Friday, November 30, 2012

नाना पन्थ

अधि अधि सर्दै दृष्टि लगाई ।
कुमार्गबाट सुमार्गमा ल्याई ।।
सृष्टि चलायो जगबिच आई ।
मनको सुमिरन तनबिच गाई ।।

नाना पन्थ यी  जगमा धेर ।
अति पछि लाग्ने मनुका घेर ।।
भए आधुनिक सबजन हेर ।
निती बिच भाग्छन हरदिन खेर ।।

जगका नाना पन्थ बिचैमा ।
फसेका जन हे धेर जमात ।।
बुद्धि बिबेक छाडी अनेक ।
मति लगाइ मनबिच धेर ।।



फैलिरहेको यो मह यात्रा ।
फेसन संगै बढेको जात्रा ।।
हे मनुवा हे जागन छिटो ।
कु कार्य धेरै नगर न हेर ।।

आजै देखि दृष्टि लगाउ ।
दुखि जन सबका मनमा छाउ ।।
सेबा गरी जीबन धन्य बनाउ ।
मनमा सबैको शान्ती जगाउ ।।

0 comments:

Post a Comment