Saturday, November 9, 2013

पूर्वाञ्चलकै नमुना सगरमाथा प्रज्ञा पीठ

              सरकारी र निजी विद्यालयमा आजभोली निकै खस्कदो शैक्षिक अवस्था देखिन्छ । आफ्नो मर्यादा के हो? मैले गर्ने काम के हो? आफ्नो कर्तब्य के हो? भन्ने कुराको सोच नै मान्छेहरुबाट हराई राखेको छ र यस्ता नैतिक शिक्षाहरु बुढापाकाको मुखबाट मात्र सुन्न पाइन्छ, बच्चालाई असल भन्दा ठूलो बनेको देख्न चाहने समाज बनिसकेको अवस्थामा । यस्तो खालको समाजका बिचमा पनि एउटा पृथक सोच र संस्कारको छनक दिने स्कूल देख्न सकिन्छ सिरहा जिल्लाको धनगढी गाविस वार्ड नं १ नैनपुर सोनापुरमा । सगरमाथा प्रज्ञा पीठ नामक उक्त विद्यालयले कक्षा ७ सम्म अध्यापन गराउदै आएको छ । 

'अंग्रेजी पढ तर अंग्रेज नबन, पढ बिषयको ज्ञान लेउ तर आफ्नो संस्कार र सभ्यता नभुल' भन्ने धारणाको विकास गरिन्छ सबै विद्यार्थीहरुमा, यस विद्यालयमा । नेपाली विषय बाहेक अरु सबै विषय अंग्रेजी माध्यममा पठन पाठन हुने र सरकारी विद्यालयको नैतिक शिक्षा, संस्कृत प्रारम्भिक ज्ञान, योगा प्राणायाम, आर्ट अफ लिविङ आदिका अतिरिक्त कक्षाहरु पनि पीठले सञ्चालन गर्दै आइरहेको छ । पूर्विय हिन्दू परम्परा वास्तवमै सोच र

खोजमुलक भएको कुरा हाम्रा ऋषि महर्षिको कार्य र उनीहरुले प्रतिपादन गरेका विषयमा आजको विज्ञानले पनि सहमति जनाइ राखेको कुरा सबैमा सर्बबिदितै छ, यही हेरेर पनि हामीले मूल्याङ्कन गर्न सक्छौ । बढ्दो अंग्रेजी भाषाको प्रयोग भइरहेका बेला संस्कार र सभ्यताको शिक्षा लिएर आफ्नो सस्कार सभ्यताको प्रचार प्रसार विश्वका बिभिन्न देशमा विवेकानन्दले जस्तै गर्न सक्ने विचार ब्यक्त गर्नुहुन्छ । पीठका संस्कार गुरु कमल पौडेल ।
पीठको प्राङ्गणभित्र छिर्ने बित्तिकै करिब ५५० विद्यार्थी घ्यू रङको कुर्ता सुरुवालमा सजिएका देखिन्छन । 'वैज्ञानिक अध्यात्मबाद आजको आवश्यकता विद्यार्थीलाई सु-संस्कारयुक्त शिक्षा हाम्रो प्रतिबद्धता' भन्ने मूल नारा सहित पीठले विगत दुईबर्ष पहिलेदेखि संस्कार सम्बन्धि कार्यक्रम गर्दै आइराखेको छ । बढ्दो आधुनिकीकरणले मान्छे आफ्नो संस्कार संस्कृति भुलिसकेको र पश्चिमी सभ्यतालाई अपानाउन थालेको विकराल समस्या देखेर यस्तो खालको प्रणाली अपनाउन परेको जानकारी लिनुहुन्छ । पीठ ब्यवस्थापनका अध्यक्ष शुसिलचन्द्र अधिकारी संस्कारले मात्र विद्यार्थीमा विद्याआर्जन गर्न सक्ने शक्तिको विकास हुने कुरा ब्यक्त गर्नुहुन्छ पीठका प्रधानाध्यापक भुवन गजुरेल । बिहान ४:३० बजे जागरणको घण्टी बज्छ र सुरु हुन्छ विद्यार्थीहरुको नित्यकृया, उनीहरु एक घण्टासम्म दैनिक नित्यक्रियामा लाग्छन । ५:३० देखि ६:३० सम्म ध्यान प्राणायाम योगा पूजा आरती हुन्छ । प्रत्येक हप्ता हवन यज्ञ कार्यक्रम र हिन्दू धर्मकै श्रेष्ठ मन्त्र गायत्री मन्त्रको बाचन गरेर भोजन ग्रहण गर्ने । गायत्री मन्त्र बाचन गरेरै लाइनमा स्तूति सुरु गर्दै 'बुद्द बन भाई हो... सिता भन बैनी हो' भन्दै सरस्वती बन्दना राष्ट्रिय गान र अन्त्यमा शान्ति पाठ गरी पीठको दैनिक पठन पाठन सम्पन्न हुन्छ । एकचोटी सबै पीठलाई अवलोकन गरिसकेपछि लाग्छ कि यो बास्तबमै आधुनिक पीठ हो । छुवाछुत र कुरितिले जकडिएको समाजमा संस्कार सहितको सस्तो र दुर्लभ बिद्या पाएर आफ्ना छोराछोरी सुध्रिएको र सस्कारी बनेको देखेर साँच्चै संस्कार सहितको शिक्षामा धेरै बल भएको बताउनुहुन्छ चन्द्रचोहर्वा अभिभावक राजकुमार महतो ।

विद्याथीले शिक्षकलाई गुरु गुरुआमा र विद्यार्थीलाई शिष्य र शिष्याको निकै मिष्ठ भाषा प्रयोग गरी पीठको प्रांगणनै संस्कारमय बनाएका छन । आफुभन्दा ठुलालाई साष्टांग ढोग र सानालाई नमस्कार गर्ने बानी नै परिसकोको बताउँछन कक्षा ६ का छात्र शिव महतो । पीठ परिसर प्रबेश गर्ने बित्तिकै भित्ता भित्तामा शास्त्र हराए संस्कार हराउँछ ,स्ंस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए पहिचान हराउछ, पहिचान हराए राष्ट्र हराउँछ, काग र कोइलीको पहिचान स्वरबाट छुट्टिएझैं मुर्ख र विद्वान बोली बाटै छुटिन्छन । विज्ञानलाई उपयोग गर, धर्ममाथी बिश्वास गर, संस्कारको बिकास गर, अध्यात्मलाई आत्मसाथ गर, धन बल जन बल, बुद्धि-बल अपार, सदाचार बिना सबै बेकार बास्तबमै भित्तामा लेखिएका यस्ता स्लोगन हेरेपछि जो कोहिपनि एक पटक वास्तवमै यो अध्यात्मवाद के हो त? भन्ने प्रश्न गर्नसक्छ र अध्यात्म दर्शन अध्ययन गर्ने रुचि राख्छ भन्नुहुन्छ स्लोगनका लेखक डा.बिष्णु अर्याल 'विशालानन्द' ।
आफ्नो यो कामलाई प्रज्ञा अभियानको नाम दिइएको र यसलाई पहिले पूवाञ्चल त्यसपछि नेपालभरी यसको शाखा खोली उच्च शिक्षा समेत दिलाउने उद्देश्य रहेको र पीठलाई नै आधुनिक वैज्ञानिक अध्यात्मबादको रिसर्च सेन्टर नै स्थापना गर्ने योजनाले अगि बढी रहेको बताउनुहुन्छ पीठका ब्यबस्थापक पञ्चलाल महतो । सुरुका दिनहरुमा पीठले बच्चालाई जोगीनै बनाउने भयो भनेर हल्ला चलेको तर हामिले गरेको काम र विद्यार्थीमा आएको परिवर्तन देखेर गलत धारणा राख्ने मान्छेले पनि आफ्नो विद्यार्थी प्रज्ञा 

अभियानमा छोडेर गएको कुरा सम्झदै आफुहरुले २ बर्ष पूरा गर्दा नगर्दे जिल्लामै र पूर्वाञ्चलमै नमुना बन्न सफल र पृथक भएकोमा जसले पनि राम्रो बिचार र सकारात्मक सोंच राखेर काम गर्ने हो भने सफल हुने बिचार ब्यक्त गर्दै खुशी ब्यक्त गर्नुहुन्छ फेरी महतो ।
९० प्रतिसत श्रमजिबी बचत तथा सहकारी संस्थाको लघुबित्त कार्यक्रमका महिला समुहका अति बिपन्न तथा बिपन्न समुदायका बच्चा र १० प्रतिशत बाहिरी बच्चाहरुलाई संस्कारको राम्रो प्रभाव सहित बजारमा खुलेका कुनै बोर्डिङको शिक्षा भन्दा कम देखिदैन । सम्पूर्ण बिद्यार्थीलाई छात्रबृतिको ब्यबस्था गरी निशुल्क जस्तै कम शुल्कमा ट्युशन, कोचिङ, ल्याव आदिको उचित ब्यवस्था सहित अति विपन्न बर्गका बच्चाहरुलाई सहि शिक्षा र दिक्षा दिइरहेको यो माहोल हेर्ने जो कोहीले पनि भन्नसक्छ कुनै बिदेशी संस्थाको सहयोग चलेको हुनसक्छ । यदि यो सोचिन्छ भने गलत हुन जान्छ ।
५० प्रतिशत सम्पूर्ण बिद्यार्थीलाई र ३ जनालाई पूर्ण छात्रबृतिमा परिचय पत्र निशुल्क परीक्षा शुल्क नलाग्ने पटकपटक प्रवेश शुल्क नलाग्ने समयमा शुल्क बुझाउनेलाई छुटमा पनि १० प्रतिशत छुट कम्प्यूटर र ल्याव ट्यूसन कोचिङ निशुल्क शिक्षा प्रदान गरेर पूर्वाञ्चलकै नमुना गुरुकुल बन्न पुगेको छ ।

0 comments:

Post a Comment