Thursday, October 11, 2012

फेसबुके भित्तामा टुँडाल ठोक्याउँदा


       टुँडाल यो शब्दको अर्थ कतिलाई राम्रैसंग थाहाहोला तर मलाइ थाहा भएको कुरा यत्ति हो कि नाङ्गो अस्लिल तस्बीरनै हो । मेरो सुक्ष्म बुझाइले यही भन्छ र मनले पनि मैले यसको अर्थ के होला भनेर नत शब्दकोषनै पल्टाएको छु । यो अर्थ बुझेको पनि धेरै भएको छैन कृष्ण धराबासीले यसकै बारेमा आएको उपन्यास पछि मेरो यो बबुरो मतिले ठम्याएको हो ।
     आज झसङ्ग याद आयो रातिको १०.३०  भएको छ एउटा सानो घर मेरो पर पट्टी राखेको टेलिभिजनमा सोनी मेक्सबाट आज त्यस्तो सिनेमा चलिरहेको छ । जसको केही चित्र र सम्बादले अहिले मलाइ ३ ४ दिन पहिलेको कुरा याद आयो । त्यो सिनेमा थियो द डर्टि पिक्चर जुन फिल्मको बारेमा मैले यहाँ भनि रहन् नपर्ला कतिलेल त फिल्म हेनुपनि भएको छ होला । म सोंच्दैछु हाम्रो समाज आज २१औं सताब्दिमा भएको ढोंग कस्छ । पर्दा पछाडी जस्तोसुकै हरकत गर्न पनि पछि पर्दैनौ ।
आजभोली इन्टरनेटको जमाना छ मलाइ लाग्छ पछिल्लो ३ बर्षमा हाम्रो देशमा पनि यसले राम्रै तहल्का पिटेको छ कोही टाढा छैन र केही कुरा कसैबाट लुकेको छैन । अस्ती भर्खरको कुरा हो सामाजिक सन्जाल फेसबुक मार्फत एउटा टुडाल चित्र आफ्नो खाताबाट बाँटेको थिए जुन चित्र काठमान्डौमा बढी जसो भेटिन्छन तपाइ हाम्रो घर नजिकै भएको पुराना पाटी पौवाामा पाइने गर्दछ । 
           दिनभर रेडियोमा हुदा बढीजसो इन्टरनेट प्रयोग गर्ने म त्यो दिन अचानक प्रयोग गरिरहेकै अबस्थामा भटिएको थियो त्यो टुँडाल चित्र । कुने महिलाकै नामबाट सञ्चालित फेसबुक अकाउन्ट थियो जसबाट मैले कपि गरेर आफ्नोमा सेयर गरेको थिए । फेसबुकको भित्तामा बाँट्दा बित्तिकै मलाइ चिन्ने मान्छेको नजर सायद बद्लिए जस्तो मैले अनुभब गरे । फोटो सेयर गर्नेबेलामा मलाइ कुनै कुराको हिचकिचाहट भएको थिएन र कुनै गुनासो पनि । केही समय पछि प्रतिक्रिया जनाउदै साथीहरु आउन थाले । मलाइ लाग्यो अबचाँही बिचारको राम्रै छलफल हुनेभो हुनत आजभोली सबैले आफुलाइ लागेको कुरा निर्धक्क राख्न र भन्न पाइन्छ देशमा अभिब्यत्ति स्वतन्त्रता सँगै गणतन्त्र आएको छ । मैले बुझे अनुसार त्यो फोटोको मुन्तीर पट्टी मिश्रित बिचार आएको थियो । एक जना पुरुष साथि प्रतिक्रिया दिदै लेख्दै थिए अझै यस्तो फोटो अपाच्य छ पाच्य भएको भए त केटी साथीहरुको लाइक कमेन्ट आउनु पर्ने खोइ आएन त त्यसैले यस्ता फोटाहरु अझै अपाच्य भएको बुझिन्छ उनको प्रतिक्रिया यस्तै थियो । अर्को साथी लेख्दै थिए यो त हाम्रो इतिहास हो यसलाइ बचाउनु पर्छ र जतिसक्दो बिस्तार गर्नु पर्छ । यस्ता बिचार आएका थिए त्यो टुँडाल आफैमा अस्लिल अबस्य छ तर हामीले अस्लीलता मात्र हेरेर हुदैन त्यो कुदिएर बनाइएको एउटा कलात्मक मुर्ति पनि हो हामिले यसको सरक्षण गर्नु आबश्यक छ जस्तो मलाइ लाग्छ र मैले टुँडाल सेयर गर्नुको मतलब पनि यही थियो । 

मलाइ थाहा छ म कुनै ढुलो समालोचक होइन र बिद्धान पनि होइन र धेरै कुरा बुझेको पनि छैन भनिन्छ मान्छे जन्मे पछि नमर्दा सम्म सिक्ने र बुझने प्रक्रिया चलिरहन्छ रे । तर खै ंकिन हो त्यो समय दिमाग भन्दापनि बढी मन सञ्चालित थियो । एकजना साथीले प्रतिक्रिया दिदै भनेका थिए अझै हामिले धेरै बुझ्न बाँकि छ र सिक्न पनि उहिलेका मान्छे त नबुझेको अनपढ थिए र यस्ता क्रियाकलाप गर्थे उनीहरु नाङ्गा थिए तर हामि पढेर पनि अबुझ बुरा गछौं २१औ सताब्दिका मोर्डन मान्छे भने पनि । कति साथीहरु यो बिचार संग पनि सहमत हुनुहुन्छ होला । हो बुझ्नत अबश्य बाँकि छ हामिले मलाइ पनि लाग्छ । आजभोलीको हाम्रो समाज कहाँ छ कुन अबस्थामा छ त्यो मैले पनि बुझ्न सकेको छैन कति बिसङ्गत तरिकाले अधि बढीरहेको छ । प्रतिक्रियाकै क्रममा एकजनाले प्रतिक्रियाको खाली कोठा भर्दै सोधि रहेको थिए सर यो टुडाल भनेको के हो नि मैले आफुले जाने र बुझे अनुसार उत्तर दिदै भनेको थिए नाङगो अस्लील तस्विर । कतिले तल पट्टी गाली गरे कसैलाइ हाँसोको बिषय बन्यो कतिले त अब गर्दा गर्दा तिम्लेत निलो फिल्मनै फेसबुकमा अपलोड गर्छौ होला यस्ता अनेको प्रतिक्रिया थिए त्यस टुडाल फोटोको मुन्तिर पट्टी । सोच्दैछु आज मैले यो फेसबुकको भित्तामा राखेको तस्बीर र बिचारलाइ खुलेर सहमत जनाउन किन सक्दैनन मान्छे भित्र भित्रै सड्दैछ मान्छे ।

आज यो बन्द कोठामा बलिबुडको द डर्टि पिक्चर हेरिरहदा यो ३ ४ दिन पहिलेको टुडाल र प्रतिक्रियाको याद आयो । मेरो नजरमा यो फिल्म राम्रो छ । हुनते फिल्मलाइ बुझ्ने र ब्याख्या गर्ने आ आफनै तरिका हुन्छ मान्छेहरुको जुन समाजले त्यो भल्गर पात्रलाइ जन्म दिन्छ तर त्यो पात्र आफ्नो चरित्रलाइ अंगाल्दै अधि बढ्छ त्यसपछि जन्मदाताले नै उसलाइ लत्याउछ नङ्ग्याउछ तर अङ्गाल्न सक्दैन जानि जानि परिबर्तन चाहदैन । लुकि लुकि भल्गर र निलो फिल्म हेर्न मान्छे आज किन तम्सिएको छ । सिनेमाले देखाएको सन्देस भन्दा देखाइएको  कुरा बिषेश हुन्छ आजभोली मैले यस्तै देखेको छु ।

त्यो दिन पनि त्यस्तै भो मैले फोटो देखाउन भन्दा हाम्रा इतिहास बनेको त्यो तस्बीर सबैमाझ फैलाउन चाहन्थे । तर त्यसलाइ अतिरञ्जित पारेर बुझ्ने धेरै भएछन क्यारे कतिले त लाज पचेको मान्छे पनि भनि हाले त्यो दिन अफिसमा केही साथाीहरुको नजर पनि अलग थियो कोही त बोल्दापनि बोलेनन म अचम्भित थिए । साँझ पख एकजना संग गफ भयो फेसबुक च्याटमै गफ गर्दे गर्दा बिषय त्यही टुडाल चित्र नै थियो उनले मेरो बिचारमा सहमती त जनाए तर खुलेर भन्न सकेनन आफ्नो बिचार त्यस तस्वीरमा उनले भन्दै थिए सर तपाइलाइ आजसम्म राम्रो मान्ने मान्छेले आजको तपाइको यो फोटोले गर्दा नराम्रो मान्ने छन समाजलाइ नबुझेकाले । 

हाम्रो समाजले अझै पनि यस्ता फोटालाइ पचाउदैन तर मैले देखेको छु हामि धेरैले देखेको छौं यस्ता तस्वीर मन्दिर पाटी पौवा आदिमा निकै कलात्मक र रोमाञ्चक तरीकाले कुदेर राखिएका यस्ता तस्बीर किन राखेको होला यसको महत्ब के हो हामिले अब बुझ्न अतिनै जरुरी छ । यस्ता बिषयमा पुस्तक छन अनुसन्धान छन । केही बर्ष अधि मात्र हो क्यारे यसै बिषयलाइ लिएर कृष्ण धराबासीले टुँडाल नामकै उपन्यास लेखेका थिए । कतिले पढ्नु पनि भएको छ होला स्वामी ओशोका पनि यस बिषयमा केही अनुसन्धान र लेख पाइन्छ । 

आजका युवा किन यौन प्रति उदार छैनन किन सङ्कुचित धारणा राख्छन मान्छे । यौनप्रति सङ्कुचित बिचार र धारणा राख्नुको  उपजले आजका युवा त्यस्तो अभत्र ब्यबहार र क्रियाकलाप प्रति उन्मुख छन । यसको घट्ने कुनै अबस्था देखिदैन । यौनप्रति उदार युबा मात्र नभएर पुरै समाज हुन जरुरी छ र उदार हुनुको मतलब अमर्यादिन हुनु भन्ने बिचार होइन । आजभोली किन मोबाइल डाउनलोड पसलमा गित भन्दा निलो फिल्म हाल्ने मान्छेहरु धेरै छन । यो कुन कुराको उपज हो यो किन बढी रहेको छ यसलाइ कसरी बुझ्ने अध्ययन हुन जरुरी छ । थाहा छ यो कुरा सबैलाइ तर स्वीकार्दैनन अझेपनि मान्छहरु सत्य यही हो आजको । मान्छेलाइ आबश्यक चीज मध्ये गास बास कपास र अन्त्यमा यौन भन्न त भन्छन तर भन्नमा मात्र सिमीत छ यो दुनिया । 
ईन्टरनेटको जालो घिरम्लाको तार जस्तो फैलिएको फेसबुकको भित्तामा टुँडाल टाँस्नु त्यसमाथि आएका रङ्गीन रङ भर्ने मान्छेहरुको बिचारले मलाइ आज यती लेख्ने प्रेरण मिलेको हो यसमा मैेले यो घिरम्लाको झाल जस्तो फैलिएको फेसबुकलाइ धन्यबाद दिनै पर्छ । हामि समाज परिबर्तनको कुरा गर्छौं तर पहल गर्न कोही अधि बढ्दैनौ यस्ता इतिहास बनेका टुडालमा पनि डराउन थाल्यौं भने हाम्रो इतिहास कहा पहिचान कहा हामिले यो २१औँ सताब्दिको मोर्डन भनाउदो युगमा बुझेको के । मुखले भन्न त पछि पर्दैनौ तर मनले स्वीकार्दैनौ ।

0 comments:

Post a Comment