Thursday, April 2, 2015

बबुरो गजल

केटा केटि अगुल्टो खेलाउछ्न आगो भर्किन्छ |
बिनाकाममा नेताहरु बोल्छन सोझो झर्किन्छ ||
लाटो जस्तो घोर्करेच सर्प सारै बिसालु हुन्छ रे |
हिजो राती बिस्तारामै भेटियो छोरो तर्सिन्छ ||
जमाना फेरियो लोकतन्त्र ,गणतन्त्र सबै भो |
गरिब लखियाको घरमा सधै बाठो जर्किन्छ ||
प्रकृति ईश्वर हो नबुझी ढुंगा पुज्दछ मान्छे |
दोहन र फंडानी हुँदा भकुन्डे डांडो चर्किन्छ ||


प्रेमप्याला अनि मधुमास मात्र एकचोटी हुन्छ |
अंगालोमा हाल्दै आउ भन्दा मोरो तर्किन्छ ||
बालक बबुरो आजभोली सुन्यतामा डुब्दै छ |
न डराउ साथी बाह्र बर्समा त खोलो फर्किन्छ ||
बालक बबुरो
बुद्धको राज्य ( कैलाश आश्रम )
दधि-स्मृति सहिय समाज कपिलवस्तु

0 comments:

Post a Comment