Saturday, February 2, 2013

जीवन र जीवनको सार्थकता



          यस संसारमा कुरा सबैले गर्छन आफ्नै बिचार माथि  राख्न पनि कोशिष गर्दछन तर जुन बिचार तपाईलाइ ठिक लाग्छ , राम्रो लाग्छ र सही छ सन्त महात्मा हरुको बचन हो र शास्त्र लिखित छ भगवान बाणी पनि हो भने त्यही नै श्रेयस्कर हुन्छ । ध्यान दिनु पर्ने बिषय छ मानब जीबनको यो जीबन अत्यन्त दुर्लभ एबं बहुमुल्य छ । श्रीमद्भागबत अनुुसार ः–

     “दुर्लभो मानुषो देहो देहिनां क्षण भङ्गुर तत्रापि दुर्लभं मन्ये बैकुन्ठः प्रिय दर्शनम्”



    मानवीय शरीर परं दुर्लभ छ यो शरिर त महान देबताहरुले पनि प्राप्त गर्न चाहन्छन किन कि मानब देह बाट नै उन्नती हुन सक्छ ।

    गौतम बुद्धले मानब शरीर धारण गरेर नै शान्ती प्राप्त गरेका थिए सात बर्षका ध्रुबले पनि यसै शरीर द्धारा ध्रवपद प्राप्त गरेका थिए ।
         यस्तो दुर्लभ शरीर प्राप्त गरेर पनि जस्ले यो शरीरलाई ब्यर्थमा नष्ट गर्दछ त्यैसैलाई नै अन्तमा पश्चातापमा डुब्नु पर्दछ । किन कि यो समय पनि त दुर्लभ छ । त्यसैले मानब शरीर धारण गरेपछि जीबनका एक एक क्षणहरु राम्रा राम्रा काम गरेर नै बिताउने काशिष गर्नु पर्दछ किन भने समय भन्दा अमूल्य अर्को बस्तु छैन ।

    संसारिक मनुष्यले प्राय ः धनलाई नै ठूलो सम्झन्छन , आबश्यक सम्झन्छन तर बिचार गरौं जीवनका समय खर्चेमा धन प्राप्त हुन्छ परन्तु धन दिएर यो अमुल्य समय लिन मिल्दैन । जीवन निर्बाहका लागि हामिसंग हजारौं लाखौं रुपैया भएपनि हाम्रो आयु बाँकि छैन भने हामि बाँच्न सक्दैनौ तर हाम्रो आयु शेष छ भने हामिसंग एक पैसा नभए पनि बाँच्न सक्छौं ।

 हाम्रो जीवनको आधार हो आयु,पैसा होइन भन्ने बिषयमा हामी ध्यान दिदैनौं साह्रै आश्चर्य । मादक पदार्थ सेवन गर्ने ब्यक्तिलाइ त्यतिबेला आफ्नो शरीर बस्त्र एबं ईज्जत को ख्याल हुदैन त्यस्तैगरी अमूल्य समय र जीवनको बिषयमा मान्छेलाइ होश छैन , चेत छैन ध्यान लक्ष्य परोपकारको भाबना छैन धर्म त परै जाओस चाहिएको छ धन नभए कर्शी अरु बाँचुन या मरेर जाउन आफ्नो स्वार्थ पुगे र पेट भर्न पाए भयो । यस्तो तुच्छ बिचारलाई नै श्रेयस्कर सम्झने हो भने जीवन को के महत्व रह्यो र ? आफ्नो पेट त गल्लीमा घुम्ने कुकुर र कौवाले पनि त गर्छ । मान्छे भएर जन्मिएपछि मानवीय गुण हेरौं कर्तब्य सम्झौं । आज कतिपय छात्र बर्गमा अनुशासनहीनता, युवा बर्गमा चरित्र हिनता बढ्दै गएको छ भने बृद्धबर्गमा धार्मिक प्रबृति घट्दै गएको छ । कतिपय दाजुभाईहरु तास,जुवा,एबं मादकपदार्थ द्धारा आफ्नो र अर्काको समेत खिल्ली उडाउदै आ आफ्नो समय नष्ट गरिरहेका छन । उनीहरुलाइ आयुको ख्यालै छैन समय बितीरहेको छ । समय आँउछ तर पर्खदैन । मृत्यु आँउछ धनि,गरिब,बालब,बृद्धा युबा कसैलाई छाड्दैन ।

    विवेक दृष्टिले हेरौं हाम्रो मृत्यु अझै आइपुगेको छैन हामि बाँचिरहेका छौं समयको आधारमा । हाम्रो जीवन बुद्धिको आधारले होइन बलको आधारले होइन परन्तु समयको आधारले नै दौडिरहेछ उता आयु पनि निरन्तर दौडिरहेछ न उसलाई थकाई लाग्छ न अल्छि यस्तो जानेर पनि हामि साबधान छैनौ आश्चर्य एबं दुःख लाग्छ आश्चर्य के त ? हामि बुद्धिमान हुदा हदै पनि हानी गरिरहेका छौं दुख के? यस्को परिणाम के हुने हो थाहा नपाउनु ।

    मानवीय नाताले हामि बुद्धिमान छौं यसैले सोंच्नुपर्ने बिषय छ । हामि स्वस्थ छँदैमा , बुढो नहुदैमा । इन्द्रियहरु शिथिल नहुदैमा आध्यात्मिक उन्नतिका लागि ढिला गर्नु भएन ढिला गरे के हुन्छ र? भन्नुहोला कसैको घरमा आगो लाग्यो निभाउने पानि छैन पहिले कुँवा खनौ पानि निकालौं र त्यही कँुवा को पानि ले आगो निभाऔं के सम्भब छ ? छैन उक्त कुँवा को पानि काम नलागे झैं मनुष्य  जीवन पनि काम लाग्दैन ।

    जीवन चक्र घुमिरहेछ यसैले आफ्नो उद्धार का लागि चेष्टा गरौं संसारिक काम त तपाईले तगरे छोराले गर्छ उसले नगरे नातीले गर्छ तर तपाईको उद्धार कले गर्ला  भन्न सकिन्न ।

    त्यसैले आफ्नो कल्याण आफै गर्नोस तपाईसंग धन सम्पत्ति छ जग्गा जमिन लाखौं कारबार छन तर तपाइ को शरीर छँदा सम्म छन पछि लागेर केहि जाँदैनन उत्तराधिकारीबाट अरुकाम त होलान तर तपाई को उद्धार असंभब छ ।

    आध्यात्मिक उन्नति को अबसर अन्य पशु आदि योनिमा उत्पन्न भएर मिल्न सक्दैन ।
खान पान निद्रा भय सन्तानोत्पादन आदि क्रियाकलाप मनुष्य तथा अन्य पशुहरु संग समान छ तर आत्मज्ञान द्धारा आध्यात्मिक उन्नति प्राप्त गर्न मनुष्य जीवन कै आवश्यकता पर्दछ । ब्यर्थमा बहुमुल्य समयका क्षणहरु जति बिते पनि पश्चाताप गरेर भएन अवशिष्ट जीवन द्धारा सावधान बनौ अनिमात्र मनुष्य जीवन सफल हुन सक्छ ।

    यो पनि न सम्झौं सारा जीवन विति सक्यो अब के हुन्छ र ? हैन त्यो त नभनौ अझै पनि निरास नबनौ उमेर या जीवन कम भए पनि बाँकी जीवनलाई राम्रा काममा लगाऔं भने भनुष्य जीवन सफल हुन सक्छ । 
अस्तु
बालक बबुरो
साहित्य सिर्जना
कमल पौडेल कल्पित शखा
बाणगंगा ५ कपिलबस्तु

0 comments:

Post a Comment