Sunday, February 26, 2017

प्रिय साथीहरु !

प्रिय साथीहरु ! 
१. सानाेमा संगै खेलेका ,हुर्केका
२. संगै स्कुल/गुरुकुलमा पढेका
३. संगै क्याम्पस/विश्वविद्यालयमा पढेका
४. संगै रेडियाेमा काम गरेका
५. साहित्यिक गतिविधीमा भाग लिएका
7. संगै विद्यालय,पीठ,गुरुकुलमा मास्टर,गुरु,सर भएका
८. जान अन्जानमा भेट नभै फेसबुकमा जाेडिएका 
९. यज्ञ,महायज्ञ,प्रवचन,अाध्यात्मिक गतिविधि,प्रशिक्षण,गाेष्ठी अादिमा भेट भएका गुरु,विद्वान वर्ग,समाजसेवी,शुभचिन्तक
१०. घर परिवार तथा नाता कुटुम्बहरु 
म अर्थात कमल पाैड्याल जन्म पाल्पा छहरा हाल कपिलवस्तु न.पा.३ अामा शान्ति देवी तथा बाबा ज्ञानेश्वर उपाध्याय काे कान्छाे छाेरा । जीवनका उकाली अाेराली पार गर्दै हाल याेग विज्ञान विषयमा एम.ए./अाचार्य तहकाे अध्ययन गरिराखेकाे छु । भावनाहरुसंग निकट सम्बन्ध राख्ने भएकाेले ब्यक्ति,परिवार ,समाज,राष्ट्र, र विश्व कल्याणका भावनाहरुले तीब्र रुपमा मस्तिष्कमा तरङ्ग पैदा गरिराखेकाे हुन्छ । देशमा भैराखेकाे संस्कृति सभ्यता र माैलिक पहिचान र राष्ट्रीयताकाे ह्रास/कमीले हामी दिन-दिनानुदिन स्खलित भैराखेकाे मैले महसुश गरेकाे छु । उचित मार्गदर्शनकाे कमीले गर्दा हामीजस्ता लाखाैं युवा गन्तव्य र उद्देश्यविहिन भएर अनैतिक बाटाे राेजिरहेका छन् । पद,पैसा,र नामकाे हाेडमा चलिरहेकाे विवेकहीन कर्महरुले नेपाली माटाे र नेपालीपनलाई दिनानुदिन धिक्कारि राखेकाे छ । नेपाली अादर्श,नेपाली विभुति,नेपाली विद्वानहरुलाई विर्सिदै अरुका विभुति,अादर्शहरुलाई सम्मान दिनुले पनि विकास र चेतनाकाे उचाई नबढ्ने देखिन्छ । धर्म ,सम्प्रदाय,पार्टी,संघ,संस्था,जात जाति,प्रदेश अादि विषयलाई मुद्दा बनाएर चाेखाे मानवीयताकाे सम्बन्धलाई चटक्कै विर्सेकाे देख्दा शरीरका राेम-राेम उर्जित भएर अाँउछ । अाजका हामी युवाहरु साेंचाैं त २० वर्षकाे उमेरमा गाेलिखाएर मृत्यु वर्ण गर्ने गंगालालकाे अात्माले पुकारेकाे अाह्वान के हाेला ? ज्ञानी बुद्धिजिवी,विद्वानहरुले अा-अाफ्नै विद्वताकाे व्यक्तिगत प्रचार गर्नाले नै अज्ञानी ,अबुझ र गलत तत्वहरुले मिलेर संस्कृति, सभ्यता,राष्ट्रीयता,र माैलिकता माथी सिधै प्रहार गरिराखेका छन् ।कुनै पनि ब्यक्तिकाे हाेस वा देशकाे शक्ति भनेकै यी चार कुरामा सन्निहित रहेकाे हुन्छ । चारैतिर फैलिएर विखण्डित भएका सज्जनहरु मिल्नुकाे कुनै विकल्प देखिदैन । सज्जनहरु सङ्गठित हुनासाथ दुर्जनहरुकाे कमि हुन्छ ।

कुनैपनि ब्यक्तिकाे सबैभन्दा पहिलाे कर्म भनेकाे नै अाफु सुध्रनु हाे । तबमात्र क्रमश परिवार, समाज, र राष्ट्रकाे लागि उसले समयदान याेगदान दिनसक्छ । भनिन्छ नि "जुन देखिने बस्तु हुन्छ त्यही बिक्छ" तर हामी हेर्न त हेर्छाैं देखिएकै कुरा विकास,परिवर्तन,र अार्थिक सम्पन्नतालाई । सहि ब्यक्तिकाे अाँकलन त चरित्र र नैतिक ब्यक्तित्वकाे अाधारमा हुन्छ , जुन अाजभाेली पटक्कै भएकाे देखिदैन । जीवनमुल्य भनेकाे नै यही हाे जहाँ सही गलतकाे सही पहिचान हुनसक्छ । हाेईनभने जीवन जीवन नभएर खण्डहर बन्न सक्छ ।

कुरा निरासाकाे हाेईन अाशाकाे हाे । हतारकाे हाेईन सुविचारकाे हाे । कुरा वृत्तिकाे हाेईन विवेककाे हाे । संसार विचारहरुकाे बनावटी पुत्ला मात्र हाे । जस्ताे विचार गर्याे त्यस्तै बनिदिन्छ । हरेक परिस्थितिमा दुई विकल्प हुन्छन् , त्यतिखेर हामी कुन मनस्थितिमा छाैं निर्णय त्यसैमा भरपर्छ । भन्ने नै हाे भने विदेश जाने र उतै बसाई सर्न पाए हुन्थ्याे भन्ने साेंचहरु पनि हामी संगै छन् । विदेश गएर कमाएकाे पैसाले नेपाल मै केही गर्छु भन्ने पनि छन् । र यीनिहरुकै बिचबाट निस्केका लक्का जवानहरु २७ वर्षीय अर्पण शर्मा , श्रृष्टी के.सी., निलम ढुङ्गाना,शाैनक भट्ट, अनिता यादव र हिमाल पहाड तराईलाई अटूट राख्न सेवा,याेगदान,र सहयाेग जुटाउँदै गरीबहरुलाई मद्दत गर्दै बस्ती बनाउने अभियान चलाएका धुर्मुस , सुन्तली पनि हाम्रै गाँउघरका उदाहरण हुन् । यस्ता अनगिनत युवा मनहरु पनि यहीँ छन् जसले अाफ्नै भूमिमा रहेर समाज ,राष्ट्र- राष्ट्रीयता,व्यक्तित्व परिष्कार र विश्व कल्याण सम्मकाे साेंच राख्छन् । अात्मविश्वास लगन र सुदृढ विचारले नै व्यक्ति माथि उठ्ने हाे । बुद्धि परिष्कृत भए हिरण्य कशिपुकाे घरमा प्रह्लाद विकसित हुन्छ । मृत्युकाे मुखमा गएर पनि नचिकेता मुक्त हुन सक्छ । ब्यक्तिबाट महात्मा,सन्त,ऋषि,महर्षि,महामानव,ब्रम्हर्षी र स्वयं भगवान बन्न सक्ने विज्ञान प्रस्तुत गर्ने परम्परामा विकसित भएका हामीहरु सकारात्मक हुनुकाे कुनै विकल्प रहँदैन । तपाईं रहेमात्र युग रहने हाे ,समाज रहने हाे, सृष्टि रहने हाे । सवाल याे हाे हामी कसरी बाँच्दैछाैं जीवन चलाउन त चरा चुरुङ्गीले पनि जानेकाे हुन्छ ।

अन्त्यमा तपाईहरु समक्ष मेराे सानाे अनुराेध ।

जान अन्जानमा कहिँ कतै गल्ति भएकाे भए हृदयबाटै क्षमा माग्न चाहन्छु । र सजाय तथा दण्डकाे भागिदार भएपनि सहर्ष स्वीकार गर्दछु । र अागामी दिनहरुमा हजुरहरुलाई दुःख नदिने प्रयास गर्नेछु । 

अस्तु ! भवतु सर्व मङ्गलम् !!

3 comments: