Wednesday, April 3, 2013

सास रहुन्जेल आश उसको मन फर्किन्छ कि फेरी ||

सास रहुन्जेल आश उसको मन फर्किन्छ कि फेरी |
आकाश बोल्दै कराउदै छ बलेनी तर्किन्छ कि फेरी ||

मैले सबै भनिसके आजै  मनमा आएका भावना हरु |
मौका छोपी बैरीले बिष प्याला छार्किन्छ कि फेरी ||

भाई फुटे गवार लुटे भन्ने उखान सत्य छ येहाँ नि |
लड्दैछन् एक आपसमा  गृहयुद्ध चर्किन्छ कि फेरी ||

एक आपसमा बुझ्नलाई विश्वास मात्र भए पुग्छनि |
आधुनिक बन्नलाइ मेरो कपाल लर्किन्छ कि फेरी ||

भन्न पनि कत्ति गारो हुने माया गर्छु भन्न्नलाइ |
बारम्बार भन्दे भन्दा साथीनि झर्किन्छ कि फेरी ||

कमल पौडेल कल्पित शखा
कपिलबस्तु
०६९-१२-२१ गते

0 comments:

Post a Comment