Friday, November 1, 2013

खोज्ने हो भने ईश्वर आफै भित्र छ ।


ध्यान गरे आत्मिक प्रगति हुन्छ ।
अनि फेरी सांसारिक प्रगति हुन्छ ।।

खोज्ने हो भने ईश्वर आफै भित्र छ ।
सोँच्ने हो भने मानसिक प्रगति हुन्छ ।।

संस्कार संस्कृतिको खोज गर्ने हो भने ।
साँच्चै सबैको बौद्धिक प्रगति हुन्छ ।।

संस्कृति अध्ययन गरौँ कुरिति त्यागौँ ।
कुरिति त्यागे वैज्ञानिक प्रगति हुन्छ ।।


बिज्ञान र अध्यात्मलाई जोड्नुस मात्र।
तपाई भित्र चमत्कारी भौतिक प्रगति हुन्छ ।।

बालक बबुरो

0 comments:

Post a Comment