‘‘शाकाहारीको गरौं सम्मेलन, प्राणीरक्षाको चलाउँ आन्दोल।’’ मित्रहरू ! अहिले हामी एक्काइसौ शताब्दीको विज्ञान प्रधान युगमा बाँचीरहेका छौं। आज सर्वसाधारण व्यक्तिले पनि तर्क,तथ्य र प्रमाणका आधारमा मात्रै कुनै पनि कुरामा विश्वास गर्दछ। भौतिक क्षेत्रमा सुविधाका धेरै चीज उपलब्ध हुँदै गएको छ तर मानिस दु:खी छ। विज्ञान र धर्म एक अर्काको पूरक हुन्।
यदि दुवैको सही अनुपात मिलिरहने हो भने अवश्य नै अध्यात्म सम्मत विज्ञान एवं विज्ञान सम्मत अध्यात्म लोक हितकारी हुनेछ। हाम्रो संस्कृति धेरै पुरानो हो,विज्ञानले हेर्दै गरेको कुरा हाम्रा ऋषि मुनिहरूले वैदिक कालमै दिएर जीवनलाई सर्वांगपूर्ण बनाइदिएका थिए।दुर्भाग्यको कुरा छ षडयंत्रपूर्वक वेदका शब्दहरूको गलत अर्थलगाएर आदिम कालको जस्तो कुप्रथाहरू अझै पनि चल्दै गरेका छन् र ती मध्यको एउटा पशुबलि हो। ‘‘अहिंसा परमो धर्म:’’को विवेचना गरेर धर्मलाई नयाँ आयाम दिने भगवान बुद्धको देशमा आज करीब २६०० वर्ष पुग्न लाग्दा पनि पशुबलि कायमै छ। पशुबलिले देवी प्रसन्न हुन्छिन् भनेर कुन धर्मले सिकाउँछ। यदि त्यस्तो छ भने त्यो देवी नै होइन। पशुबलि शब्दको गलत अर्थ लगाएर आफ्नो स्वार्थ पूर्ति गर्न खोजेर यस्तो गरेको हो। यदि हामीले हिन्दू धर्ममा लागेको यो कलंकको इतिहासमा खोज्ने हो भने वेद-पुराण-महाभारत कतै पनि यसको वर्णन पाइने छैन। सबै धर्म शास्त्रहरूको मूल मर्ममा करूणाको भाव लुकेेको छ। जीबदया,करूणाको सिद्धान्तले प्राणीहरूई मार्न सिकाउँदैन।
प्राय: सिधा-सादा अज्ञानग्रस्त्त मानिसहरू यस्तो सोच्छन् कि कालीमाईलाई हामीले पशु-पक्षिहरूको मासु खुवाउनाले प्रसन्न हुन्छिन् र हाम्रो मनोकामनाहरू पूरा गर्छिन्। सन्तान नभएकालाई सन्तान दिन्छिन्। मुद्दा जिताइदिन्छिन्,धन दिन्छिन्,शत्रुहरूमाथि विजय प्राप्त गराइदिन्छिन् हाम्रा सबै काममा सफलता दिन्छिन्। यो मान्यता सर्वथा असंभव एवं भ्रमपूर्ण छ। कुरा एकदमै उल्टो छ देवता जहिले पनि सत्कर्मबाट मात्रै प्रसन्न हुन्छन् कुकर्मबाट अप्रसन्न हुन्छन्। कुकर्म गर्ने व्यक्तिसंग रूष्ट हुन्छन् र त्यसलाई कुनै वरदान दिन्नन्। फाइदा पुर्याइदिन त परैजाआोस उल्टै हानि एवं दंडको व्यवस्था गर्दछन्। त्यसैले मानिसले दु:ख पाउँदैछ।
देवीहरू भोग खादैनन् तिनीहरू,संसारकै आमा हुन्। बाबुको तुलनामा आमाको हृदय कइयौं गुना बढी करूणापूर्ण हुन्छ। कुनै आमाको अगाडि उनकै सन्तानलाई काटेर मासु खान पठाउँदा कस्की आमा खुसी हुन्छिन्? यो कति मार्मिक व्यथा होला? यसको कल्पना कुनै पनि सन्तान जन्माएकी आमाले आफै गर्न सक्छिन्।
मानिस साकाहारी प्राणी हुँदाहुँदै पनि कसैले मांसाहारको हानी नोक्सानीलाई ध्यान नदिएर वा थाहा नपाएर मासु खालान् त्यो कुरा अलग हो। तर धर्मको नाममा अधर्मलाई स्थापित गर्नु कंलकै हो। यसले हिन्दू धर्मलाई कलंकित गराएकै छ।
कसैले यज्ञमा आहूति दिनलाई काटेको पशु स्वर्ग जान्छ रे भन्छन्। आजको बुद्धिवादी युगमा यस्तो हावादारी कुरा स्वीकार गर्न कोही तैयार छैनन्। पाप गरेर पुण्य हुन्छ,दु:ख दिनाले सुख मिल्छ,पशुवध जस्तो अत्याचारले स्वर्ग प्राप्त हुन्छ,या त्यो पशुले नै स्वर्गको टिकट पाउँछ। यदि त्यसो हो भने आफ्नै प्रियजन माता-पिता पुत्र या भाइहरूलाई नै यज्ञमा होमदिएर स्वर्ग किन पठाउँदैन? प्रत्येक व्यक्ति दिन रात सुखको खोजिमा छटपटाएर बसेको छ ऊ आफ्नै आहुति दिएर सिधै स्वर्गको आनन्द लिन किन जान्न?
हिन्दु धर्मशास्त्रहरूमा त परोपकार ,दया,करूणा आदि गुणहरूलाई नै मनुष्यको भूषण तथा मुक्ति दाता बताइएको छ। तिनमा ‘‘परोपकाराय सतां विभूतय:’’-‘‘अहिंसा परमो धर्म:’’‘‘प्राणिनामार्तिनाशनम्’’-‘‘पापाय परपीडनम् ’’ सर्वभूतहिते रता: जस्ता वाक्यहरूले भरिएर बसेको छ। मानव जीवनको सबभन्दा ठूलो लाभ यही बताएको छ कि उसले अन्य प्राणीहरूको दु:ख,कष्ट,अभावहरूलाई हटाउन सकोस्। प्राणिवध,जीवहिंसा,कसैलाई दु:ख दिने आदि कुराहरूलाई सधै निंदा नै गरिएको छ।
ऐनी बीसेन्टले भनेका थिए-‘‘पशु हत्याबाट मानवीय प्रकृतिमा क्रोध, कामुकता, ईष्या,प्रति शोध जस्ता अमानवीय उच्छंृखल तत्व बढ्छन्। मांसाहारबाट शरीरको मात्रै होइन मनको पनि रूग्णता बढ्छ। काटिएका पशुहरूको चीत्कारले मनुष्य जातिमा अनेकौ प्रकारका विपत्तिहरू ओइरिन्छ।
पंंं.श्रीराम शर्मा आर्चाय भन्नुहुन्छ-‘‘मासंहारको पाप त स्पष्टै छ,जसले गर्दा हाम्रो कोमल भावनाहरूलाई नष्ट गर्दै र हाम्रो जीवनलाई दुखान्त बनाउँदै गइरहेको छ। यदि हामी बेलैमा सावधान भयौं भने आफैले धन्यवाद दिनुपर्छ,अन्यथा सर्वनाशको विभीषिकाको लागि हामी सबै तैयार हुनै पर्छ। मासुका लागि जीवात्माहरूलाई वध गरेको अपराधले मनुष्य जातिलाई दंड नदिइ छोड्ने छैन,यस्तो छुट सम्भव छैन,कदापि हुनै सक्दैन।’’
डा.रसेलले भनेका छन्-‘‘यदि मांसाहार बन्द भयो भने दुनियाँमा आधा रोगहरू स्वत:नै समाप्त भएर जाने छन्।’’ मासुखाएर यदि मानिस सबल र स्वस्थ हुने भए उनले यस्तो भन्ने थिएनन्।
‘‘तयो रोगा पुरे आसु इच्छा अनसनंजरा। पसूनञ्च समारम्भा अट्टान विनुमागमुं ।।’’२८
प्राचीनकालमा तृष्णा,भोक र बुढ्यौली तीनोटा मात्रै रोगहरू थिए। तर यज्ञमा पशुवध गर्नाले ९८ प्रकारका रोगहरू फैलियो।
प्राचीन आर्य ग्रन्थहरूमा पशुहरूलाई मारेर हवन गर्ने विधान कहीं कतै छैन। पशुहरूको नामसंग मिल्दा जुल्दा शब्दहरूको अर्थ ठीक तरीकाले नबुझेर अन्धकार युगमा अज्ञानी मानिसहरूले हवनमा पशुवध गरेर मासु होमने गर्न थाले। जुनकर्महरूमा पशुको हत्या हुन्छ,त्यो सज्जनहरूको धर्म होइन। यज्ञको स्तर धेेरै किसिमका छन्। त्यसमध्यमा एउटा पशु यज्ञ पनि आउँछ। एउटै शब्दका अनेक अर्थ हुन्छन्। पशु शब्दको पनि अनेकौं अर्थ लाग्छन् तर कुनै संकुचित विचारको व्यक्तिले वेद र यज्ञको मूलभूत भावना विपरीत अर्थ लगाएर पशु हिंसा गराउन थाल्यो । अर्थको अनर्थ भयो। अन्ध भक्तहरूले त्यसैलाई परम्पराको रूपमा पच्छाइरहे तर यो आजको वैज्ञानिक अध्यात्मवादमा सुहाउने कुरा होइन।
जब यो हत्याकाण्ड फै लियो तब जनतामा यज्ञ प्रति घृणा उत्पन्न भयो,निन्दा हुनथाल्यो। बौद्ध धर्म र जैन धर्मले त डटेर विरोध गरे अनि विस्तारै काटेर मासु होम्ने चलन बन्द हुँदै गयो तर ‘दुर्गा’लाई बलि दिने चलन अझै पनि कता कति छ। पशु यज्ञको वास्तविक अर्थ उपनिषदको यो वाक्यबाट पनि बुझिन्छ—‘‘काम क्र ोध लोभादय:पशव:’’ अर्थात काम,क्र ोध,लोभ,मोह यी पशु हुन् यिनैलाई मार्नुपर्छ र यज्ञमा होमनु पर्छ भनेको हो। आलंकारिक रूपबाट यो आत्म शुद्धिको (कुविचारहरू,पाप-ताप,कषाय-कल्मसबाट मुक्त हुने) शिक्षा हो।
यज्ञलाई ‘‘अध्वर’’ पनि भनिन्छ। अध्वरको अर्थ हो—त्यो कार्य जसमा कुनै हिंसा नभएको होस्। यस्तो मनसायले गरिने यज्ञ जस्तो पवित्र कार्यमा हिंसाको कु रो कति नमिल्दो र अशोभनीय छ भन्ने कुरा कुनै पनि सज्जनले सजिलै बुझ्ने कुरा हो। छोटो बुद्धि भएकाले भन्न खोजेको कुरालाई नबुझेर अर्थको अनर्थ गर्दै जाने हो भने मनुस्मृतिमा नर यज्ञ शब्द अतिथि पूजनका लागि आएको छ। ‘‘नृ यज्ञो अतिथि पूजनम्’’ यदि कुनै व्यक्ति अतिथिलाई पूजा (सत्कार) नगरेर मानिसलाई मार्न शुरू गरिदियो भने त्यो मनुको दोष होइन मार्ने मूर्खको दोष हो मूर्खको अनुयायि पनि मूर्ख नै ठहरिन्छ। हामी मूर्ख नबनौं।
शब्दको अर्थ बुझेर चल्न जान्नु पर्छ। चरक संहितामा ‘अज’ औषधीको वर्णनमा आएको छ—‘‘अजानामौषधि रज शृङ्गीति विज्ञायते’’ के यहँा बूटीको सट्टा बाख्रो औषधी बन्ला? एतरेयब्राह्मण १।२।१० मा ‘‘पशुवो वा इला’’ यो पृथ्वीलाई नै पशु भनिएको छ। अन्य स्थानमा जीवात्माहरूलाई पनि पशु मानिएको छ। अन्नबाट बनेको (रोटी पुरी आदि) खानेकुरालाई पशु मानिएको छ। ती शुद्ध चीजहरू बलिको रूपमा दिन सकिन्छ। अर्थको अनर्थ गरेर मानिसले धेरै दु:ख पाएको छ। हामीले दु:खको बाटो अवलम्वन नगरौं।
‘‘घास खाने पशुलाई त काटेर यस्तो चाल, मासु खाने मनुष्यको कस्तो होला वेहाल।’’
0 comments:
Post a Comment