Saturday, February 22, 2014

समाजसेवी बन्ने कि ?एउटा प्रेरणा समाजसेवी बन्न ?


रविन्द्र मिश्र मैले श्रद्धा गर्ने मान्छे । धेरै पहिले नै उनको दोस्रो किताब खान पुगोस दिन पुगोन मेरो हाथमा परेको थियो । किताब संकलन गर्ने मेरो आन्तरिक ईक्षा मेरो धेरै नै छ तर बिरलै किताबहरु हुन्छन जो मैले पढेर सिध्याउछु । यो पुस्तक पनि मेरो हातमा धेरै अलमलियो तर अचम्मको कुरा रविन्द्र मिश्रका अन्तरवार्ता र कार्यक्रम सुन्दा निकै चाख लागेर आँउथ्यो तर किताब पढ्न के भयो खै त्यति ध्यान गएन त्यसै लावारिस हुन गयो ।
ढिलै भएपनि पुस्तक पढें निकै रसिलो र खँदिलो लाग्दैछ ।
जीवनको २३ औं बसन्तमा दौडिरहेको मलाई यो किताबले छुट्टै अनुभव दिएको छ । केही गरौं , समाजसेवामा होमिउ भन्ने भावना आएको छ । यो किताव पढ्नु भन्दा पहिले पनि एक पटक रविन्द्र मिश्र द्धारा संचालित नेपालीहरुबाट नेपालीका लागि सहयोग जुटाएर सुरु गरिएको संस्थाको नाम सुनेर निकै हौसिएको थिए र त्यसैले कुनै समाजसेवा गरियो भने पनि सहयोग हुन्छ भन्ने विश्वास ममा थियो । सामाजिक सञ्जाल आदिमा पनि स्टाटस द्धारा बिभिन्न जानकारी र समाजसेवीहरुलाई समाजसेवीलाई सहयोग गरेको मैले धेरै पटक देखेको छु ।
खान पुगोस दिन पुगोसलाई अनुभव गर्दै जाँदा बिभिन्न ठाँउमा म उपन्यासै पढ्दैछु कि जस्तो भान हुन्थ्यो कतिपय ठाँउमा भावनाले ठाउ पाउथेन र छचल्किन पुग्थ्यो । एउटा मिठो लेखनीको शैलीले कसिएर बाँधेको कृति जसले हरेक युवालाई समाजसेवामा लाग्न विषेश प्रेरित गर्छ । मलाई पनि त्यस्तै भयो पुस्तकका प्रत्येक शिर्षकहरु समाजसेवाका त्यस्ता उच्छिष्ठहरु हुन जसले भावना मात्र होईन मष्तिस्कलाई पनि झंकृत गर्दछ ।
उपन्यास कथाहरुमा एउटा करुणा देखेर मान्छे भावमा बग्छ । अश्रु झार्छ तर एउटा समाजसेवाको तरंगले झंकृत गराउँदै अश्रु खसालिदिने शब्द पहिलो पटक अनुभव गरें । वास्तवमा जीवन एउटा अनुभवको मिठो कसि हो जसले साधना गर्छ उसले त्यो अनुभवलाई कलात्मक तरिकाले प्रस्तुत गर्न सक्छ । रविन्द्र मिश्र त्यो साधक हुन जसले जीवनमा सधै साधनालाई आत्मसाथ गरे । आजको युगमा आध्यात्मिक शान्ती भनेकै लोक कल्याणमा लाग्नु हो । युग अनुसार परम्परालाई भन्दा विवेकलाई महत्व दिनु महत्वपूर्ण हुन्छ भन्ने विचार पनि उनी ब्यक्त गर्छन् ।
परम्परा कि जगह विवेकको महत्व दिजिए भन्ने उक्तीको झर्लंग याद आयो यो भनाई भारतीय एक् दार्शनिक श्रीराम शर्मा आचार्यको हो । जव एक नेपालीले वुवाको तेह्रौं पुण्य तिथीमा एउटा उदाहरणीय काम गर्छ त्यो आजको युग अनुसारको परोपकार र धर्म हो । मरम्परालाई भन्दा विवेकलाई महत्व दिनु हो । वास्तवमा भन्ने हो भने यस्तो काम गर्न ठुलै अठोट चाहिन्छ । लोक कल्याण एउटा आध्यात्मिक शान्तिको पनि अति उत्तम बाटो हो । भनिन्छ सेवाही परमो धर्म आज भन्दा कयौं वर्ष पहिलेको सुक्ति हो यो यही बाटो अपनाएर धेरैले आफ्नो जीवनलाई धन्य बनाए । समाजसेवा सजिलो विषय होइन आजभोली स्कूलमा पढ्ने बच्चालाई बाबु तिमी ठूलो भएर के बन्ने भन्दा उ सजिलै उत्तर दिन्छ डाक्टर,ईन्जिनीयर,पाईलट, आदि तर कसैको उत्तर यो आउँदैन कि म एक समाजसेवी बन्छु । आजको महत्वकांक्षी दुनीया पैसा र लोभले जकडएको छ । घरमै उ बोल्न सक्ने हुदै रटाईन्छ हाम्रो बाबु फलानो बन्छ ढिस्कानो बन्छ । उसको आन्तरिक प्रतिभा के हो ? त्यो हेरिदैन । न्ययम mयचलष्लन लाई नेपालीमा के भनिन्छ भनेर कुनै वोर्डिङमा पढ्ने वालकलाई सोध्ने हो भने मलाई आउदैन भन्छ । यो भन्दा दर्दनाक स्थिती के हुन सक्छ आफ्नो संस्कृति आफ्नो भाषा भनेकै हाम्रो अस्त्वीव हो । यसमा कसैको ध्यान जादैन अंग्रजी सिखाउदैमा हामि सर्बश्रेष्ठ भयौं भन्ने विद्यालय हरु र मख्ख पर्ने अभिभावक सबैले ध्यान पुर्याउन जरुरी छ । देशमा आज समाजसेवी नभएकै कारण देशको हालत यो हुन गएको हो
समाजसेवाको नामका सोंच्ने ,
लेख्ने र भाषण दिने धेरै भेटिन्छन् तर वास्तवमै समाजसेवीको बाटोमा हिड्ने कमै मात्र हुन्छन् । देशका बिभिन्न ठाउँका दुर्गम जिल्लाहरुमा हेल्थ पोष्ट स्कूल आदि सञ्चालन गर्दै आफ्नो काम अगि बढाई रहेका रविन्द्र मिश्र मेरो लागि प्रेरणाको श्रोत हुनुहुन्छ । पूर्व राजा ज्ञानेन्द्रलाई लेखिएको खुल्ला पत्रले पनि मेरो मनलाई निकै छोयो । वास्तवमै राज खानदानमा भएको पैसाको कुनै तह छैन् त्यसको सदुपयोग भने झैं देशका विभिन्न ठाउमा विद्यालय क्याम्पस आदि संचालन अथवा खोल्नमा गर्ने हो भने दरवारको र एउटा असल राजाको छबि पनि देखिने थियो यदि त्यो पत्र पढेर अमल गर्ने हो भने ।
मेरो जिन्दगी मेरो विश्वास विजयकुमार एउटा असल नेताको छबि बनाएका गगन थापा , समाजसेवी, ब्यबसायी कर्ण शाक्य अनाथालय खोलेर अति राम्रो काम गर्दै गर्नुभएकी पुक्ष्पा बस्नेत र अन्य समाजसेवी र असल विचार भएका ब्यक्तिहरुको भावनालाई पनि निकै मिठो तरिकाले प्रस्तुत गरिएकोले समाजसेवाको भाव तरंगीत गर्दछ ।
कृपया पाँच रुपैया दिनुस न , यो जिन्दगी खै के जिन्दगी ,खान पुगोस दिन पुगोस , बौद्धिक बेइमानी जस्ता निकै मर्मस्पर्सी र जोस जाँगर पैदा गराउने खालका निवन्धले भरिएको किताब आजका हरेक युवाले पढ्नै पर्ने पुस्तक हो । भन्नेमा कुनै सन्देह छैन । मनोरञ्जनात्मक उपन्यास र कथाहरुमा अल्झनु भन्दा सकारात्मक सोंच र विचारात्मक सोंच राख्छ उसलाई मात्र थाहा हुन्छ सकारात्मक सोंचको वल कत्ति हुन्छ भन्ने । आजका युवाको तातो र रातो रगतलाई सही ठाउँमा सदुपयोग गर्न मद्दत पुर्याउने यो पुस्तक सबैले पढ्नै पर्ने पुस्तक हो ।
समाजसेवाका भाषण र समाजसेवा सोंच्नु भन्दा आजको हाम्रो आवश्यकता जे सकिन्छ त्यही गर्ने हो , जति सकिन्छ त्यति गर्ने हो , हाम्रो ठाउँबाट जे जति सम्भव छ । त्यो सबैले गर्यो भने यो समाज त्यसै स्वर्ग बन्छ । कसैले भनेका पनि एक्काइसौं साताब्दि भनेको उज्वल भविष्यको द्धार हो । हामिले यो युगलाई संचालन गर्न जान्नुमात्र पर्छ धर्ति नै स्वर्ग वन्छ स्वर्ग भन्दै आँखा गगनमा डूलाउनु पर्दैन ।
जिन्दगीभर धन पैसा कमाउने र आफ्नो स्वार्थ पूर्ति मात्र गर्न खोज्ने, आफ्ना छोरा छोरीलाइ विदेश पठाएर खुब राम्रो धर्म गर्दैछु भन्ने भ्रम पाले अभिभावकहरुलाई पनि यो पुस्तक दरिलो झापड बनेको छ । देशको स्थिती राम्रो छैन भन्दै आफ्ना छोरा छोरीलाई उतै विदेशै तीर भासीन सल्लाह दिने अनि देशको अवस्था विग्रयो युवा बिग्रीए भन्दै फलाक्दै हिड्नेले पनि रविन्द्र मिश्रको कदमबाट पाठ सिक्नु पर्ने हुन्छ ।
पुस्तक पढीसकेपछि विश्लेषण गर्ने समालोचना गर्नैे र कोही आलोचना गर्ने पनि भेटिन्छन समग्रमा पुस्तकलाई पढ्दा मेरो सुसुप्त उर्जा प्रकट हुने प्रयत्न गर्दैछ । मलाई विश्वास पनि छ यो सुसुप्त उर्जा एक दिन ब्यापक रुपमा प्रकट हुनेछ र त्यसको लागि मैले हरघडी प्रयत्न गरी रहने छु । यो उर्जा र चेतानालाई जगाउने श्रेय पनि म रविन्द्रलाई दिन चाहन्छु आगामि दिनहरुमा अझै उत्साह बढ्दै जाओस र एक असल समाजसेवी बन्न पाँउ ईश्वर संग यही प्रार्थना गर्दछु । सधैंभरी खान पुगोस दिन पुगोस ।
बालक बबुरो
पूर्वाञचल नेपाल

0 comments:

Post a Comment