Saturday, August 25, 2012

जिन्दगानि.....

कहिले हासो कहिले खुसि जिन्दगानि भोग्नै पर्छ
आधार हो अधि बढ्ने आइपरे भोग्नै पर्छ

लामो छ यात्रा सहनु छ धैरै हेर्नुस
आइपरे जस्तै काँडा पन्छ्याउन सक्नै पर्छ

मेरो अनि तपाइको ब्यथा छुट्टै हुन सक्छ
तर पिडा सहनलाई मन ठोक्नै पर्छ

हाहाकार महगि रेट दुनियामा धेरै चल्छ
गरिबले छाक टार्न मन सधै टोक्नै पर्छ

श्रम सिप जागरको कदर हुन्न यहा कतै
त्यसैलेत बिदेस जान सधै पासपोर्ट बोक्नै पर्छ

कति सुनाउ दुइ चार सेरमा सबै कुरा न आउने
तपाइकै शब्द अब मेरो बन्द गर्नै पर्छ..........

0 comments:

Post a Comment