Saturday, August 25, 2012

त्यती तिमी गर...

तिम्रो हरेक शब्दको अर्थ खोज्छु म
तर खै किन हो आजभोली त्यो अर्थ मसंग रिसाएको छ
पारी क्षितिजबाट बादलुको घुम्टो ओढेर
मलाई हरदम जिस्काइ रहन्छ..........
म छटपटिदा उ रमाउँछ खै किन हो
मेरो मनलाई बुझ्दैन त्यो अथेले
कता कता घुम्टो भित्रबाट
त्यसलाई चिहाउने प्रयास गर्छु........
केही धर्साहरु देखिन्छन आशा पलाएर आउछ
फेरी आशाबादी हुन्छु........

म तिमीलाइ एउटा कुरा भन्छु कि
किन बुझ्दैनउ मलाइ ........
मलाए बुझ अनि त्यो अर्थ नदिने भए
स्पष्ट पार र म ढुक्क हुनेछु .........
बिन्ती त्यती तिमी गर........................??????????

0 comments:

Post a Comment