Monday, April 13, 2015

मान्छे आधुनिक बन्दै छ मायाको जालले |

मान्छे आधुनिक बन्दै छ मायाको जालले |
कत्ति मर्दिन भन्छ लान्छनि त्यहि कलाले ||

प्राकृतिक छटा हरियाली वन जंगलको बीच |
अलगै धुन सुसेल्छ निर्मल छहरा छालले ||

त्यसै अनावस्यक बखेडाले झगडा गर्दैछन |
कुरो मिल्दैन अनि लड्छन आम हड्तालले ||

हो पल्कि रहेछन बिदेशी हाम्रै भूमिमा किन ?
यहाँका अमुल्य जडिबुटी सुन्दर मणि मालले ||



म घरकै ओदेनमा बसेर टोलाई रहेछु हरपल |
जिस्क्याउछ घरि घरि भित्ताको खटवालले ||

बालक बबुरो
बुद्धको राज्य कपिलवस्तु कैलाश आश्रम
दधि-स्मृति साहित्य समाज 

0 comments:

Post a Comment