाउमा पुगे । जैकुटी भन्ने ठाउमा मैले सितैमा तीन बिगा जग्गा पाएँ । म र मामा मिलेर ७ बिगा जग्गा फेरी नौकोटी भन्ने ठाउमा किन्यौ । मलाई शिक्षा दिने कोही भएन मेरो बुबा पनि म बाह्र बर्षको हुदा बित्नुभएको थियो र दाजुभाई त हुनुहुन्थ्यो तैपनि मैले शिक्षा पाएन र मैले त्यो तीन बिगा जग्गा छोडेर इन्डिया गए । इन्डियाको सिलाङ भन्ने ठाउमा काम गरे परिश्रम गरे र काम गर्दा गर्दै मलाई ठूलो रोगले छोयो त्यो रोगले मलाई  धेरै दुःख दियो सबै मानिसले मलाई त्यो त अब बाच्दैन भने । यदि म मरे भने मेरा दुई छोरी टुहुरा हुन्छन र मेरी आमाले दुःख पाउनी भइन भनेर चिन्ता गरे भनेर इश्वर प्रार्थना गरें । यदि म मरे त केही हुन्थेन मेरा छोरी र आमाले धेरै दुःख पाउछन भनि चिन्ता लाग्यो एकजना अर्धाखाचीका साथीले चर्चमा जाउ भनेर डोराएर लगे र चर्चमा मेरालागी सबै रुनु भयो र प्रार्थना र्र्गिर्दनुभयो । मेरो लागी प्रार्थना गरिदिनुभएको देखेर मलाई साह्रै खुसी लाग्यो अलि अलि गर्दा गर्दै म निको हुन थाले र एक बर्षमा म पहिले जस्तै भए । मेरी आमाले भनेको केही कुरापनि नाई भन्दैनथे । मेरी पहिलप् श्रीमती पहाडमा मरीकी थिइन । आमाले मलाई जा बाबु पहाडमा गएर एउटा बिवाह गरेर लिएर आइज भन्नुभयो र मैले पहाडमा गएर बिबाह गरेर लेराए र फेरी मेरा चार छोरा र एक छोरी भए मेरो आमापनि ईन्डियामा बित्नुभयो म फेरी गाउमा आए अनि समाजसेब ागर्न पट्टी लागे ।

समाजसेब गर्दा धेरै दुःख पाए र नेताहरुको बिचार जान्न पाए । केन्द्रमा , जिल्लामा , र ठाउ ठाउमा घुम्न पाए मैले समाजसेबा गर्दा गर्दा एउटा स्कूल बनाउने सोच बनाए र त्यो स्कूलको लागी कोटा नपाएर धेरै दुःख पाए कोट नपाउदा एकचोटी चन्दा मागे । सधै चन्दामात्र के माग्ने भनेर फेरी कोटा खोज्न जिल्लामा बिन्ती बिसाउन गए । कोही कोही राम्रा ब्यक्तिले चन्दादिनुभयो र त्यही चन्दाले काम चलाए । गाउमा कसै कसैले  साहार र कसै कसै छोटा थिए । कोटा नपाएर राजासंग निबेदन लिएर गाडका आखाछलेर जान्छुभन्दा निबेदन खोस्यो र पक्रेर एकदिनभरी थुन्यो । साँझ राजा गएपछि बल्ल छोड्यो अनि घर सानो मुख गराएर आए । केही दिनपछि राजा दरबारमा पसेपछि एउटा रहेको रहेछ र त्यो कोटा मलाई दियो र २०४० सालमा स्कूलको कोटा पायो । कोटा पाएपछि मेरो सपना पूरा भयो र परिश्रमको फलपनि पाए । मेरो जिबनभर ठूलो काम गरे र बालबालिकालाई शिक्षा दिक्षा दिनेकाम गरे भनेर धेरै खुसी लाग्यो अर्को समाजसेब ाबन संरक्षण गर्न पट्टी लागे र गाउका साथीभाईले बनको अध्यक्ष बनाए । बाच अनि महासंघको साहर लिएर जिल्ला अनि केन्द्रमा कति धाए । मेरो पैसा पनि खर्च गरे र यो पनि मेैले समाजसेबा गरे भनेर धेरै खुसी भए यस्तै समाजसेबा गर्दा गर्दा म ८२ बर्षको भए र म अहिले पनि देशको बिषयमा धेरै चिन्ता गर्छु । लोकप्रिय समाजसेबी र दाजुभाई तथा दिदिबैनी मेरो यही आग्रह छ की एक मनका भएर सत्य संबिधान बनाएर यो देशमा सेबा पुर्याउनु पर्छ भनेर ईश्वरको प्रार्थना गर्छु । भ्रष्टाचार , झुठो र मदीरा जस्ता जुठा ब्यबहारले देश गरिबभयो र सोझासाझा जनताले दुःख पाए भन्ने चिन्ता बढ्यो ।
.............................................समाप्त.............................................
भक्तिराम कंडेल
बाणगंगा ६ नन्दनगर
कपिलबस्तु नेपाल

0 comments:

Post a Comment