बढेन तलब नया बर्षमा |
घटेन आतंक नया बर्षमा ||
भोकाको भोकै छन् लौन |
हटेन गरिबी नया बर्समा ||
सबैजना लिप्तछ्न मायामा |
चलेन अध्यात्म नया बर्षमा ||
संसार सुन्य छ छैन केहि |
मरेन लुब्धता नया बर्षमा ||
घुम्दैछन् जोडी बनि बनि |
बसेन प्रेम नि नया बर्षमा ||
मर्दा संगै लैजाने जस्तो |
तरेनन बैतर्नी नया बर्षमा ||
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२७ गते
0 comments:
Post a Comment