Saturday, March 30, 2013

मेरो धन छैन त्यती उसले मानिन ||

मलाई मेरै प्रकृतीको कन्चन छहरा मन पर्छ |
गरिवनै भएपनि खुसिको धाम टहरा मन पर्छ ||

हरेक दिन लुट्दै छन रे चोरहरुले प्रकृतिलाई |
उकालो अनि ओरालो मेरै पाखापहरा मनपर्छ ||

पहिचान बेचि बेचि आधुनिक बन्छ रे मान्छे |
ए बि सी डी भन्दा मलाई कखहरा मन पर्छ ||

पैसा तिर्यो खायो स्वास्थलाई हानीमात्र गर्छ |
नमिठो चाउमिन भन्दा फर्सिकै लहरा मन पर्छ ||


कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-१७ गते

0 comments:

Post a Comment