Saturday, September 29, 2012

धर्म बिषयक चर्चा

             धर्मानुरागी श्रोतागण हामिले आ आफ्ना बहुमूल्य समय बिताइ रहेका छौ तर फुर्सद पाउदैनौ अझै त्यसैले पनि यो मानब जीबन सार्थक पार्नका लागि केही समय धार्मिक मनन तर्फ लगाऔं , पहिले त यो धर्म भनेको के हो किन धर्म मनाइन्छ यसबाट के फाइदा छ यो जान्नु पर्ने बिषय हो ।
    धर्म बिषएक प्रतिपादन गनु भन्दा पहिले हाम्रा परमेश्वर श्री शङकरको स्तुती गरौं ।


स्तुति

बन्दे देब मुमापतिं शुरगुरुं बन्दे जगत्कारणम् ।
बन्दे पन्नगभूषणंमृगधरं बन्दे शंकरप्रियम् ।।
बन्दे सूर्य शशांख बन्हिनयनं बन्दे मुकुन्दप्रियम् ।
बन्दे भक्तजनाश्रयं च बरदं बन्दे शिबं शंकरम् ।।

भवानी शंकरौ बन्दे श्रद्धा बिश्वास रुपिणौ ।
याम्यां बिन न पश्यन्ति सिद्धा स्बान्तस्थमीश्वरम् ।।

    अर्थ ः पार्बतिका स्वामी देबताका पनि गुरु जगतका कारण सर्पका माला लगाउने मृगचर्म धारण गर्ने चन्द्र प्रिय सूर्य चन्द्र र अग्नि रुपि आँखा भएका मुकुन्द भगबान का प्रिय भक्तजनलाइ आश्रय दिने र बरदान दिने यस्ता शंकर भगबानको बन्दना गरौं ।

    भवानी पार्बती श्रद्धा र भगबान शंकर जी बिश्वास स्बरुप छन यी दुबै बिना सिद्ध पुरुषहरुले पनि आ आफ्नो मनमा रहेका इश्वरलाइ देख्न सक्दैनन ।
 धार्यते इति धर्म  जो धारण गरिन्छ त्यहि धर्म हो । जुन बिषयलाइ धारण गरिन्छ त्यस प्रति श्रद्धा हुनु पर्यो र बिश्वास पनि गर्नु पर्यो । जब सम्म धर्म बिषयक श्रद्धा र बिश्वास उत्पन्न हुन सक्दैन तब सम्म धर्म गरिन्न । सुकर्म पनि एउटा धर्म नै हो । हामि मानब हौं त्यसैले हाम्रो पासमा बिबेक हुनु पर्यो यदि छैन भने हामि मानब हैनौ किनभने मान यौटा बिबेकी गुणी गुण दोष छुटुयाउने ज्ञानि जीब हो देबता देखि लिएर भुसुना सम्म चौरासी लाद योनी जीब छन तर यो मानब जीबन बिबेक पूर्ण जिबन हो यसैले हामिमा बिबेक छ नत्र मनुष्य र पशु मा के अन्तर ।

    परब्रह्म परमेश्वर एक छन । आ आफ्नो धर्म अनुसार सबैका भगबान छन देश देशान्तर भाषा भाषान्तर द्धारा नाम बदलिएता पनि उनी एक छन जस्लाइ परमेश्वर महा बिष्णु मनिन्छ उनैले अनेकौ कार्य सम्पादनका लागी ब्रह्मा बिष्णु र शंकर को रुप लिएर सृष्टि पालन र संहार गरि आएका छन उनै बिष्णुको अर्को स्वरुप श्री कृष्ण जीले श्रीमद्भागबत गीतामा भन्नु भएको छ ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवतिभारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहमम् ।।

परित्राणय साधूनां बिनासाय त दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भबामि युगे युगे ।।

    जब जब धर्मको नाश र अधर्मको उत्थान हुन्छ मैले आप्नो अबतार लिन्छु । सज्जन हरुको रक्षा र दुर्जनहरुको नाश गर्नका लागि र धर्मको स्थापनाका लागि यु युग मा अनेकौ स्वरुप लिएर बिश्वको कल्याण गर्दछु ।
    भगबान को हुन कस्ता छन कस्तालाइ भनबान भनिन्छ संस्कृतका कुनै बिद्धानको भनाइ छ ।

ऐश्वर्यस्य समग्रस्य धर्मस्य यशशश्रियः ।
ज्ञानबैराग्ययोश्चैबषष्ण्यं भग इतिरणा ।।

    ऐश्वर्य धर्म यश धनसम्पति ज्ञान बैराग्य यी छ वटा गुणलाई भग भनिन्छ जो संग यी छ वटै गुण हुन्छन त्यही नै भगबान हो ।
उदाहरण ः स्बरुप राम , कृष्ण , बुद्ध , आदि देबताहरुमा यी छ बटै गुणहरु बिद्यमान छन यसैले देब स्बरुप हुन गएका छन ।
    भगबान सम्पूर्ण संसारका प्रत्येक प्राणिका मनमा बिद्यमान छन अन्तर्यामि घटघटबासी र अबिनासी छन उदाहरण स्वरुप हामि भक्त प्रह्लादलाइ सम्झौं । दैत्य बशंज हिरण्यकशिपुका पुत्र बिष्णुका भक्त प्रह्लाद नबधा भक्तिले सम्पन्न थिए । आफ्नो शत्रु बिष्णु भगबानको भजन गर्ने प्रह्लादलाइ आफ्नो पिता हिरण्यकशिपुले मार्न चाहन्थ्यो । भक्त बत्सल बिष्णु का कृपाले प्रह्लादलाइ मार्न गरेको षडयन्त्र असफल हुदै गए र अन्तमा एउटा खाँबोमा बाँधेर मार्ने बिचार गरी हिरण्यकशिपुले भन्न थाल्यो हे दुष्ट दैत्य कलंक प्रह्लाद लौ देखा तेरो भगबान बिष्णु कहाँ छ भन्दा प्रह्लादले भन्छन हे पिता जी मेरा भगबान सर्बत्र छन यही हजुरले मलाइ बाँधि राखेको खाँबोमा पनि छन भनि ध्यान गर्दछन । हिरण्याक्षले मार्न तयार हुन्छ त्यसै बेलामा भक्तको रक्षाका लागि उसै खाँबोबाट नृसिंह रुपधारी बिष्णु भगबान प्रकट भएर भक्त प्रह्लादलाइ बचाउनु हुन्छ । उनै नृसिह भगबानले दुष्ट हिरण्यकशिपुको संहार गर्दछन ।  ...................समाप्त .................. 
                                    यो लेखको उद्देश्य हामि नैतिकवान बनौ भन्ने मात्र हो ।

0 comments:

Post a Comment