Tuesday, November 4, 2014

नैतिकवान बनौं


नैतिकता आध्यात्मिकता बिना अधुरो असम्भव छ । किनकी तपाई आफूलाई निखार्न, माड्न, परिष्कृत गर्न र आफुलाई मनुष्यताको गुणमा लिप्त गराउन चाहनुहुन्छ भने आजै बाट नैतिक आचरणमा रहनु पर्दछ ।
आजको युग भौतिकवाद र विज्ञानले जकडिएको छ । एकले अर्कोलाई माखो बराबर पनि सम्झिदैन त्यो भन्दा म ठूलो भन्ने भावना सबैमा जागृत हुदैछ । यो मात्र भौतिकवादको उपज हो त्यसैले आजको आवश्यकता भौतिकवाद र अध्यात्मवादको सामन्जस्यता धर्म र विज्ञानको समिश्रण विज्ञानका उपलब्धिमा धर्मको अर्थात अध्यात्मको अनुसासन आवश्यक छ तव मात्र हामी आजको युगलाई परिवर्तन गर्न सक्नेछौं । यो आजको आवश्यकता हो । हामीले पढेका छौं लेखनाथ पौड्यालका यी हरफहरु ः


 “उपकारी गुणी ब्यक्ति निहुरन्छ निरन्तर ।
 फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।”

तपाइ आफै फुल्नु छ । संसारको लागि जन्म लिनु भएको छ । तपाइले मेरो होइन हाम्रो भन्ने भावना राख्नुहोस् । संसारमा फस्ने र फसाउने खेल चलिरहेको छ । आफ्नो विगत (इतिहास) भन्ने भुल तपाइबाट नहोस विगतको प्रेरणाले नै हामी अगि बढ्न सक्ने छौं ।
संसारका इक्षा,चाहना,प्रमाद,आलस्य आदिले तपाइलाई यसरी स्खलीत बनाउछ कि तपाइमा भएको सात्वीक भाव पनि सुस्त सुस्त नाश हुँदै जान्छ । तपाइलाई क्षणिक सुखको आनन्दले लपेट्दैछ दिन दुइगुना रात चौगुना ,यो विश्वमा चोरी डकैति हत्या हिंसा बलात्कार किन हुदैछ ? किनकि तपाइमा आसुरी प्रवृति हाबी भएको छ , रावण वृति जागृत भएको छ । मानव भएर मानव मार्न उद्दत हनुपरेको छ । एक पटक सोंच्नुस ती पुर्खालाई जसले नैतिकताको लागि आत्म रक्षाको लागि भूमिको लागि आफैलाई सेवाको यज्ञमा आफैलाई होमेका थिए । आज तपाइ त्यही नैतिकताको बलले अनैतिक गर्दै हुनुहुन्छ । सोंच्नुहोस तपाइ नर हो नरपिचास ,नरपशु होइन । आफुलाई नरबाट नारायण बनाउने प्रयास गर्नुस । गौतम बुद्ध बन्नुहोस ,भृकुटी बन्नुहोस पृथ्वी नारायण शाह बन्नुहोस , देवकोटा बन्न सिक्नुहोस ती सहिदलाई सम्झनुहोस जसको बलीदानले आज तपाइ ठूला ठूला हुँकार लगाउदै हुनुहुन्छ ।
भगवान बुद्ध को थिए ? सामान्य मान्छे (नर) तर उनलाई नैतिकता प्रेम सद्भाव र आत्मीयताको तपस्याले भगवान बनायो महामानव बनायो । पृथ्वी नारायण शाह जसले खण्ड खण्ड होइन हामी एक हुनुपर्दछ तव मात्र देश र जनता सुखि रहन सक्छन भन्ने भावनाले हामीलाई प्राण भन्दा प्यारो छ । चार जात छत्तीस वर्णको फूलवारी यो सूत्रले उनलाई आज सम्म जिवीत बनाएको छ । बाटो एकदमै छर्लङ्ग छ  । तपाइ आफू संस्कारित र नैतिक बन्ने प्रयत्न मात्र गर्नुहोस तपाइको लक्ष्यले तपाइलाई नै छोपेर कहाँ पुर्याउने छ तपाइलाई नै थाहा पाउनुहुने छैन ।
प्रेम , दया, समवेदना हुनु पर्दछ । तपाइ आफ्नो दःख जति देख्नुहुनेछ उत्ति अरुको पनि महसुस गर्नुहोस उसको सेवा मद्दत गर्नुहोस तपाइको बाटो अझै सफा देखिनेछ किनकि असम्भव भन्ने चिज यो जगतमा छदै छैन । तपाइ धैर्य गर्नुहोस पहिले आफैलाई परिष्कृत पार्नुहोस सांसारिक माया देखि टाढा रहेर संयम बन्नुहोस ।
तपाइले भक्त प्रह्लादको कथा धेरै सुन्नुभएको छ होला जब विश्वास र धैर्य एक साथ मिल्छन तव तपाई जे भन्नुहुन्छ त्यही पुरा हुदै जान्छ जसरी खम्बा भगवान रुप नरसिंह अवतार बनेर प्रकट हुनुभएको थियो किनकि त्यो प्रह्लादको भक्ति संयम नैतिकता हो, निष्कपट रुपमा तपाइ जुन कुरामा लाग्नुहुन्छ तक्ष्य अवश्यम्भावी छ । यसमा कुनै सन्देह छैन ।
आजको सबैभन्दा ठूलो कमजोरी झन भन्दा झन फैलिदै छ । फेसन ब्यसन र दुब्यसन दुराचार अनैतिकता बाबा आमालाई के भनिन्छ ? के गर्नु उचित हो । के अनुचित सत्य र नैतिक कुरा विष समान भैसकेको छ । आफुभन्दा ठूलालाई आदु सम्मान गर्न मान्छे किन हिच्कीचाउँछ । किनकि डर भन्ने कुरा कसैको मन मष्तिस्कमा छैन । म मान्छे भएर जन्मेको छु त यो धर्तिको मालिक मै हूँ , जन्मकाल देखिनै नकारात्मक ब्यवहार विचारले मष्तिस्कमा ठाउँ जमाएर बसेपछि स्वतः विग्रनेनै भयो । तपाइ को जीवन चक्र पनि त्यतै हो आज तपाइ धूर्त काम गर्नुहुन्छ भने भोली पक्का छ तपाइ खाडलमा पर्नुहुनेछ भविश्य हेर्नुहोस चिनाउने प्रयास गर्नुहोस जबकि तपाइ आफूलाई चिन्नुहुदैन तव सम्म यो सम्भव पनि देखिदैन किनकि तपाइले नैतिकताको डर मनमा राख्नै पर्छ किनकि नैतिकता यस्तो चीज हो जसले मान्छेलाई अलौकिक बनाउछ जब तपाइ यसको साधना गर्नुहुनेछ त्यसैले आफुभन्दा ठूलालाई आदर गर्नुहोस आफ्ना गल्तीहरु दिनदिनै एकएक हटाउने प्रयास गर्नुहोस , आफ्ना बचहरुलाई विशेष ख्याल राख्नुहोस संस्कार दिलाउनुहोस जबसम्म मान्छे संस्कारको बन्धनमा आउदैन तवसम्म नैतिकवान बन्न सक्दैन किनकि संस्कार त्यो चीज हो जसले तपाइलाई नियम पालन गर्न सिकाउछ । साधना ज्ञान आदि निखार्दै जान्छ अनि तपाइ त्यस्तो तारा बन्नुहुनेछ जुन तारा बुद्ध बनेर चम्केका थिए देवकोटा, वीर साहसी सहिद, आदि बनेर संसारलाई उज्यालो दिने काम गरेका थिए । तपाइ त्यस्तो खम्बा बन्नुहुनेछ जसले हज्जारौं लाखैं मनुष्यलाई राख्नुहुनेछ ।

आजको युग डट्ने खट्ने मेहनत, अध्ययन लगनहील संयमी मान्छेको खोजिमा छ । जो यही पृथ्वी भित्र रहेका  मान्छेहरुबाट छानिनु पर्छ स्वामी विवेकानन्द झै, माहात्मा गान्धी झै, जवसम्म लोभ मोह र अहंकार छोड्नु हुदैन तवसम्म यो असम्भव छ । त्यसैले आजैबाट युग निर्माणको बाटोमा लाग्नुस् सेवा,धर्म,कर्ममा समर्पित हुनुहोस । विश्व कल्याणको यज्ञमा तपाइलाई साथ दिन हजारौं लाखौं करौडौं आत्मा भट्कीरहेका छा् । यो पृथ्वीमा तपाई जन्मनु भएको छ त त्यो उद्देश्य लक्ष्य प्राप्तिको लागि कल्याणकारी बन्नको लागि कुरीती हटाउनको लागि त्यसैले आज युग निर्माण हुन आवश्यक छ । तव मात्र सुख,शान्ति,र आनन्द प्राप्ति हुनेछ ।
नैतिकता,संयमता र संस्कारले भरिएको युगले आमन्त्रण चाहेको छ यो धर्तिमा किनकि दुष्ट,दुराचारी,भ्रष्ट्राचारी र अत्याचारीहरुको कर्तुत सकिन आटेको छ । देशका रक्षक भक्षक बनेका छन् । सेवा गर्नु कहाँ छ कहाँ आफ्नो झोल ीभर्न तत्पर छन् । जताततै दुष्प्रवृति फैलिएको छ । त्यसैले जागौं हाम्रा अग्रजहरुले देखाएको बाटोमा लागौं अनिमात्र सुसंस्कृत समाज बन्नेछ । फेसन तपाई आफ्नो बाहिरी शरीर राम्रो देखाउन गर्नुहुन्छ भने भित्रि आत्मालाई शुद्ध र पवित्र बनाउनका लागि र राम्रो देखाउनका लागि नैतिकताको साधना, सेवा संयमता अपनाउनु पर्दछ अनिमात्र स्वतः तपाई राम्रो कहलाउनु हुनेछ ।

“बडाले जो गर्या काम , हुन्छ त्यो सर्बसम्मत ।
छैन शंकरको नंगा मगन्ते भेष निन्दित ।।”

जब तपाई विवेकशील,नैतिकवान र ज्ञानी बनेर हरेका काम शिष्ट र संयमी तरिकाले गर्नुहुनेछ त्यो काम सम्पूर्णको लागि सर्बसम्मत र हितकारी हुनेछ । आफ्नो ख्यालै नगरी अरुको निम्ति सत्कर्म र भलाई गरिरहेको छ भने त्यो सही सच्चा र सत् चरित्रवान कहलाउँछ किनकि त्यसले आफ्नो पिडा समान अरुको पिडालाई अनुभव गर्दछ । बुझ्नुस फेसन भन्दा ठूलो कुरा तपाइको आत्मिक सुद्धिकरण हुन जरुरी छ जव आत्मा शुद्ध हुनेछ तव यो सत् चित् आनन्दको अनुभव आफैभित्र पाउनुहुनेछ र सत्कर्ममा लिप्त हुनुहुनेछ ।


योगी बालक
कैलाश आश्रम वाणगङ्गा–६,कपिलवस्तु

0 comments:

Post a Comment