Friday, October 5, 2012

बिस्मृतिमा हराएको मेरो दशैं

"बुबा, अहिलेको दशैंमा त म पहाड घर जाने हो।" मैले के भनेको थिएँ बाबा आगो हुँदै भन्न थाल्नु भो "तिमीहरुलाइ के को कमि छ भन त? खाली पहाड पहाड । के राखेको छ त्यो पहाडमा? किन जानु पर्यो पहाड? हुँदैन । अहिलेको दशैं यही मनाउने हो सबै मिलेर।" बाबा भन्दै हुनुहुन्थ्यो म निराश भैसकेको थिएँ ।   
पहाड गएर दशैं नमनाएको पनि तीन बर्ष भै सकेको रहेछ । हजुरबुबालाई मैले नजाने पनि मलाई सानो छँदा रुन्चे मलाइ फकाई फुलाइ गर्न अनेक किसीम गर्ने, कहिलेकाहीँ त त्यो बुढो भैसकेको नआउने स्तन चुसाएर मलाइ फूल्याउने मेरी हजुर आमा, काका काकी भाइहरुको असेटले मलाइ निकै सताएको थियो यो तीन बर्षमा ।

हुन पनि हो, आफु जन्मेको ठाउँ त्यसैमाथि घरका सबै परिवार एक भएर चाडपर्ब मनाउनुको मज्जै बेग्लै हुन्छ । मैले एकदुइपटक बुझ्ने भएपछि त्यो अनुभब लिन पाएको छु । घरमा सबै मिलेर साइतबाटै टिका लगाउन सुरु गर्ने र घर मुलीले क्रमश मर्यादाक्रम संगै टिका ग्रहण गर्ने त्यो क्षण त्यसमा पनि आफू भन्दा ठूलाबाट आशिर्बाद लिएर टिका लागाइसके पछि दक्षिणा दिई ढोग गर्दाको क्षण मलाइ निकै रमाइलो लाग्छ ।

गाउ भर डुलेर दिन भरमा ५०,६० रुपैया गराएर कस्ले कति जम्मा गर्यो भन्दे रमाइलो गर्ने म यो उराठ लाग्दो तराइको दशै मलाइ नरमाइलो लाग्छ जति सुबिधा भएपनि । म घोरिएर सोंचि राखेको थिए । साच्चै मामाघरको मुख नदेखेको पनि धेरै नै भैसकोको छ मामाघर र दशैको याद म सानो छदाको कुरो झर्लक्क याद आयो बिस्मृतिमा हराएको त्यो मिठो याद जहिले म निकै सानो थिए तर घटनाक्रम याद हुने अबस्थामा पुगि सकेको थिए । त्यो दशै जुन दशैंमा म र आमा माात्र पहाड घर गएका थियौं दशैंको त्यो साल निकै रमाइलो भएको थियो सबै परिवार जम्मा नभएपनि मलाइ अलि अलि याद छ । दशैं भोली हो भन्दाको दिन पहाड घर पुगेका आमा र म दशैको टिका ग्रहण गरी सकेपछि आमा र म मामा घर जाने तयारीका साथ पहाड घरबाट हिड्यौं । म सानो थिए निकै चन्चले र बदमास पनि घरबाट मोटरबाटो सम्म जान पहाड भएकोले उकालो बाटो हिड्नु पर्ने म त्यती राम्रो संग हिड्न सकिन कतिठाँउमा  आमालाइ बोक्न पनि  भने र धेरै आफै हिड्दै थिए  आमा मलाइ थकाइ लाग्यो मत बस्छु । आमाले बस्दै  भन्न थाल्नुभो बाुबु मामाघर जानु छ तिमी यसरी बस्यौ भने मामाघर पुगिन्न अनि तिम्ले मामाले दिएको दक्षिणा पाउदैनउ नी फेरी म पैसाको नाम सुन्ने बित्तिकै जुरुक्क उठेर त्यो उकालो बाटोमा दौडिन थाले आमा बाबु लडिन्छ न दौडिउ भन्दै हुनुहुन्थ्यौे साच्चै कति ममता र माया भरिएको हुन्छ त्यो जननीमा ।

यतिखेर म आमा भन्दा केही अधिनै माथि पिपल डाडामा पुगि सकेको थिए पिपल डाडा एउटा ठूलो पिपलको बोट छ । र बरी परिपरी बस्ने ठाउ पनि म थाकेकोले बस्दै हाथमा भएको सेलरोटीलाइ खान थाले दशैमा काकीहरुले पकाएको सेलरोटी निकै मिठो छ हुनत मलाइ सेलरोटी अचाक्ली मन पर्ने । निकै मिठो मान्दै खादै थिए सिरसिर चिसो र मिठो बतास सल्लाको जंगल सुस्साउदै थियो बतास संगै मिठो अनुभब हुदै थियो मलाइ । यत्तीकैमा बाबु ल हिड अब केही बेरमै बस चढ्न पाइन्छ अब हिड जानु पर्छ ।

हामि मोटरबाटोमा पुगिसकेका थियौं बाटोमा बिभिन्न किसीमका मान्छे छन । निधारमा रातो टिका जमराले सजीएका छन । म सबैलाइ देखेर दंग मान्दै थिए । दशैंको बेला बसेरी गाडी कुर्नु भन्दा बाटै बाटो हिड्नुनै बेस भनेर होला बाटैभरी मान्छेको हुन नै छ । हामि पनि बस नपाउदा सम्म हिड्ने निर्णयका साथ अधि बढ्यौं । हामि दगभग ५ किलोमिटर हिडी सकेका थियो यत्तिकैमा एउटा बस आयो ठूलो आश सहित आमाले भन्नुभो हेर त बाबु टि टि आयो अब तिम्ले हिठ्नु पर्दैन म खुसि हुदै त्यो पर आइरहेको बस तिर हेर्दै खुसि हुन थाले । केही बेरमा बस नजिकै आयो आमाले रोक्नको लागि हाथ दिनुभो । तर बिडम्बना भनौ बसले रोकेन निरास म रुन मात्र सकेको थिएन बस नरोकेको देख्दा आमाले फकाउन थाल्नुभो बाबु न आत्तेउ अब फेरी अर्को बस आउन अनि त्यसमा बसेर जाउला हुन्न हेरत त्यो दाइलाइ पनित रोकेन नि बसले बरु म तिम्लाइ बेलुन किन्दिन्छु नि आमाले बेलुन किन्दिन्छु भनेपछि म फेरी खुसि हुदै हिड्न थाले ।

दशैंको बेलामा सबारीको नपाएर हामि जस्तै हिड्ने धेरै थिए र हामिलाइ पछि पारेर अधि जाने पनि धेरै नै म सानै त्यसैमाथि आमा छिटो हिड्न नसक्ने भएकाले होला हामिलाइ पछि पार्ने धेरै थिए । १० ११ बजे घरबाट निस्केका हामि अहिले हार्थोक भन्ने ठाउँमा आइपुगेको थियौं दिेउसोको ३ ३० भएको थियो हार्थोक बाट त बस पाइन्छ भन्ने ठूलो आस थियो आमालाई । तर बिडम्बना भन्नु पर्छ त्यौ दशैको भिडमा गाडी त धेरै आए तर बस्न पाइएन जति आउछन सबै भरी भराउ सुस्त सुस्त समय ढल्दै थियो कता कता म भित्र  डर पलाएको थियो मामाघर नपुगिने त होइन तर पनि जानु नै पर्ने थियो त्यो मोटरबाटै बाट मामाघर गएर सबै संग रमाउने र दशैं मनाउने अझ त्यो भन्दा पनि मेरो लागि खुसिको कुरात मामाघरमा टिका लगाएपछि सबैले पैसा दिन्छन पैसा कमाइन्छ मेरो लागि खुसि यसैमा देख्थे मैले ।

अइया खुट्टा दुख्यो म चिच्चाए त्यति लामो बाटो हिडेकोले म निकै थाकोको थिए यो भन्दा पहिले यति लामो बाटो यति सानैमा हिडेको पनि थिएन र हिड्थिन पनि तर यहाँ मामाघर जाने कुरा थियो मामाघर भनेपछि जो कोही पनि हुरुक्क हुन्छ । त्यसैले होला म पनि त्यही खुसि लिने र रमाइलो गर्ने उत्सुकताका साथ मामााघर जानको लागि धित मारेर हिडेको थिए आज बाबु  अब धेरै बेर छैन अब तानसेन पुगेपछि बस पाइन्छ । मैले खुसि हुदै होर आमा भन्दै सोधे हो बाबु हो ल हिड भन्दै मेरो चोर औंला समाउदै आमा अधि बढ्न थाल्नुभो । हामि गाडी रोक्दा रोक्दा थाकेकोले बस रोक्ने तिर लागेकै थिएनौ यतिखेर हामिहरु श्रीनगर पुग्न पुग्न आटेका थियौं हार्थोक र श्रीनगरको बिच ढुङ्गाखानि भन्ने ठाउ सम्म आइपुगेका थियौं यत्तिकैमा पछाडीबाट पी......पीप.............. आबाज आयो मैले आमालाइ बस रोक्न भने मैले भन्दा नभन्दै बस रोकियो खलासीले जानेहो आमा भन्दै थियो मैले खुसिले हो हो अंकल जानेहो भन्दै अधि सरेर बस चढ्न थाले सानो फुच्चे म कहा चढ्न सक्थे र खलासीले समातेर बस चढायो म निकै खुसि थिए बस चढ्न पाएकोमा ।

बस चढेको केहीबेर पछि हामीलाइ बसले तानसेन पुर्यायो बसबाट ओर्लदा सांझ पर्न लागेको थियो त्यहाँबाट हामि फेरी बुटबलतीर जादै गरेको सानो कार भेट्यौं आमालाइ मैले कर गरेको थिए कार रोक्नको लागि संयोगबस त्यो कार मदनपोखरा जाने रहेछ त्यसले गर्दा हामिलाइ ३ कि मी जति हिड्नु नपर्ने भो । त्यसपछि हामि जानसेन बाट मदनपोखरा तिर लाग्यौं मदनपोदरा पुग्दा झमक्क साँझ परेको रहेछ धेरै हिडेको भएर होला मत आराम पाएकोले भुसुक्क निदाएको रहेछु । बाबु उठ अब मामाघर आउन थाल्यो म कार बाट बाहिर आँए आमाले कारको दाइलाइ पैसा दिदै हुनुहुन्थ्यो तर कार वाला दाइले होइन होइन पर्देन तपाइ लक्ष्मी मेडमको घरको मान्छे हुनुहुदो रहेछ भो लिन्न आमाले कर गदापनि त्यो दाईले पैसा लिनुभएन र हामि त्यहाँबाट अधि बढ्यौं । अँध्यारो भइसकेको थियो हामि फेरी उकालो बाटो लाग्यौं परतीरको डाडो झलमल्ल देखिएको थियो आमा हेर बाबु त्यो अगि हाभि आउदा थुप्रै घरहरु भएको ठाउ हो कति राम्रो छ हेर त म खुसि मान्दै त्यतै हेरि राखेको थिए र अधि बढी राखेका थियौ साँझ परेकोले हिड्न सहजहोस भनेर होला आमाले मलाइ बाबु तिम्लाइ म अब कथा सुनाउछु है भन्दै रमाइलो परिकथा सुरु गर्नभो ।

कथा सुन्दै रमाइलो मान्दै म अनि आमा केभो अँ............ त्यसपछि परीहरु कस्ता हुन्छन भन्दै सोध्दै थिए  यत्तिकैका अगाडीबाट उज्यालो आयो आमा कथा सुनाउन रोकेर टक्क रोकिनु भो केभो आमा किन रोकेको मेले के भनेको थिए उताबाट टर्च लिएर आएको मान्छेले ए......... शान्ती दि दि भनेको सुने त्यो कोही नभएर ठूलो मामा को सानो छोरा रामु दादा हुनुुुुुहुदो रहेछ ।    आमा खुसि हुनुभो ल जाउ दादाले भन्नुभो म अघिअघि बाटो तताउन थाले केही बेरमा मामाघर पुग्यौ सानै भएपनि मैले त्यतिखेरको सुइवाला घडीपनि हेर्न जानेको थिए बरण्डाको मित्तामा राखेको घडी सानो म टाउको उठाउदै हेर्दा साँझको ८ बजेको थियो मेरो मामाघरमा ।

0 comments:

Post a Comment