Tuesday, December 11, 2012

छ मुक्तक



केटा हो कि केटी कुन्नी चिन्नै गाह्रो भा की रैछिन
हिजो ती निष्ठुरी मेरो घरमा आ की रैछिन

नाईटो देखाई पाईन्ट लाउछन नेपाली भेषभूष भूलि
चश्मा पनि आँखा छोडी टाउका माथि ला की रैछन

पाप धुन ढुंगा माथि चढाउदैछु पाति ।
म त हजुर नेता हुनी देशभक्तिको नाति ।।

झुटको खेति घुसको बाली फलाँए पुस्तौँ
जे जे भने बिश्वास गर्ने जनता कति जाति ।।


के भो के भो हिजो आज पढ्न लेख्न मन छैन
तिम्लाई बाहेक अरुलाई एक रत्ती भेट्न मनै छैन ।।

किन जाग्छु रात भर जान्न चाहन्छौ भने सुन
बिपनि छ यति राम्रो कि सपना देख्नै मन छैन ।।

बहार हौ तिमी मेरो मनसुन पनि तिमी
धाम हौ तिमी मेरो जुन पनि तिमी ।।

मेरो प्राण तिमीलाई अरु के धेर भनू
मुटु हौ तिमी मेरो खुन पनि तिमी ।।

बुझिएन राजनिती खै अँध्याराका कुरा भए
देश बनाउने बाचा सबै पंधेराका कुरा भए ।।

माफ गर शहिद अब सम्झीएरै पिडा हुन्छ
उठाउन को आउला खै  गधेराका कुरा भए ।।

अब नाम होईन नाम्स हो रे जमानै रिमिक्सको
गर्ने काम होइन काम्स हो रे जमानै रिमिक्सको ।।

मन्दिर पुगि शिव शिव ,राम राम जप्ने भक्त सुन
जप्ने राम होइन राम्स हो रे जमानै रिमिक्सको............

शखा कल्पित शर्मा
बाणगंगा ५ कपिलबस्तु ..

0 comments:

Post a Comment