Sunday, November 18, 2012

"मानब रुपि माछो"

....................
अभाब बर्षाको
आगमन अभाब
आशा गर्छन सबैले बर्षाको
शुश्क बाताबरण बिताउने बिचार

पर्खिरहेछन यस्ता धेरै पोखराका बीच
एकमात्र तुषारे पानिले पूर्ण भएछ
सृष्टि गरेछन मनोहर माछाको
बिधाताले कु कालको कालैमा
त्यो जीब पानिको प्रेमले पुलकित रहेछ
पलाइरहेछ पराश्रित बिचरो बिचैमा

तर आश्चर्य आपसि पानिका ती घरहरु
बल्दैछन बल्दैछन डाहले चुर भएर

धिक्कार धिक्कार धिक्कार्छन
अर्को दिन आपसि अपमानले आजित भएर
अनजान अदृश्य भएछ त्यो अचम्म संग
आफ्नो इच्छा पूरा गर्ने उद्देश्यले उपकार गरेछ
चल सम्पत्तिको चाल चलाएर
रोइ कराइ कतिपय कुकृत्य सुनाएछ
स्वार्थ सिद्धगर्ने किरणको खुसियालीमा
पोखराको पानि सुकाउने काम पुरा भएछ
तर त्यो असहाय माछो
पल्टिरहेछ पानि बिना

कुकर्मी बरफको ब्यभिचार नहेर्न
कुकर्मले कुहेको कुवाको पाप नहेर्न
कुदृष्टिले कुण्ठित भएको स्वार्थी
किरणको काल हेर्न
ब्यभिचार अनाचार र स्वार्थले भरीएको
यस भूतलमा रहने इच्छा कुंडिएर
पातालको शरणलिने इच्छाले
पुतली पतङ्ग र किट झैं
पल्टिरहेछ पल्टिरहेछ
माछो
मानब रुपि
त्यो माछो

0 comments:

Post a Comment