Wednesday, February 6, 2013

प्रणय गजल

तिम्लाई मैले चाहन्छु भनिसके
प्रेमको जग अहिल्लै खनिसके

मत हेर गरिब घरको मान्छे
त्यो दिनका मुस्कान गनिसके

मैले देख्ने सपनाकी रानी तिमि
प्रस्ताबको बेला खै कनिसके

हरेक पल साथ दिनु जिन्दगीभर
आजैबाट प्रेम पुजारी बनिसके

कमल पौडेल कल्पित शाखा
कपिलबस्तु

0 comments:

Post a Comment