Wednesday, April 3, 2013

आकाश सुन्य छ तारा देख्दिन म |

आकाश सुन्य छ तारा देख्दिन म |
उसले माया गर्ने पारा देख्दिन म ||

मर्यो भन्ने हल्ला चलेछ छ बजारमा |
घरमा लास बान्ने घारा देख्दिन म ||

देसका लागि योगदान दिन्छु रे |
खै इन्कलाबको नारा देख्दिन म ||

सधै कराएर मात्र कहाँ हुन्छ र |
सहमति बेगर चारा देख्दिन म ||

हरेक व्यक्तिलाई साथ चाहिन्छ |
बाच्नलाई कसैको सहारा चाहिन्छ ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२१ गते

0 comments:

Post a Comment