Tuesday, January 31, 2017

यज्ञको आविस्कार, आवश्यकता र महत्व

    मित्रहरू! हामी एक्काइसौं शताब्दीका बुद्धिवादी मानिस हौं। तर्क ,तथ्य र प्रमाणमा आधारित विश्वव्यपीयज्ञले शारीरिक,मानसिक र समस्त असाध्य रोगहरूको समग्र उपचार पद्दति हो। यसले देवतार पितृहरूलाई प्रसन्न बनाइदिन्छ, पापहरूबाट मुक्ति दिलाउँछ। परिवारमा भएको आपसी खटपटहरू मिलाउँछ। सम्पत्ति, सुसन्तती प्राप्त हुन्छ, रोकिएको काम बन्छ, मनोकामना पूर्ण हुन्छ। संकल्प बल बढाइदिन्छ। नर नारीहरूमा शुद्ध एवं पवित्र भावना जगाइदिन्छ।
    यज्ञमा प्रयोग हुने मन्त्रोचारणको तरंगहरूबाट प्रकृति,सूक्ष्म जगत तथा प्राणीहरूको स्थूल र सूक्ष्म शरीरमा विशेष प्रभाव पर्दछ। हावामा घुमेका रोगका किटाणुहरू नष्ट हुन्छन्। रोग र महामारीहरूबाट बच्न औषधि खानु या सुई लगाउनु भन्दा यज्ञ गर्नु बढी प्रभावकारी  सिद्ध भएको छ। मानिस मात्रै होइन यज्ञबाट पशु,पंक्षी,वृक्ष र वनस्पतिको समेत आरोग्यको रक्षा हुन्छ। यज्ञले मनिसमा देवत्व भर्दछ,यज्ञभएको भूमिले आफूमा सुसंस्कार धारण गर्दछ। माहिला,साना केटाकेटी र गर्भस्थ शिशुमा यज्ञको शक्तिले विशेष प्रभाव पार्दछ। तिनलाई सुसंस्कारी बनाउनका लागि यज्ञिय वातावरण अत्यन्तै आवश्यक सिद्ध भयो। कुबुद्धि,कुबिचार,दुगुुुर्ण,दुष्कर्म र विकृत मनोभमिमा यज्ञले ठूलो सुधार गर्ने हुनाले यज्ञलाई पापनाशक भनिन्छ। यज्ञीय प्रभावले विवेकपूर्ण मनोभूमि बनेर जीवनको प्रत्येक क्षणलाई स्वर्गीय आनन्दले भर्दिन्छ। जसरी फलामका टुक्रालाई रसायन गरेर आगोले जोड्दछ त्यसरी नै आत्मालाई परमात्मा संग जोडने कार्य यज्ञाग्निले गर्दछ। विधिपूर्वक गरिएको यज्ञले मानसिक दोष दुर्गुणलाई हटाएर सद्भाव जगाइदिन्छ। काम, क्रोध, लोभ, मोह,मद, मत्सर, ईष्र्या, द्वोष, कायरता, कामुकता, आलस्य, संशय आदि उद्वेगहरूको उपचारको लागि यज्ञ एउटा विश्वस्त पद्धति हो। शरीरको असाध्य रोगको निवारण समेत यज्ञबाट हुने गरेको छ। ब्रह्माजीले मानवको सृष्टि गर्दा कै दिन मानवको संरक्षण र संवर्धनका लागि धर्मो रक्षति रक्षित: धर्मको रक्षा गर्नेलाई धर्मले रक्षा गर्छ भन्दै यज्ञको सुरूवात पनि गरेका थिए भन्ने शास्त्रीय प्रमाण छ भने कुन कुन कुरामा यज्ञले कसरी रक्षा गर्दछ र यज्ञबाट के कस्ता फाइदाहरू लिन सकिन्छ भन्ने कुराको अनुशन्धान र प्रमाणित गर्ने काम ब्रह्मवर्चस शोध संस्थानमा वैज्ञानिकहरूले गरेका छन्। यिनै कारणहरूले गर्दा शान्तिकुंज विश्वका बुद्धिजिवीहरूको आकर्षणको केन्द्र बनेको छ।
    अग्रिले हामीलाई कहिल्यै पनि सेलाएर नवस्ने, जीवन भर माथि उठ्ने, अरूलाई समेत श्रेष्ठ बनाउँदै आफू उत्कृष्ट बन्ने प्रेरणा प्रदान गर्दछ। यज्ञ आफ्नो अलिकति वस्तु वायुरूप बनाएर गुप्तादानको रूपमा धेरैलाई खुवाएर कम खर्चमा ब्रह्मभोजको पुण्य प्रप्ता गर्ने सर्वोत्तम उपाय हो। यज्ञ सामूहिकताको प्रतिक हो। यसबाट सामूहिकता, सहकारिता र एकताको भावना विकसित हुन्छ। प्रत्येक शुभकार्य चाड पर्व र संस्कार यज्ञका साथमा सम्पन्न हुन्छ। गायत्री माता र यज्ञ पिताको युग्म प्रत्येक दृष्टिले सफल र समर्थ सिद्ध हुन्छ। गायत्री यज्ञको विधि एकदमै सजिलो,लोकप्रिय र आकर्षक छ। दुनियाँका दुर्बुद्धिग्रस्त मानिसहरूलाई संशोधन गर्नको लागि गायत्री महामन्त्र अदभूत र अद्वितीय छ। नगर, गाउँ, तथा क्षेत्रका जनतालाई धर्मतन्त्रको माध्यमबाट लोक शिक्षण गर्नका लागि गायत्री यज्ञको आयोजना गर्नु अनिवार्य छ।
    यज्ञ जीवन जीउने कला(आर्ट अफ लिभिङ्ग)भएकोले हामीलाई यस्ता कुराहरूको प्रशिक्षण दिन्छ तथा आचरणलाई मंगलकारी बनाउने, शरीर, मन र भावनालाई पवित्र राख्ने, मन वाणी र अन्त:करण शुद्ध र प्रमाणिक बनाउने, प्रखरता र तेजस्विताको विकास गर्न सद्विचारको केन्द्र मस्तिष्क तात्न नदिने भावना गर्ने। आफूमा भएका दोष, दुर्गुण, कषाया-कलमस हटाएर शरीरबल, मनोबल र आत्मबलको वृद्धि गर्दै स्वस्थ एवं दीर्घजीवी बन्न प्राणायामलाई निरन्तरता दिने, मुखलाई आहार संयम र वाणी संयममा राख्ने, प्रतिष्ठाको प्रतीक नाक काटिने काम नगर्ने, कसै प्रति कुदृष्टि नराख्ने, चुक्ली चाप्लुसी नसुन्ने,आफ्नो पाखुराको कमाइमा भर पर्ने, कुमार्गमा नलाग्ने, सत्मार्ग गामी बन्ने, सिंगो जीवन व्यक्तिगत स्वार्थबाट माथि उठेर पुण्य परमार्थमा लगाउने प्रेरणा लिने। धर्ती माता प्रति कृ तज्ञता व्यक्त गर्ने।
    त्यसै गरी सत्प्रवृति संवर्धन, दुष्प्रवृत्ति उन्मुलन, लोक कल्याण, आत्म कल्याण, वातावरण परिष्कर र उज्जवल भविष्यको कामनापूर्तिका लागि प्रवल पुरूषार्थ गर्ने संकल्प गराइन्छ। चन्दन जस्तै आफू घोटिएर अरूलाई शान्त,शीतल र सुगन्धित बनाउने प्रेरणा लिइन्छ। कलश झैं शीतलताले भरिपूर्ण रहने, दीपक जस्तै आफू जलेर पनि अरूलाई प्रकाश दिने, सधै माथि उठिरहने, ज्ञानको प्रकाश फैलाउने प्रेरणा लिने। सबै देवताहरूलाई भावना पूर्वक आवाहन गर्ने भावो हि विद्यते देवा: तस्माद भावो हि कारणम् भावना पूर्वक सबैले ध्यान र नमस्कार गर्दै जाने। देवशत्तिहरूलाई अतिथि सत्कारको रूपमा स्वागत पूजन श्रद्धा समर्पणको भावना व्यक्त गरिन्छ। अवांछनीयताबाट जोगाउँदै वांछनीयताको मार्गमा लगाउ भन्दै वेद वाक्य युक्त कल्याणकारी घोषणा गरिन्छ। यसरी यज्ञका प्रत्येक पाठले हामीलाई राम्रा काम गर्दै जीवनलाई माथि उठाउने कुराहरू मात्रै सिकाउँछ।
    त्यसै गरी देवत्व ओइलाउन र असुरत्व मौलाउन नपाओस भन्दै रक्षा विधान गरिन्छ। सविता देवताले हामीलाई पवित्र गराइ देउन् भन्ने प्रार्थना गरिन्छ। अग्रिबाट जीवनलाई दिप्तिमान, ज्वलनशील, प्रचण्ड, प्रखर र प्रकाशवान भएर बाच्ने प्रेरणा लिइन्छ। चार समिधाले चार तथ्यहरूलाई स्मरण गराउँछ।
 १- ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यासको व्यवस्था पूरा गर्ने। २-धर्म अर्थ काम र मोक्ष प्रप्ता गर्न सक्ने जीवनक्रम अपनाउने।
 ३-साधना, स्वध्याय, संयम र सेवा यी चार सूत्र अवलम्बन गर्ने। ४-शरीरबल, मनोबल, आत्मबल र ब्रह्मबल प्राप्त गर्न प्रवल पुरूषार्थ गर्ने।
     यी चारै उपलब्धीहरू परमार्थका लागि समर्पित गर्ने प्रण गरिन्छ। आगोको जोडी पानी हो। आगै आगो भयो भने कुरा मिल्दैन आगो पानी भएर रहने शिक्षा दिन्छ। घिउलाई स्नेहको प्रतिक मानिन्छ। स्नेह अर्थात प्रेम, सहानुभूति, सेवा, संवेदना, दया, ममता, आत्मीयता, करूणा, उदारता, वात्सल्य जस्ता सदगुणहरूलाई जीवनमा अगाडि ल्याउन पर्छ भन्ने सन्देश दिन्छ। जीवनलाई यज्ञमय बनाउन श्रम,त्याग र तपस्या गरेको छु यो मेरो व्यक्तिगत स्वर्थका लागि होइन यो लोककल्याणका लागि समर्पित छ भन्ने भावना पूर्वक श्रद्धा,भक्ति र सम्मानका साथ अग्निदेवको मुखमा आहुति दिने गरिन्छ। भूलचुक वा गल्ती भएमा प्रायश्चित गर्न सिकाइन्छ। जसले दोष, दुर्गुण, नीचता, मलिनता, क्षुद्रतालाई त्याग्र सक्छ त्यसले जीवनमा सद्गुण भरेर, महानता अपनाएर पूर्णता प्रप्ता गरेर जीवन सफल बनाउँछ भन्ने सन्देश दिइन्छ। वसोर्धारामा लगाइने घिउको धाराले यज्ञ भगवानले हामीलाई अविरलरूपमा सत्कर्ममा लागिरहने प्रवृत्ति र क्षमता प्रदान गरून् भन्ने हो। आरती उतार्दा यज्ञ भगवानको सम्मानका साथै परमार्थ परायणताको ज्ञान प्रकाश दशै दिशामा फैलाउन सकौं भन्ने भावना जोडिएको हुन्छ। घृतावध्राणमले यज्ञीय वातावरणलाई आत्मसात गर्ने सन्देश दिन्छ। भस्म धारणले जीवनको अन्त्य उडेर जाने खरानीको थुप्रो हो भन्ने नितान्त सत्य स्थितिलाई मनन गरेर लोभ र अहंकार रहित हुनु पर्ने कुरा सिकाउँछ। आफूबाट गल्ती भयो भन्ने थाहा पाउने वित्तिकै क्षमा याचना गर्ने, देवशक्तिलाई, महामानवहरूलाई भावना पूर्वक अभिनन्दन गर्ने बानीको विकास गर्ने। मेरो मनमा कसै प्रति द्वेष नआओस्, कसै संग वैरभाव नरहोस्, सबैको कल्याण हुँदा मेरो पनि कल्याण हुन्छ त्यसैले सबैको कल्याण भएको देख्न पाउँ भन्ने भावना शुभ कामनाले जगाउँछ। पुष्पाञ्जलिमा आवाहन गरिएका भगवानहरूलाई जसरी स्वागत सत्कार गरियो त्यसै गरी भावपूर्ण विदाई हुन्छ। सर्वत्र शान्तिको कामना गर्दै शान्ति अभिषिंचन हुन्छ। जलको स्वभाव अधोगामी भए पनि सूर्यको तातो पाएर ऊध्र्वगामी भए झैं सविताको संसर्गले हामी पनि ऊध्र्वगामी बनौं। जसरी आज भगवानको नजिक बस्ने मौका मिल्यो त्यसरी नै सधै भगवान कै वरिपरि घुमी रहन पाउँ भन्ने भावनाले प्रदक्षिणा गरिन्छ। फेरी फेरी पनि हामीलाई दर्शन दिन आउँदै गर्नु होला भन्ने विनम्र प्रार्थना गर्दै गायत्री माता तथा समस्त देेव परिवारलाईयज्ञद्वारा विदाइ दिइन्छ।
   यज्ञद्वारा देवताहरूको पोषण हुन्छ। ती शक्तिशाली हुन्छन्। असुरत्वसंग लड्न सक्छन् र हामी सबैलाई सुरक्षित राख्छन्। यज्ञको आवश्यकता र महत्वको मर्मलाई नबुझेर मनुष्यले यज्ञ गर्न छोड्दा आज समाज र राष्ट्रको वेहाल भएको छ। जंगली राज्य भयो। मत्स्यन्याय चल्न थाल्यो। जसको लाठी उसको भैंसी भयो। हामी लोकशिक्षक हौं। हाम्रो उद्देश्य यज्ञ होइन। यज्ञको माध्यमबाट लाकशिक्षण हो। यज्ञीय प्ररेणा दिनु हो। यज्ञीय परंपरा भनेको हुनेले दिने हो। दिन छोडेकोले खोसेर लिने परम्पराको विकाश भयो। समाजमा लडाई झगडा बढेर बस्न नसकिने भयो, यसलाई रोक्न यज्ञीय परम्परालाई पुनर्जागरण गर्नुपर्छ। अन्यथा असुरत्व बढ्दै र अशान्ति फैलिंदै जाने छ। त्यसैले धन, समय, साधना, ज्ञान र शिक्षा जो संग जेछ त्यो दिऊँ यज्ञको प्राण नै दान हो। यसैबाट कमाइको शुद्धिकरण हुन्छ। शुद्धकमाई खानाले भ्रष्टआचरण छुट्छ र सदाचारको शुभ संस्कार विकास हुन्छ।
   
वैज्ञानिक अध्यात्मवादलाई अवलम्बन गर्न चाहन्छौ। वैज्ञानिक अध्यात्मवादले कसैलाई आज यहाँ बसेर पूजा गर मरे पछि स्वर्ग गइन्छ भन्दैन। पूजा गरेर बस भन्दैन काम नै पूजा हो भन्छ। पूजाको दर्शन फिलोसोफी बुझ भन्छ। यज्ञ गरेर बस भन्दैन यज्ञको फिलोसोफी बुझ र जीवनइलाई नै यज्ञमय बनाउभन्छ। भगवानलाई दर्शन गर्न जाउ भन्दैन भगवानको दर्शन बुझेर बस भन्छ। यज्ञ भनेको स्वाहा होइन। यज्ञ भनेको जीवन जीउने कला (आर्ट अफ लिभिङ) हो। जीवनमा सुख,शान्ति,समृद्धि,सफलता र सुव्यवास्थित हुने इच्छा छ भने हामीले यज्ञको फिलोसोफी बुझ्नै पर्छ। जीवनलाई यज्ञमय बनाउनै पर्छ। यज्ञीय विज्ञानलाई बुझ्नै पर्छ।

0 comments:

Post a Comment