Wednesday, April 10, 2013

म उसको आँखाको नजर मा परेछु ||

म उसको आँखाको नजर मा परेछु |
उसलाई मेरीहो भन्ने भर मा परेछु ||

के सुनाउदै थियो उ कागज देखाउदै |
थुक्क लौ मर्यो भन्ने खबर मा परेछु ||

नेताहरुले लगन जुराई सके चुनाबको |
मङ्सिर होकि असारको प्रहरमा परेछु ||

गर्मि सुरुभो तराइमा हिड्नै गारो हुने |
पसिना आयो हेर्नुस  चरचर मा परेछु ||

म सोंच्थे उ बस्ने ठाउँ रमाइलो होला |
देख्दैछु जताततै फोहर सहर मा परेछु ||

नजिकै आइ बसेर हास्दै नास्ता देखाउदै  |
अमृत हो भन्दै थिई प्रभु जहर मा परेछु ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२८ गते ८ बजे

0 comments:

Post a Comment