Monday, December 10, 2012

मानबता


"..................................."
आज मानिस ,
मानिस खोज्दै भौतारिनु पर्ने
कस्तो बिडम्बना ,
मानिसलाई थाहा छैन मानिसको परिभाषा ।
आज मान्छेले मान्छेसंग मान्छेको भिख माग्नुपर्ने ।
कस्तो प्रताडना, कस्तो बिडम्बना ।
थाहा छैन मान्छेलाइ मान्छेको परिभाषा  ।

सडकको गल्ली गल्लीमा,
एकमुठी चामलको आशमा,
मानिसहरु मानबताको भिख माग्दै,
गाँउ गाँउ बस्ती बस्तीमा,
आर्तहरु चिच्याउदै क्रन्दनहरुको चित्कार छर्दै ,
मानबताको भिख मागिरहेका छन सडक अनि गल्ली गल्लीमा ।

के थाहा हुन्थ्यो यहाँका मान्छेहरुलाइ ,
के बुझ्थे यहाँका मान्छेहरुले ,
गुलाबको बोटभित्र उनीउको रोदनलाइ ,
अज्ञानी अशिक्षितहरुको आँशु पिएर बाँच्नेको ,
सान छुट्टै ,मान छुट्टै, अनि गानपनि छुट्टै ।

मानबतालाइ बेचेर स्वार्थको काखी च्याप्नेको ,
सान छुट्टै, मान छुट्टै, अनि गानपनि छुट्टै ।
यसैगरी पिसीदैछ मानबता यसैगरीनै कुटिदैछ मानबता ,
गसै गरी नै.........।।।
...............................
कल्पित शखा

0 comments:

Post a Comment