जिन्दगी बुझ्दा बुझ्दै
पागल भएको चरो
भुर्र उडेर
अर्को डालीमा नपुग्दै
आत्मा खलबलिन्छ
अनि
अनि त बेजोडले आत्तिदै उड्छ
पारी क्षितीज भएर
नदेखिने ठाउँ सम्म पुग्छ
जब उ माथी पुग्छ
एक नजर पृथ्वीमा लगाउँछ
अनि देख्छ अचम्मको क्रन्दन रोदन र बिरोचन
सभ्य जन्तुहरुको नाङ्गो चर्तिकला
अवाक भएर
अवेरसम्म टोलाईरहन्छ
एउटा आधुनिक सत्य तर अवास्तविक नाटक
मानवहरुको संवाद र लुछाचुडी
माथी पुगेको बिचरो अवोध चरो
कतिबेर पंखलाई दुःख दिएर अडिन सक्थ्यो र
फेरी एकपटक सोंच्छ जाँउ या नजाउँ
असमन्जसमा पर्छ
फेरी सोंच्छ यो क्षितिजमा पापी पेट भर्ने चारो छैन
मेरा बचेरा छैनन्
बरालिदै रमाउने बारी छैन
मन बुझाउँछ
जे हुन्छ त्यही हुन्छ आखिर संधर्ष र हो
बचेरा सपार्नु छ सम्झिन्छ उनीहरुको भविष्य
अनि सबै पिडा लुकाएर
बिजुलीको रफेतारमा फर्कन्छ
आँफ्नै गुँणमा
मन बुझाउँदै ।।
0 comments:
Post a Comment