Thursday, November 8, 2012

रात नखुल्दासम्म

        कार्तिकको महिना सुनसान रात कालो भूतझैं छिपिदै छ । बाहिर आज बेसरीनै चहलपहल छ । कोठाको नगिचै बाहिर पट्टी रहेको केराको पात मन्द हाबामा नाचिरहेको छ । मान्छेको कलेङ्मलेङ् सुनिएको छ । पाँच दश मिनेटको अन्तरालमा सडकमा गुडेका गाडीको धक्काले मेरो कोठा हल्लाउदै जान्छ लामा हल्लीएझैं मोबाइलको भाइब्रेसन झैं ।

 आजभोली एउटा नयाँ आधुनिक समयले राम्रेै संग प्रबेश गरेको छ प्रबिधि संगै । चुपचाप कोठामा बसेर साहित्य सुन्दैछु आजभोली प्रबिधिको बिकास संगै साहित्य सुन्ने लहर राम्रै संग छाएको छ साहित्यप्रेमि माझ । हो यहि शब्द सायद केही बर्ष पहिले आश्चर्यका घेराभित्र पर्थे । सत्य यही हो आज साहित्य सुनिरहेको छु । हिजो भर्खर पेनड्राइभमा हालेर १० ओटा कार्यक्रम त्यो पनि अच्यूत घिमीरेको आबाजमा ।
आजभोली धेरैले रुचाएको स्बर हो अच्यूतको म पनि रुचाउछु उनको बुलबुल होस या श्रुति संबेग मान्छेलाई लोभ्याएको छ त्यो लब्ज ले । आज म पनि चार दिवार भित्र बसेर त्यही श्रुति संबेगलाई निकै मधुर तरीकाले पान गरिराखेको छु ।

    एक्लै छु । कानमा कम्पूटरको सि पी यू बाछ आएको तार हेडसेट बनेर कानमा टपक्क बसेको थियो । बाहिरको कोलाहल सुन्दीन म । मणी लोहनी कुनै लेखक हुन तीनैका शब्दमा आफ्नो लब्ज दौडाउदैछन अच्यूत म ध्यान मग्न भएर गडिदै जान्छु । बिषेस गरेर निर्बस्त्र इराका ती हरफहरुमा । साँच्चै सोंच्छु यस्तो कथा एकै पलमा लेखे होलान त मणिले ? म सुन्दै शब्द शब्दमा मणिलाई धन्यबाद दिन्छु निकै मिठो काब्यीक शैली छ म मन लगाएर सुनीरहेको छु । कथाले आफ्नो मोड लिदै छ । शास्त्रीय संगीतको तालमा निरन्तर बगीरहेको छ ।

    दिउसोभर त्यो ब्यस्त शहरमा घुमेको थकाइ  यो मणिको कथाले लुकाए जस्तो लाग्यो । थाकेको शरिरमा आरामको महसुस भयो । कथाको रसले राम्रै संग छोयो र मलाई पनि लेखुँ लेखुँ जस्तो लाग्यो । मेरो कमजोरी भनेकै यही हो । कसैको कथा सुन्नासाथ आफुपनि लेख्न थाल्ने तर अन्त्य नगर्ने यही क्रम दौडन्छ मबाट सोंच्छु कम्प्यूटर अगाडी छ टाइप गरौं होइन स्पीड अलि ढिलो छ । कपि खोज्छु फटाफट लेख्न लेख्न थाल्छु । मनले सोंच्न थाल्छ । कपि त लेइस अब इस लेख्छस भुत्त्रो आउदैन । फेरी याद आउछ हेरेको फिलीमको मनले भन्छ त्यही फिल्मको कथा चोरौं कि क्या हो । होइन मन कता कता हराउंछ सिमलको कपास झैं कता कता कान टुन्न हुन्छ कोठाको भित्तामा हेरेर एकटक टोलाउछु लाटोकोसेरो झैं । ए कथा त सकिएछ हेडसेटले कान तातो भएको थियो र न्यानो पनि । फेरी फिल्मकै मुल्याङ्कन गर्नतिर लाग्छु । कथा राम्रो हो पात्र पनि निर्देशन पक्ष अलि फितलो भएको हो कि भन्ने ठम्याई मेरो दिमागले लगायो । खै के मिलेल के मिलेन जस्तो होइन फेरी झर्लक्क फिल्मकी नायिकाको अनुहार आँखा अगाडी दौडीरहन्छ मलाइ थाहा छ अब यो अनुहारले २ ३ दिन सम्म मलाइ छोड्दैन । जे होस फिल्म जस्तोसुकै भएपनि फिल्मकी हिरोइन चाही राम्री हो मन फुरुङ्ग हुन्छ । पापी मन न हो कता कता लैजान्छ मान्छेलाइ र सोंच्न बाध्य बनाउछ ।

    केही लेख्छु भनेर कापी समाएर बसेको म कता कता हराउँछु आफैलाइ थाहा हुदैन टोलाउन थाल्छु । यत्तीकैमा बाहिरबाछ आबाज आँउछ । दाई दाई उसले बोलाउदै थियो उ सानो भाई थियो कालो ज्याकेट लगाएको टाउकोमा टाइटानिक लेखेको रुमाल बाँधेको थियो जाडो छेक्नलाई होला । मैले केही प्रतिकृया नदिएकोले उ झ्यालबाट हेर्दै दाईईई भन्दै चिच्यायो । ढोका खोलेर भित्रै आउ मैले भने । उ खुसुक्क पानिले रुझेको बिरालो झैं कोठा भित्र पस्दै ल दाई यही छ है ढोकाको छेवैमा चक्कु राख्दै उसले भन्यो र त्यहाबाट बाहिरीयो  ।

    अब बाहिरको बाताबरण रमाइलो भएको अनुभब भयो । सायद बनेछ क्यारे उनीहरुको गीत बजाउने कुरा । पुर्लुक्क झ्यालबाट बाहिर हेरें चोरले नियालेझैं एउटा ठिटो र मिनीस्कट लगाएकी केटी नाच्दै थिए र्याप गितमा । हुनत एकादशी आउन अब २ दिन मात्र बाँकि यीनीहरुले तिहारमा सिकेको सबै चाच भुलेछन क्या हो फेरी निद्रा बिगार्न आउनुपर्ने । कोलाहलले सुत्ने कुरै भएन अब म खोलेरै हेर्छु । अहिले कार्तिकको महिना छ साँझ बिहान त जाडो आइसकेको छ । तर आजका एक्काइसौं सताब्दिका युबा युबती आधाबस्त्र लगाएर यो रातमा जाडोको मजा लिइरहेका छन बा  फेसन सो गरिरहेको छन यो अन्धकार रातमा । ठिक छ नयाँ जमाना हो अझ भनौ नयाँ नेपाल हो । केही पृथकता त ठिकै छ तर आफैलाइ फाइदा नहुने काम किन गर्नु ।
    
    फेरी सोंँच्छु मोज गर आजै त हो जीन्दगी भोलि त के हो के कस्लाई थाहा छ र । झर्लक्क दर्शनको याद आउछ “यावत जिबेत सुखम जिबेत श्रmृणं कृत्वा घृतं पिबेत” भनिन्छ बेला आयो भने श्रृण काढेर भएपनि घीउ किनेर खानुपर्छ रे । लेख्न त लेखेकै हुन दर्शन बनाएकै हुन । चार्बाक दर्शनलाई आज सबैले पच्छाई रहेका छन । र त आजै मात्र सुख सुबिधा भोगौं भोली हेरौंला भन्ने धेरै छन । तर थाहा छैन मैले कुन दर्शन अंगालेको छु । मात्र आज हो जीन्दगी आज ऐस गर भोली आएपछि हेरौंला यही हो आजको आबश्यकता यो गर्यो भने पनि मान्छे आज खुसि हुन्छ होला म यस्तै सोंच्छु । यसकै प्रभाब हो यो छोटो मिनीस्कट रातको सिरेटोमा उनीहरु फेसन प्रर्दशन गरिरहेका छन ।

    ठिक छ नाच तिमीहरुकै छन दिन भन्दै कोठा भित्र पस्छु । मन्द गतीमा पंखा चल्दैछ जाडोको आभास हुन्छ बलाङ्केट झिकेर खुट्टा ढाक्छु फेरी लेख्ने तीब्रतालाई अगाडी बढाउछु मन्द मन्द हेडसेटबाट अच्यूत चिच्याउदै थिए यतीखेर मणिको दोस्रो कथा तान्यालाइ बक्दै थिए तर अहिले  ध्यान मेरो लेख्नतिरै बढी थियो । फटाफट शब्द आउदै थियो कलम दौडदै       थियो कपिको दोस्रो पन्ना सकियो तेस्रोको आधा हुन आँट्दै थियो फेरी सोंचे अबत टुङ्ग्याउनु पर्छ क्यारे तिनपन्ना हुन आट्यो लौतनी ठिक छ मनलाई सान्त्वना दिए लेख्न बन्द गरे बस्दै लेख्दै गरकोले कुइनो अलि दुखेको जस्तो भयो ज्यान तान्दै बाहिर निस्कीए केटा केटीहरु अझै नाच्दै थिए कोह ीभने निदाएका थिए कोही तरुनी संग गफमा मस्त थिए हुनपनि अहिले रातको १२.२० भइसक्यो इनिहरुलाई सुत्नु पर्दैन न कि क्या हो कस्ता हुन । म फ्रेस भएर सुत्ने हिसाबले ट्वाइलेटतीर लागे । ट्वाइलेटको नगिचै एउटा सानो गल्ली जस्तो मिलेको ठाँउ छ । म पुग्नासाथ खस्यार्क खुस्रुक सुने मतलब नराखी फ्रेस भएर फर्कदै थिए । मेरो कानमा मन्द मन्द आबाज पस्यो सुस्तरी ल ल ल एता केटीको आबाज थियो म सुस्त नदेख्ने हिसाबले गल्लीलाई चिहाँए । गल्लीमा मस्त थिए केटा र केटी केटा सिरिन्ज लगाउने तरखरमा थियो । केटी यता लयाउ भन्दै थिइ सायद । म आश्चर्य मान्दै त्यो दृश्य हेर्दैथिए चिच्याएर नगर भनो भने नसामा परेका तिनीहरुले कुन बेला के गर्छन पत्तै हुन्न त्यसैले हेरीमात्र रहन सके ।

  केही क्षणपछि सिरिन्जले लठ्ठ भएकी ठिटी राज आइ लब यू भन्दै केटाको अंगालोमा र दुइटै आफैलाई थाहा नपाउदा नपाउदै त्यो आनन्दमा सामेल भए । सिरिन्ज संगै त्यो नशा संगै । म त्यहा बाट छिटो छिटो नौ दुइ एधार भए र कोठामा पसे सुत्न खोजे निद्रा लागेन त्यही दृश्य मेरो आँखा अगाडी झिलमिलाउन थाल्यो । हुन त यो सब नयाँ नेपालको देन हो । नया काम भइराखेको छ यस्तै यस्तै अनेक तरिकाको नयाँ काम धेरै युबाले यस्तो नारकिय जीबन बिताइराखेका छन गल्ली गल्लीमा आखिर किन ? आनन्द केवल एक क्षणको लागी , रमझमको लागी , किन यस्तो हुन्छ म सोंच्दै टोलाइ राखेको थिए निद्रा लागेकै थिएन बाहिर अहिले शान्त थिायो नाच सिख्ने गइसकेछन धन्न गएछन मन सान्त भयो मोबाइल निकालेर समय हेरें रातको २ बजेको रहेछ बलाङ्केट भित्र मुख पनि ढाकिने गरी सुत्ने कोसिस गरे निद्राले मेरो अंगालोमा आउन मानेन उ रिसाएको रहेछ क्यारे रातभर छटपटाइ राखे रात बिहानी चिरेर नखुल्दासम्म ।   ................ समाप्त

0 comments:

Post a Comment