Friday, October 5, 2012

लोकतन्त्र आयो भन्छन

लोकतन्त्र आयो भन्छन , मुग्लान तिरै पस्नुपर्ने ।
रोजगारी भएन यहाँ , भौतारिदै बस्नु पर्ने ।।

लोकतन्त्र संगै शान्ती भित्रियो भन्दैछ है आज ।
काम गर्न खोज्ने हरु , ठेस लाइ खस्नु पर्ने ।।

उन्नाइस दिने आन्दोलले जगायो जनतालाइ ।
अराजकता आयो फेरी, छानी मोसो घस्नु पर्ने ।।


लोकतन्त्र ल्यायौं भन्दै , खुसि भएका थिए नेता ।
तर हिंसा बढ्दाखेरी , आफ्नै छुरी धस्नु पर्ने ।।

खुसि संगै हामि माझमा , ठुलो पिडा आएको छ ।
बिडम्बना हाम्रो यो , लोकतन्त्रलाइ डँस्नु पर्ने ।।

0 comments:

Post a Comment