चेतना [Consciousness] शब्द ल्याटिन भाषाका दुइ शब्द [Con] तथा [Scire] ले मिलेर बनेको छ | यसको अर्थ जान्नु अथवा बुझ्नु भन्ने हुन्छ |
आधुनिक विज्ञानमा यसको अर्थ बोध या अभिज्ञा Awareness
हुन्छ | प्रख्यात विज्ञानविद रोजर पेनरोज का
अनुसार चेतनालाई Awareness को समानार्थी मान्दछन यद्यपि मन र आत्माले पनि यसको अर्थलाई व्यक्त
गर्दछन तर यी सबै स्पष्ट रुपमा परिभाषित छैनन |
कोहि यसलाई सचेतनाको रुपमा
प्रतिपादित गर्दछन |
यिनीहरुका अनुसार चेतना त्यो मानसिक सक्रियताको पछि निहित तत्व हो जसका तीन अंग छन् – चिन्तन Thinking भावना Feeling तथा संकल्प Willing तर यी स्वयम् नत चिन्तन मात्र हुन् न भावना न इच्छा | यी तिनै चिज को मूलमा निहित समान चैतान्यता को तत्व नै चेतना हो |
यिनीहरुका अनुसार चेतना त्यो मानसिक सक्रियताको पछि निहित तत्व हो जसका तीन अंग छन् – चिन्तन Thinking भावना Feeling तथा संकल्प Willing तर यी स्वयम् नत चिन्तन मात्र हुन् न भावना न इच्छा | यी तिनै चिज को मूलमा निहित समान चैतान्यता को तत्व नै चेतना हो |
चेतना एक गूढ विषय हो | यसको
अंग्रेजी पर्याय Consciousness हो | सामान्य रुपमा चेतनाको अभिप्राय चैतान्यता , सजीवता आदि मा छ |
सृष्टि का प्रत्यक घटकहरुको कण कण मा जो स्पन्दन परिवर्तन गतिशिलता दृष्टिगोचर
भैरहेको छ , यसको मूल मा सक्रिय रहेको शक्ति चेतना हो | विदुषी एनिबेसेंट चेतनालाई
जीवनको पर्याय मान्दछिन | उनका अनुसार चेतना र जीवन एउटै सिक्काका दुई पाटा हुन |
बिना चेतना जीवन सम्भब छैन र बिना जीवन चेतना सम्भब छैन | अतः जीवनको सक्रियता एवं
चैतान्यताको मूलमा विद्यमान शक्ति नै चेतना हो | यसको अभिव्यक्ति सृष्टिमा
दृश्यमान जीवनका विविध आयामहरुमा देखिने गर्दछ |
पूर्वीय चिन्तनमा चेतनाको मूल स्वयम् परमात्मा हो , जसलाई सत्-चित-आनन्द
रुपमा परिभाषित गरिएको छ | यसको स्वरूप चेतनाको द्योतक हो | यही त्यसको
रचना,सृष्टि एवं यसका बिबिध घटकहरु,जीवधारीहरु एवं प्राणीहरुमा प्रतिबिम्बित हुने
गर्दछ | यसैको प्रेरणा सृष्टिको कण-कणमा स्पन्दित भैरहेको छ | उपनिषद्कार को शब्दमा
आकाश पृथ्वी जल वायु अग्नि ब्रह्मा महेश आदि जे पनि छन् अथवा छैनन् यी सबै
चैतान्यनै हुन् | "न जडम क्वचिद" जड त
छदै छैन | त्यस्तै योगवासिष्ठमा यस गुढ़
रहस्यलाई स्पष्ट गर्दै महर्षि वशिष्ठ भन्नुहुन्छ – "जस्तै पानीको बहावमा छालहरुको
चंचलता,बलिरहेको बत्तीमा प्रकाश किरणहरु को स्फुरण, आगोमा फिलिन्गाहरु, चन्द्रमा
मा किरण , वृक्षहरूमा फल-फूल पातको सोभा भए जस्तै सृष्टिको अणु-अणु मा त्यहि परम
चेतना ब्याप्त छ" | विश्व
ब्रह्माण्डका सबै पदार्थ यहि चेतनाबाट उदय हुन्छन् | मूल चेतना मात्र ब्रह्म नै हो
अस्तित्वजन्य अन्य वस्तुहरुले यसै बाट चैतान्यतालाई प्राप्त गर्दछन | आधुनिक
विज्ञान पनि यही तथाकथित जड जगतमा चेतनाको अस्तित्वलाइ प्रमाणित गरिरहेको छ |
पदार्थमा तीब्र रुपमा स्पन्दन गर्ने इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोन आदि सुक्ष्म
कणले सिद्ध गर्दछन कि उनीहरु पनि सचेतन हुन् |
ब्रह्म मात्र चेतना नभएर शुद्ध बुद्ध परम चेतना हो [ शुद्ध ज्ञान शुद्ध चैतन्य ] | यो मूलभूत चेतना हो |
ब्रह्म भन्दा अतिरिक्त विद्यमान समस्त चैतन्यता द्वितीयक हो, किनकि त्यो ब्रह्म
चेतना मा निर्भर छ | भौतिक विज्ञानले पनि यो सत्यलाई स्वीकार गर्दछ | नोबेल पुरस्कार
बिजेता भौतिकविद् विग्नर को शब्दमा द्रष्टा चेतनाको सन्दर्भ नलिएको भए क्वान्टम
भौतिकी सिद्धान्तहरुको प्रतिपादन सहि सहि रुपमा गर्न सम्भब थिएन | बाह्य जगतको गहन
अध्ययनले पनि यही निस्कर्ष निस्किएको छ कि चेतनाको सार तत्व नै अन्तिम सत्य हो |
चेतनाको यही आधारभूत सार तत्वलाई परिभाषित
गर्दै स्टेनिस्लव ग्रोफ भन्छन – चेतना मूल रुपले आदिकालीन हो , जसको ब्याख्या कुनै
अन्यको आधारमा गर्न सकिदैन | यो आफैमा एकमेव सत्य हो जुन तपाईमा, हामीमा र चराचर
सबैमा अभिव्यक्त भएको छ |
चेतना या ब्रह्मको प्रकाश सृष्टिका समस्त रचनाहरुमा एवं प्राणिहरुमा
प्रतिबिम्बित भएको छ | प्रोटोन इलेक्ट्रोन जस्तै सुक्ष्मतम कणहरुबाट लिएर
ग्रह-उपग्रह, रुख बिरुवा पशु र मनुष्य सम्म सबैमा चेतनाको न्यूनाधिक अंश अवस्य
विद्यमान छ | आदि शंकराचार्य का अनुसार " संसारमा त्यस्तो कुनै पनि चिज छैन जो चेतनाले युक्त न होस्
"-[उपनिषद् भास्य] | संसारमा जड भन्ने केहि चिज छदै छैन सबै कुरा
चेतनाले युक्त छ |
यस प्रकार चेतनाको क्षेत्र सुक्ष्मबाट सुक्ष्मतम एवं ब्यपकबाट ब्यपकतम
छ | कुनै पनि यसको परिधिबाट बाहिर छैन | यो सीमा सम्म सूक्ष्मता एवं ब्यापकता को
उपरान्त पनि चेतना अपरिभाषित नै छ यसलाई परिभाषित गर्नुको अर्थ हो यसलाई सिमाहरुमा
बाँध्नु | तर चेतनाको उदय र विलयलाई कसले जानेको हुन्छ र |
ब्रह्माण्ड ब्यापी चेतनाको महासागरमा मानवीय अस्तित्व सर्वाधिक
विलक्षण एवं महान् रहस्यहरुले परिपूर्ण छ | मनुष्यको रुपमा अभिव्यक्त चेतनाको अंश
स्वयंमा ती सबै सम्भावनाहरु बीज रुपमा समाहित गरिएको छ जो स्वयं चेतनाको आदि स्रोत
सृष्ट मा रहेको छ |
तीन तत्वलाई नित्य भनिएको छ – इश्वर,आत्मा,[पुरुष
] तथा प्रकृति | इश्वर नियामक हो , आत्मा र प्रकृतिको संयोगबाट सृष्टि
हुन्छ | जड प्रकृति चेतन पुरुषको सम्सर्गबाट चेतन जस्तै हुन्छ अथवा त्यसमा
क्रियाशीलता आउँछ | पुरुष चेतनाको कारण चित्त इन्द्रीयहरू आदि चेतनवत समस्त
कार्यहरुलाई सम्पादन गर्न थाल्दछन | जब मृत्युको समय आत्म चेतना संगै शरीरबाट
छुट्दछ अनि त्यो शरीर जो समस्त क्रियाकलाप को आधार थियो निष्क्रिय भएर नष्ट हुन्छ
| अतः स्पस्ट हुन्छ कि आत्मतत्व नै मुख्य चेतन तत्व हो | अन्य तत्वहरुमा त्यसैको
चेतना ब्याप्त छ | शरीर मन बुद्धि अहंकार इन्द्र्रीयहरु आदि त्यहि चेतनाले चेतन
भैरहेका हुन्छन | त्यसकारण मनुष्यको व्यवहार अथवा चेष्टाहरु चेतनाको क्षेत्र
अन्तर्गत आउँदछन् |
चार्वाक दर्शनमा जस्तै पश्चिमी चिन्तक मानव चेतनालाई उच्च स्तरीय
संगठित पदार्थहरुको अभिव्यक्ति मान्दछन | अमेरिकी विद्वान पुटनमले मानव चेतनालाई
मस्तिष्क रुपी मशिनी यन्त्रको प्रकाश भन्दा अधिक अरु केहि हुनै सक्दैन भन्छन |
डार्विनवादी तथा मार्क्सवादी चिन्तनले पनि यहि भन्दछ | मस्तिष्कलाई इलेक्टोनिक
यन्त्र तथा त्यसको विद्युत चुम्बकीय गतिविधिहरुलाई उनीहरु चेतना भन्दछन तर यसको
विपरित तान्त्रिका विज्ञानी जन एकल्सले चेतनाको अस्तित्वलाई मस्तिष्क भन्दा अलग
स्वीकार गर्दछन | युंग मानव चेतनालाई
चित्तको रुपमा परिभाषित गर्दछन | यही पूर्वीय दार्शनिक हरुको विचारधारा हो |
उनीहरु चेतन तत्व पुरुषको साथै चित्त इन्द्रीयहरु आदिलाइ चेतनामा समाहित गर्दछन |
पुरुष को चेतनाबाट चेतन यो तत्वले नै मानवीय चेतनाको अस्तित्वलाई प्रकट गर्दछ |
चेतनाको चार अवस्था बताइएको छ – जागृत, स्वप्न, सुषुप्ति तथा तुरीया | यो चतुर्थ
अवस्था नै आत्मबोधको अवस्था हो | यो स्तर सम्म पुग्न अनेक साधनहरु छन् |
ज्ञानयोग,भक्तियोग,कर्मयोग,राजयोग आदि साधनहरुमा मुख्य हुन् | उक्त चारै
अवस्थाहरुको अध्ययन मानव चेतनाको क्षेत्र अन्तर्गत आउँदछ | चेतना विकाशका विभिन्न
बिधिहरुमा योगका विभिन्न प्रकारहरुको साथै विभिन्न धर्महरुका अचार्यहरुले बताएका
विधिहरुको पनि महत्वपूर्ण योगदान छ |
आजको बैज्ञानिक युगमा मानव आत्मतत्व तथा ईश्वर दुवै तत्वहरुलाई नकारी
राखेको छ | त्यो आफै स्वयम्भू बनेर सबै
कुरा गर्न चाहन्छ | केवल उसैको सत्ता स्थापित होओस – त्यसका लागि हर घडी
प्रयत्नशील छ | यही महती प्रभुत्वाकान्क्षाले उसलाई आरामले बस्न खान दिदैन | आफ्नो
यथार्थ सत्तालाइ बुझ्नका लागि बाधक बनेको छ | यही कारण आफैले बनाएको जालमा स्वयं
नै आवद्ध भएर अधिकाधिक टाँसीदै जान्छ | जब उ स्वयंले केहि गर्न नसक्ने अवस्थामा
पाउँछ तब तनाब चिन्ता,निराशा,कुण्ठा,अवसाद जस्ता मानसिक रोगले ग्रस्त हुन्छ जसले
गर्दा शारीरिक ब्याधिहरुबाट पनि पिडित भएर शेष जीवन निरर्थक
बन्न पुग्दछ | यो त्यसको लापरबाही नभएर अरु क हुन सक्छ |
मानवलाइ यी कष्टहरुबाट मुक्तिका लागि आफ्नो स्वरुपलाई जान्नु आवस्यक छ
| जीवन जिउनका लागि सर्वशक्तिवान परमेश्वर को सत्तामा विश्वाश तथा मनवोचित आचरण को
नितान्त आवस्यकता छ | यसको लागि मानवीय चेतनाको विकाश गर्नु आवस्यक हुन आउंछ |
चित्तको निर्मलीकरण हेतु अविद्या,अस्मिता,राग,द्वेष,अभिनिवेष रुपी पंचक्लेशहरुको
निवारण संस्कार,पुनर्जन्म,भाग्य,पुरुषार्थ,कर्मसिद्धांत आदिको जानकारी तथा
स्वयंलाइ प्रभु प्रति समर्पण गरेर अनासक्त भावले प्रभुको आदेश पालन गर्ने अवस्था
बनाउनु पर्दछ | यस्तो विकसित चेतनावाला मान्छेले
आफ्नो जीवनकालमा कहिल्लै पनि कष्टको अनुभब गर्दैन र सदा आनन्दमा रहन्छ
|
आजको यो आधुनिक युगमा मानव चेतनालाई विकसित नगरिकन जीवनको बाटो सुगम
हुदैन भन्ने मेरो मत हो | हामी मानवबाट उच्च उच्चतर उच्चतम शिखर तीर बढ्दै जाउँ
यही आजको आवस्यकता हो | चेतनालाई विकाश गर्नुको अलावा जीवनमा उत्तम अन्य कुनै
मार्ग छैन – "नान्यः पन्था विद्यते$यनाय" |
अस्तु ..................................
योगी बालक
योग एवं स्वास्थ्य विभाग
देव संस्कृति विश्वविद्यलाय हरिद्वार
0 comments:
Post a Comment